जातीभेद बिरुद्ध बिश्व मंच,अन्तरास्ट्रिय समन्वय समितिको प्रेस विज्ञप्ती

इनेप्लिज २०७८ असार २४ गते १०:४४ मा प्रकाशित

जातीभेद बिरुद्ध बिश्व मंच ( Global forum Against Caste- based Discrimination) को आयोजनामा जातीभेद उन्मुलनको लागि राज्यको भूमीमा बिषयक एक अन्तरक्रिया कार्यक्रम श्ययm मार्फत सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी पूर्ब सभामुख,बरिष्ठ अधिबक्ता दमन नाथ ढुडगाना,अतिथीहरुमा राष्ट्रीय दलित आयोगका अध्यक्ष देबराज बिश्वकर्मा, पूर्ब न्यायधिबक्ता प्रो. डा. यवराज संग्रौला,दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष भक्त बिश्वकर्मा,नासो कम्यनिटी अमेरीकाका अध्यक्ष राजेन्द्र सन्चेरी,Globl Network of Women peacebuilders NY af6 Jenaina Irani ,नेपाल दलित संघका सचिब दिपक सोनी,राष्ट्रीय दलित नेटवार्कका अध्यक्ष गणेश बिके,नेपाल दलित साहित्य प्रतिष्ठानका अध्यक्ष रणेन्द्र ब।राली,अभियान्ता होम आचार्य,लगायतका अतिथीहरुको उपस्थीति रहेको थियो।

कार्यक्रमको अध्यक्षता ग्लोबल फोरमका अध्यक्ष तिर्थ बर्माले गर्न भएको थियो भने संचालन अनीता परीयार र स्वागत मनतव्य मोतीलाल नेपालीले गर्नु भएकोथियो।कार्यक्रममा काठमाण्डौमा जातकोआधारमा कोठा भाडामा नपाएकोजातीय बिभेदको प्रत्यक्ष घटनाको प्रस्तुती पिडित रुपा सुनारले गर्नु भएको थियो ।अधिबक्ता श्याम कुमार बिश्वकर्माले सरकारले जातीय बिभेद अन्त्यका लागी सरकारको भूमीका बिषयक कार्यपत्र प्रस्तूत गर्नूभयो।प्रमुख अतिथी मा.दमननाथ ढुड.गानाले राष्ट्रलेजातीय बिभेद अन्त्य गर्न नीती नियम बनाए पनि कार्यन्वयन हुन नसकेको कुरा बताउनु भयो।दलित आयोगका अध्यक्ष मा.देबराज बिश्वकर्माले दलित आयोगले गरिरहेको गतिबिधीहरु प्रस्तुत गर्नु भयो।प्रा. डा. यूवराज संग्रौलाले संबिधानले समावेशीको हक प्रदत्त गरेको भएता पनि कार्यन्वयन फितलो रहेको,संयुक्त आन्दोलन हुन नसकेको,राज्यले गर्न नचाहेको कुरा प्रष्ट पार्नु भएको थियो।कार्यक्रममा सबै जसो संघ संस्थाको प्रतिनीधि बक्ताहरुले काठमाण्डौ रुपा सुनारले जातको आधारमा कोठा नपाएको घटनातको बिरोध गर्देै यो घटनामा सरकार गम्भीर नभएको,घटनालाई दबाउन खोजेको भन्दै दोषीलाई कार्वाइको माग गर्नु भयो।सरकारले नेपालको संबिधान २०७२ कार्यन्वयन गर्न न खोजेको,जातीय बिभेद उन्मुलनमा सरकार उदासिन देखिएको र संबिधानमा प्राप्त दलित समुदायको हक अधिकारलाई कार्यन्वयन गर्न सरकारलाई माग गर्नु भयो।कार्यक्रमको समापन गदै तीर्थ बर्माले अतिथी सहभागी सबैलाई धन्यबाद दिदै जातीय बिभेदको समस्या दलितकोमात्र न भएर सिड.गो देशको समस्या हो।यसको लागी सर्बैले पहल गनैु कुरा प्रष्ट्र पार्नु भयो।

प्रतिक्रिया