कांग्रेस महाधिवेशन तात्दै, सभापतिका तीन आकांक्षी उम्मेद्वारबीच लञ्च मिटिङ

इनेप्लिज २०७८ असार १५ गते १०:२४ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा महाधिवेशन केन्द्रीत राजनीति चहल पहल बढ्दै गइरहेको छ । कांग्रेस नेता कार्यकर्ताहरु १४ औं महाधिवेशनका लागि आफू कुन कुन पदमा उठ्न् भन्नेबारे आन्तरिक छलफल र पराशर्ममा जुटेका छन् ।

कांग्रेसका नेता कार्यकर्ताले विभिन्न तहमा आफू आकांक्षी पदहरुमा उम्मेद्वारीको घोषणा गरिरहेका छन् । सोहि सन्दर्भमा कांग्रेस केन्द्रीय सभापतिका लागि यति बेला इतर पक्ष र संस्थापन पक्षबीच निकै प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसका दोस्रो तहका नेताहरुले नेतृत्व आफूहरुले लिनु पर्ने भन्दै छलफल चलाएका छन् । सभापति शेर बहादुर देउवाले १४ औं महाधिवेशनमा आफ्नो उम्मेद्वारीमा दोहिरिने कुरा गरेसँगै देउवा गुटकै नेताहरुले असन्तुष्टि जनाएका छन् । देउवा निकट मानिने उपसभापति विमलेन्द्र निधिले देउवालाई सभापतिमा आफ्नो उम्मेद्वारी रहने भन्दै सहयोग गर्न आग्रह गरेका छन् ।

तर देउवा सभापति पद नछोड्ने देखिएपछि निधिले अर्काे गुटका नेताहरुसँग छलफल परामर्श गरिरहेका छन् । यसै सन्दर्भमा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार फेरि लञ्च मिटिङ हुने भएको छ । सिंह निवास चाक्सीबारीमा दिउँसो लञ्चसहित छलफल हुन लागेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । उपसभापति निधि निवासबाट सुरु भएको लञ्च मिटिङ कोइराला निवास हुँदै आज चाक्सीबारीमा हुन लागेको तिवारीले जानकारी दिए ।

आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी तीनै जनाले सहमतीमा नेतृत्व चयन गर्ने गरी छलफललाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया