वेद एपको “हात हातमा शिक्षा” को बिजेतालाई नयाँ ल्यापटप साथै अन्य आकर्षक पुरस्कार

इनेप्लिज २०७८ असार २० गते १३:०३ मा प्रकाशित

 

वेद एपले नेपालकै एक उदयमान अनलाइन सेवा प्रदायक कम्पनी,खल्ती डिजिटल वालेट सँगको सहकार्यमा “हात हातमा शिक्षा” अभियान संचालनमा ल्याएको छ।शिक्षक तथा विद्यार्थीहरुलाई अनलाईन शिक्षा सम्बन्धि आफ्नो अनुभव बाँड्नका लागि अवसर प्रदान गर्न उक्त अभियान संचालनमा ल्याईएको हो। अभियानको बिजेताले रू.५०,००० मूल्य बराबरको नयाँ ल्यापटप साथै अन्य आकर्षक नगद पुरस्कार जित्ने मौका पाउनेछन्।

कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले डिजिटल शिक्षा सम्बन्धि ३० सेकेन्ड वा सो भन्दा लामो भिडियोमा आफ्नो अनुभव बाँडि सहभागी हुन पाउनेछन्।
यस क्यामपेनको एक उपाधि वेदगुरु र फ्युचर लिडर अन्तर्गत एक शिक्षक र एक विद्यार्थी बिजेता हुनेछन्।बिजेताहरुले रू. ५०,००० बराबरको नयाँ ल्यापटप र यसका टप चार रनर अप ले रू. ५००० क्यास प्राइज आफ्नो खल्ती खातामा प्राप्त गर्नेछन्।

त्यसै गरि न्यु अन ब्लक उपाधिको बिजेता एक वर्ष सम्मको लागि रू. ५०,००० बराबरको नि:शुल्क वेद सब्स्क्रिप्सन र खल्ती खातामा रू.१०,००० रकमका साथ सम्मानित हुनेछन्।

“वेद एपले महामारीको बिचमा शैक्षिक सँस्थाहरु चलायमान बनाउन उल्लेख्य भूमिका खेल्ने शिक्षक तथा विद्यार्थीहरुको मेहनतलाई कदर गर्दै खल्ती संगको सहकार्यमा हात हातमा शिक्षा अभियान संचालनमा ल्याएको हो।हामीले यस फेसबुक अभियान माध्यम मार्फत डिजिटल शिक्षा सम्बन्धि चेताना फैलाउने लक्ष्य राखेका छौँ “ वेद एपको सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत श्री निर्देश डुवा ले बताउनुभयो।

उक्त अभियान सम्बन्धि खल्ती डिजिटल वालेटका प्रवन्धक, पवल खरेलले बताउनुभयो “वेद सँगको सहकार्यमा “हात,हातमा शिक्षा” अभियान संचालन गर्न पाउँदा हामी ज्यादै उत्साहित छौं।केहि वर्ष अगाडी सम्म स्कुल नगई घरमै बसी पढ्न सकिने कुरा हामीलाई काल्पनिक लाग्थ्यो।यद्यपि अब भने वेद एपबाट आफ्नो आधारभूत शिक्षा घरबाटै लिइ यसको शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सम्भव भएको छ।हामीलाई विश्वास छ यो कार्यक्रमले महामारीको बीचमा वेद एप बाट घरमै बसी परिक्षा संचालन गर्न,स्कुलको शुल्क तिर्न ,अनलाइन भर्ना गर्न सकिने जस्ता अन्य धेरै फाइदाहरुको बारेमा चेतना फैलाउन उल्लेख्य भूमिका खेल्नेछ ”।

यस अभियान सम्बन्धि सर्तहरु खल्ती को ब्लग बाट थाहा पाउन सकिन्छ।
थप जानकारीको लागि १६६०-०१-५-८८८ मा फोन वा [email protected] मा ईमेल गर्न सकिन्छ।
उक्त कार्यक्रम २३ जुन देखि सुरु भइ २०२१ को जुलाई २३ मा सम्पन्न हुनेछ।प्रतिस्पर्धामा सहभागी हुनका लागि दिईएको विषयमा एक मिनेटको भिडियो रेकर्ड गरि आफ्नो फेसवुक वालमा पोस्ट गर्नुपर्ने हुन्छ।सहभागीहरुले भिडियो सँगसँगै यी ह्यासट्यागहरु #HaatHaatmaShikshya, #GoDigitalwithVeda, and #Khalti4DigitalNepal पनि साथै समावेश गर्नु पर्नेछ।

खल्ती डिजिटल वालेट

हाल, खल्ती डिजिटल वालेट को १७ लाख भन्दा बढी प्रयोगकर्ताहरुले यसको विभिन्न सेवाहरु लिई प्रतक्ष लाभ लिईरहेका छन्। खल्तीले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाइ डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ।’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज,बिजुली,पानी,इन्टरनेट तथा टिभीको बिल भुक्तानी,फिल्म,प्लेन,सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ।

Khalti.com/app बाट यो एप डाउनलोड गर्न सकिन्छ।

ठेगाना : बखुन्डोल , पाटन , काठमाडौँ
सम्पर्क : ०१-५९७००१७
ईमेल: [email protected]

थप जानकारीको लागि कृपया सम्पर्क नम्बर; +९७७- ९८०१३०११६१ मा पूर्ण कुमार राना लाई फोन वा [email protected] मा ईमेल गर्न सकिन्छ।

 

प्रतिक्रिया