विराटनगर,२१ असार।प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख अरुणकुमार विसीले यस क्षेत्रको अपराध नियन्त्रण गर्न सबैको सहयोगको अपेक्षा गर्नुभएको छ।
भर्खरै सरुवा भएर पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक विसीले आज पत्रकारहरुसँगको भेटघाटमा जनतासँग राम्रो सम्बन्ध राख्न प्रहरी मैत्री भएर काम गर्ने संकल्प सुनाउनुभयो।उहाँले प्रदेश प्रहरीको हैसियतमा यस क्षेत्रको अपराध अनुसन्धानलाई पारदर्शी बनाउने,प्रत्येक प्रहरी कार्यालयको आर्थिक पारदर्शीता कायम गराउने,मानव अधिकारको पूर्ण पालना गर्ने,विपद् व्यवस्थापनमा प्रहरीको भूमिकालाई उच्च बनाउने,सीमासँग जोडिएर हुने गरेका तस्करी र अन्य अपराधका घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्ने योजना रहेको बताउनुभयो।
पत्रकारहरुको प्रश्नको जवाफमा उहाँले प्रहरी जहिले पनि जनताको जीउधन सुरक्षामा खटिने भएकाले प्रहरीलाई आफ्नो कर्तव्य निर्वाहमा आम नागरिकहरुको सहयोगको अपेक्षा पनि गर्नुभयो।
प्रतिक्रिया