बिदेशीद्धारा सुनखानी भनिएको लुम्बिनीको अपेक्षाकृत बिकास हुन नसकेकोमा पूर्व मन्त्री र राजदूतहरुको चिन्ता!

इनेप्लिज २०७८ असार १४ गते ३:२४ मा प्रकाशित

लुम्बिनी-कपिलवस्तु विस्व अभियानद्धारा २६४५ औं वुद्ध जयन्ती बर्षैभरी बिभिन्न कार्यक्रम सहित मनाउने योजनानुरुप २६ जुनका दिन जुम मार्फत गरिएको “वुद्ध जन्मस्थल र विस्व शान्ति” बिषयक संगोष्ठीमा पूर्व मन्त्री दीप कुमार उपाध्याय,पूर्व राजदूतहरु टंक कार्की,मोहन कृष्ण श्रेष्ठ र अम्बिका मानन्धर लुइंटेलले बिदेशीद्धारा सुनखानी भनिएको र देशको बिकासमा नै कायापलट ल्याउन सक्ने र विस्व शान्तिमा ठूलो भूमिका निर्बाह गर्न सक्ने लुम्बिनीको अपेक्षाकृत बिकास हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै सबै एकजुट भएर यस्को विकासमा लाग्नुपर्नेमा जोड दिएका छन।

पूर्व मन्त्री दीप कुमार उपाध्यायले ऊ थान्तको १९६७ को लुम्बिनी भ्रमण पस्चात राष्ट्र संघ मार्फत लुम्बिनीको विकासका लागि भएका प्रयाशहरुको चर्चा गर्दै १९७० राष्ट्र संघमा बनेको लुम्बिनीको विकासका लागि बनेको अन्तराष्ट्रिय समिति निस्कृय प्राय अवस्थामा रहेकोले हिराखानीको रुपमा रहेको लुम्बिनीको विकासका लागि पुन: यस्लाई सकृय बनाइनुपर्नेमा जोड दिए।

उपाध्यायले शान्ति वुद्ध दर्शनमा भएकोले शान्तिकामीहरुको लुम्बिनी प्रतिको आकर्षण बढिराखेको सन्दर्भमा तीन तीन मानब वुद्ध जन्मनु भएको ठाउँको तरङलाई विस्वको चाहना र बुझाइ अनुरुप बनाउन एकजुट भएर लागी देशलाई परनिर्भरबाट आत्मनिर्भर बनाउन पर्नेमा जोड दिए।

चीनका लागि पूर्व राजदूत टंक कार्कीले वुद्धको समयको ४०० बर्षपछिबाट नै चीनमा प्रबेष गरेको बुद्धिज्मको चरणबद्ध विकासको फेहरिस्त पेश गर्दै आफ्नो कार्यकालमा दूताबासमा स्थापना गरेको बाटैबाट देख्न सकिने करीब एक टनको वुद्धको मूर्तिदेखि अधिकांश वुद्ध बिहारमा गएर गरेको वुद्धको योगदानको चर्चा मार्फत नेपाल-चीन बीचको प्राचिन सम्बन्धलाई अपडेट गरेको बताए।

कार्कीले आठ ठाउँमा बांडिएको वुद्धको अस्तुधातुमा सात ठाउँकोलाई सम्राट अशोकले हजारौं टुक्रा बनाइ विस्वभरी पठाएको र रामग्रामको अस्तुधातुलाई मात्रै उत्खनन नगरिएकोले विस्वको ध्यान रामग्राममा भएको उल्लेख गर्दै कार्कीले बुढानिलकण्ठको बिष्णुको प्रतिमाको शिरमा रहेको वुद्धको प्रतिमा बिष्णुको प्रतिमालाई झकिझकाउ गर्ने नाममा मुकुट लगाएर जुन छोप्ने काम भएको छ त्यो परंपरालाई तोडेर विस्व शान्तिका प्रतिक वुद्धको सो प्रतिमाको दर्शन गर्ने अबसर सबैलाई प्रदान गरी खुकुरी खेलाउने बहादुरको देशको साथसाथै विस्व शान्तिका प्रतिक वुद्धको देशको रुपमा परिचय दिन ढिलाई गरिन नहुने कुरामा जोड दिए।

फ्रान्सका लागि पूर्व राजदूत मोहन कृष्ण श्रेष्ठले विस्वका सर्बसाधारण देखि सरकार प्रमुख र राष्ट्र प्रमुखहरु आइराख्ने युनेस्कोमा वुद्धको जन्मस्थल बिषयमा देखिएको अनाबस्यक बिबादका कारण पनि वुद्ध नेपालमा जन्मनु भएको सन्देश सहित वुद्धको प्रतिमा युनेस्कोको मुख्यालयमा स्थापित गर्ने किसिमले उपहार दिन प्रकृया अगाडि बढाउने क्रममा युनेस्कोको आफ्नै किसिमको ब्युरोक्रेसीका कारण पनि निकै झन्झट ब्यहोरे पस्चात प्राप्त स्वीकृति पछि त्यस्तो महत्वपूर्ण ठाउँमा त्यस्तो महत्वपूर्ण कामको लागि समेत नेपाल सरकारका तर्फ बाट गरिएको ढिला सुस्तीका कारण आफ्नो कार्यकाल सकिंदा समेत मूर्ति आइपुग्न नसकेको गुनासो गरे ।

श्रेष्ठले आफू जापानमा कार्यरत रहँदा जापानको वुद्धिज्मको क्षेत्रमा सबैभन्दा बिज्ञ भनिएको प्रोफेसर नाकागोवाले आफ्नो पुस्तक उपहार दिंदा पुस्तकमा वुद्धको जन्मस्थल बिषयमा गलय जानकारी राखेको पाएकोले त्यस्लाई सच्याउन लगाएको र २००४ मा लुम्बिनीमा भएको दोश्रो वुद्धिस्ट समिटमा भियतनामबाट आएका एकजना भिक्षुले यस्तो सुनखानी लुम्बिनीलाई नेपालले केही नगरेको भन्ने आलोचनाले लज्जाबोध गर्नुपरेको परिस्थिति स्मरण गरे।

श्रेष्ठले विस्वका झन्डै डेढ बिलियन बुद्धिस्ट भएको कारण बुद्ध जन्मस्थल लुम्बिनीलाई पनि मक्का मदिना र जेरुसलाम जस्तै तिर्थस्थल बनएर मानब जातीकै बिकास गर्ने ठूलो केन्द्र बनाउन सबै एकजुट भएर लाग्नु पर्ने बताए।

फ्रान्सका लागि पूर्व राजदूत अम्बिका मानन्धर लुइंटेलले युनेस्कोको मुख्यालय पेरिसमा युनेस्कोको ७० औं वार्षिकीको अबसरमा १६४ सेमी अग्लो, ४८ इन्च चौढा १०० केजी तौलको नेपालमा जन्मनु भएको सन्देश सहितको २४ क्यारेटको सुनको जलप लगाइएको वुद्धको प्रतिमा बौद्ध धर्मलाई अबलम्बन गरेका बिभिन्न देशका राजदूतहरुको उपस्थितिमा कम्बोडिया र श्री लंकाका भिक्षुहरुद्धारा त्रिपिटक मन्न्त्रोच्चारण गरेर युनेस्कोका तात्कालिन महानिर्देशक र आफूले संयुक्त रुपमा अनाबरण गरेपस्चात वुद्ध जन्मस्थल बिषयमा देखा परेको बिबाद मत्थर पार्ने कार्यमा सहायकसिद्ध भएको कुरामा बिस्वस्त भएको बताए।

मानन्धरले प्रतिमा अनाबण गर्ने क्रममा यो कामले मानब दु:ख निवारण र विस्व शान्ति कायम गर्ने धारणा राख्नुका साथै त्यो समय नेपालमा प्रलयकारी भूकम्प गएका कारण त्यस्ले पुर्याएको क्षतिको विवरण दिने क्रममा संपदा सूचिमा पुर्याएको क्षतिको पनि विवरण दिंदै सहयोगको लागि आह्वान गर्ने समेत काम भएको जानकारी दिए।

बेल्जियमका लागि पूर्व राजदूत राममणि पोखरेलले नेपाल सरकारका प्रतिनिधिका हैसियतमा हेगको पिस प्यालेसमा वुद्धको प्रतिमा स्थापनाको लागि प्रकृया अगाडि बढाएर बिभिन्न पक्षको सामुहिक प्रयाशमा प्रतिमा स्थापना, स्वीडेनको पाठ्य पुस्तकमा भएको वुद्धको जन्मस्थल बिषयमा भएको गल्ती सच्याउने, दूताबास हाताभित्र,लाइडेन युनिभर्सिटी पुस्तकालय,आण्टवेर्प शहर,चौडफाउण्टेनमा वुद्धको प्रतिमा स्थापना गर्ने र नोबेल पुरस्कार दिने ठाउँमा वुद्धको प्रतिमा राख्ने अभियानको प्रयास त्यो हल भाडामा लिएर पुरस्कार बितरण गर्ने भएको कारण स्थापना गर्न नमिल्ने भएकोले नोबेल पुरस्कार दिने संस्थाका निर्देशकलाई वुद्ध नेपालमा जन्मनु भएको सन्देश सहितको वुद्धको प्रतिमा हस्तान्तरण गर्ने जस्ता महत्वपूर्ण कार्यहरु भए जस्को प्रस्तुति भने पोखरेल आँफै उपस्थित हुन नसकेकाले उन्कातर्फबाट अभियानका बेल्जियमको राष्ट्रिय समितिका अध्यक्ष वरिष्ठ बैज्ञानिक डा राजेन्द्र बारीले दिए।

कार्यक्रममा कोरियाका लागि पूर्व राजदूत कमल कोइरालाले आफ्नो कार्यकालमा डिसेम्बर २०११ मा कोरियाको पाठ्य पुस्तकमा भएको वुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउन अनुरोध गर्दै त्यहाँका रास्ट्रपति लि म्युङ बाकलाई ४ पेज लामो पत्र लेखे पस्चात त्यहाँको सरकारले त्यस्लाई सच्याउने काम गरेको जानकारी दिइयो कोइराला उपस्थित हुन नसकेका कारण।

कार्यक्रमको सन्चालन आँफैले गरेका अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले अभियानको विस्व कार्य समिति, १९ देशमा राष्ट्रिय समिति र अन्य थुप्रै समितिहरु भए तापनि आफूहरु सस्तो लोकप्रियाताको पछि नलाग्ने र समस्याको जरो भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको वुद्धको जन्मस्थल बिषयको गलत जानकारी सच्याउनु नै भएका कारण नेपालको भू-राजनीतिक अवस्थाले गर्दा नेपाल सरकारलाई काम गर्न सहजता प्रदान गरी यो समस्या समाधान कार्य प्रभावकारी ढंगले अगाडि बढाउने अभिप्रायले यो कामलाई आफूले सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई ती देशका पाठ्य पुस्तकमा भएको वुद्धको जन्मस्थल बिषयको गलत जानकारी सच्याउन अनुरोध गर्दै लेखेको अनुसन्धानात्मक प्रतिबेदनमा प्रजातन्त्र र विस्व शान्ति प्रकृया सबलिकरण र मानब अधिकार हननको प्रतिरक्षा जस्ता बिषयमा केन्द्रित भएर लेखे जसरी अगाडि बढ्न “लुम्बिनी कुटनीति” को अबधारणा समयको माग भएको बताए।सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई ती देशका पाठ्य पुस्तकमा भएको वुद्धको जन्मस्थल बिषयको गलत जानकारी सच्याउन अनुरोध गर्दै लेखेको अनुसन्धानात्मक प्रतिबेदन डिसेम्बर २०१५ मा नेपालमा आयोजना गरिएको एक कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई हस्तान्तरण गरेपस्चात मन्त्रिपरिषदको निर्णयानुरुप संस्कृति मन्त्रालयले पररास्ट्र मन्त्रालय मार्फत सम्बन्धित देशमा पठाएको जानकारी पनि श्रेष्ठले दिए।

श्रेष्ठले विस्व शान्तिको आधार भनेकै ब्यक्ति भएकाले वुद्ध जन्मेकै स्थलमा ध्यान गर्न पाउनुलाई अबसरको रुपमा विस्वका जनतालाई दिनका लागि राष्ट्र संघ मार्फत बृहत लुम्बिनीको गुरुयोजना बनाउँदै गरेका प्रो क्वाकलाई गुरुयोजनामा योग र ध्यान गर्ने अबधारणालाई छुटाउन नहुने सुझाब दिएको स्मरण गर्दै यो अबधारणा मार्फत नेपालले वार्षिक लाखौं डलर आम्दानी गर्न सक्ने मात्रै नभएर विस्व शान्तिमा ठुलो योगदान दिन सक्ने बताए।लुम्बिनी र वुद्धका बिषयमा नेपालीले भन्दा बढी चिन्ता लिने बान्की मून जस्ता ब्यक्ति राष्ट्र संघको महासचिब भएको बेलामा नै शान्तिका प्रतिक वुद्धको मूर्ति राष्ट्र संघमा स्थापना गर्न प्रकृया अगाडि बढाउन आग्रह गर्दै केपी वली यो भन्दा पहिला प्रधानमन्त्री भएको बेलामा आफूले आग्रह गर्दै पत्र पठाएको र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सिड्नी आएको बेलामा उहाँ मार्फत पूर्व प्रधानमन्त्री एबं बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई बान्की मून जस्ता ब्यक्ति राष्ट्र संघको महासचिब भएको बेलामा नै बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिको अन्तराष्ट्रिय समितिका अध्यक्ष बस्न राजी हुनु भएको उहाँको अध्यक्ष्यतामा शिघ्रातिशिघ्र सो समिति निर्माण गरिनुपर्ने सुझाब र आग्रह सहितको पत्र पठाएको तर स्वत:स्फूर्त रुपमा यस्ता महत्वपूर्ण कामहरु हुनुपर्नेमा यसरी झकझक्याउँदा समेत हुन नसकेकोमा चिन्ता ब्यक्त गरे।

प्रबिण शाही द्धारा वुद्ध सम्बन्धी गीत गाइएको नेपाल,अस्ट्रेलिया,बेल्जियम,पोल्याण्ड,वेलायत,फ्रान्स आदि देशबाट सहभागिता जनाइएको उक्त कार्यक्रममा कार्यक्रम सन्चालनका क्रममा श्रेष्ठले अभियानका मूलभूत उपलब्धीहरुलाई जानकारी गराएका थिए।

प्रतिक्रिया