मुलुकमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवारहरु बडामहाराजधिराज पृथ्वीनारायण शाह,श्री ५ महेन्द्र शाह र श्री ५ बिरेन्द्र शाह बाहेक राजा बन्न सक्ने आँट, हिम्मत र साहस कसैमा छैन।
राजा ज्ञानेन्द्र शाहको प्रशंसा गर्दा राजा ज्ञानेन्द्र शाह आउ देश बचाउ भन्दा धेरैले प्रश्न के गर्छन भने के जनताहरु राजा हुन नपाउने भनी राजा ज्ञानेन्द्र शाहको धेरैले विरोध गरेको पाइएको छ।मुलुकमा राजा ज्ञानेन्द्र शाहका परिवारहरु बाहेक राजा बन्न सक्ने मैले आँट,हिम्मत र साहस कसैमा पनि देखिन।हाम्रो मुलुकमा सेनाहरुको संख्या नै लगभग ८० हजार जति छ।८० हजार सेनाहरु मध्ये एक से एक अनुभवी र दिग्गज सेनाहरु हुनुहुन्छ एक जनामा पनि राजा बन्न सक्ने आँट, हिम्मत र साहस आएको छैन किन ? न्यायालयहरुमा पनि एक से एक अनुभवी र दिग्गज प्रधानन्यायाधीश र न्यायाधीशहरु हुनु हुन्छ एक जनामा पनि राजा बन्न सक्ने आँट, हिम्मत र साहस छैन किन ? त्यस्तै हाम्रो मुलुकको ब्युरोकेसीहरुमा एक से एक अनुभवी र दिग्गजहरु हुनुहुन्छ तर राजा बन्न सक्ने आँट, हिम्मत र साहस कसैमा छैन किन ?
हाम्रो मुलुकका प्रधानमन्त्री होस या मन्त्री होस कुनै कुरामा पनि सक्षम र अनुभव छैन।मुलुकमा राष्ट्रपति कार्यालयका, प्रधानमन्त्री कार्यालयका र विभिन्न मन्त्रालयका सचिव, उपसचिव र सहसचिव हरुको सहयोगले नै राष्ट्रपति, प्रधानमन्त्री,मन्त्री र मुख्यमन्त्री हरुले मुलुक हाँकी रहनु भएको छ।सचिव,उपसचिव र सहसचिव हरु कसैमा पनि राजा बन्न सक्ने आँट,हिम्मत र साहस छैन किन ? मैले माथि वर्णन गरिएको मध्ये एक जनामा पनि राजा बनेर शासन सत्ता चलाउने आँट,हिम्मत र साहस कसैमा पनि छैन । वास्तविक रूपमा भनाइको तात्पर्य के हो भने राजा बन्न पनि भाग्य र किस्मतमा हुनुपर्छ र विधाताले नै लेखेको हुनुपर्ने हुन्छ । जो कोही राजा बन्न सक्दैनन।कसैमा राजा बन्न सक्ने आँट,हिम्मत र साहस छ भने तत्काल उदय भएर मुलुकलाई निकास दिन आवश्यक छ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।
प्रतिक्रिया