यात्रुहरु चर्को भाडा तिर्न बाध्य

वीरेन्द्र रावल २०७८ असार २० गते १०:४९ मा प्रकाशित

चिसापानी,असार २०÷कैलाली जिल्लाको कर्णाली चिसापानी देखि सोल्टा सडक खण्डको कुईने सम्म चल्ले यातायातका साधनहरुमा यात्रुहरुले चर्को मूल्य तिर्नु परिरहेको छ।

कर्णाली चिसापानी देखि उत्तर १० किलोमिटरमा रहेको कुईने सम्म् मात्र चल्ने बस तथा जीप सञ्चालकहरुले प्रतिव्यक्ति २ सय र सरसामनको समेत चर्को भाडा असुल्ने गरेको गुनासाहरु बाहिर आउन थालेका छन्।

कुईने देखि बाका खोला सम्म एकदमै राम्रो बाटो रहेको र बाँका देखि केलाडी खण्डमा पर्ने डाङडुगे खोला पर्ने र एक ठाउँमा मात्रै खोला पर्ने भएता पनि बाटोको समस्या देखाएर व्यवसायीहरुले चर्को भाडा असुल्ने गरेको कुरा स्थानीय अनिल बिष्टले गुनासो व्यक्त गरेका छन्।

बस र जीपले १० किलोमिटरको दुरीमा मनोमानी रुपले प्रति व्यक्ति २ सय रुपैयाँ असुल्न थालेपछि त्यसक्षेत्रका यात्रुहरुले आर्थिक शोषण खेप्नु परिरहेको स्थानीय लिला माझीले बताउनु भयो।

यस सम्बन्धमा सुदूरपश्चिम यातायात र कर्णाली यातायात प्रालिका व्यक्तिहरु संग सम्पर्क गर्न खोज्दा भने सम्पर्क हुन सकेन।बन्दा बन्दी हुनु भन्दा पहिला कर्णाली चिसापानी देखि मोहन्याल गाउँपालिकाको वडानम्बर ६ सोल्टास्थित रुईनीकोट बजार सम्म को २३ किलोमिटर सम्म २ प्रतिव्यक्ति २ सय भाडा असुल्ने गरिएको भएतापनि केहि समय यता भने सौल्टा सम्म यातायात नचलेको कुरा कुईने स्थित टिकट काउन्टरका प्रतिनीधि छत्र माझील े जानकारी दिएका छन्।

आम सर्वसाधारण व्यक्तिको ढाड सेक्नेगरी गरिएको चर्को भाडा तत्काल कम गर्नुपर्ने स्थानीयको माग रहेको छ।सुर्खेतका पश्चिमी र कैलालीको मोहन्याल गाउँपालिकाको पूर्वी क्षेत्रका जनताको एकमात्र हाट कर्णाली चिसापानी र लम्की पुगेर १ हजारको समान किन्न आउने मानिसले २ सय भाडा तिर्नु पर्दा निकै शास्ती खेप्नु परिरहेको आम गुनासो रहेको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया