जत,कर्म,कुसंस्कार र मुक्ति

मिनराज बडु २०७८ असार १३ गते १५:२६ मा प्रकाशित

कैलाली-मानव जगतको मध्य कल्पदेखि अन्त कल्पको प्रथम चरणम सम्म आइपुग्दा मानव समाजमा बलियो जरो गाडि मानवीय कु–संस्कारको रूपमा अगाडि आएको छुवाछूत तथा जात प्रथा २१औं शताब्दीको समतामूलक समाज निर्माण अभियानको कलंक नै हो भन्ने कुरा स्वयम वैदिक आर्य शास्त्रीय विज्ञानले स्वीकार गरि सकेको छ।भने नेपालको संविधान २०७२ ले दण्डनीय अपराधको रूपमा स्विकार्दै आएको छ।

जातीय छुवाछूतको सुरुवात मानव समाजको मध्य कल्पमा तत्कालीन शास्त्रीय कानुन बमोजिम समाजमा विधि स्थापना गर्न समाजिक दण्डको रूपमा समाजमा लागु भएतापनी पछि समाजको क्रमिक विकास संगै तत्कालीन समाजका (ठालु) विवेकशील पुरुष र शासकले त्यो विधि कुनै निश्चित व्यक्तिको समुहमा निकै पुर्वाग्रह ढंगले उक्त कानुन लादेको देखिन्छ।जब एक पक्षीय रूपमा राज्य÷ समाजको कानुन लादिन्छ भने त्यहा स्वभाविक रूपमा वर्गीय असमानता हुन्छ र वर्गीय असमानता हुन बित्तिकै कुनै न कुनै रूपमा राजनीतिक आर्थिक समाजिक र सांस्कृतिक चरम शोषण हुन्छ नै।

सोही शोषित वर्गका सन्तानलाई पछिल्ला समाजका शासक खास गरि मनुवादी चिन्तकका ठालुले उक्त समुहलाई कठोर कानुन सहित आफ्ना निजि काममा लगाइ स्वघोषित रूपमा आफूलाई मालिक घोषणा गरि कथित उच्च जातको रूपमा समाजमा आफुलाइ देखाउन खोजेको र काम गर्ने मान्छेलाई सानो मान्छेको अथवा कथित तलो जातको रूपमा चित्रण गरेका एतिहासिक तथ्यहरु छन।

यस क्रममै समाजमा मालिक र नौकरको समुह निर्माण भयो।कलांन्तरमा गएर मालिक र सेवक समुह विच स्वभाविक रूपमा त्यहा ठुलो रूपमा वर्गीय असमानता देखियो गरिब र धनी,ज्ञानि र अज्ञानि गन्ध र दुर्गन्धको आधारमा आफ्नै समाजमा बसेको कम्जोर वर्गलाईअछुतको रूपमा समाजमा चित्रण गराइयो ।

उसको कामको जिम्मेवारी तत्कालीन कथित मालिकको सेवा गर्ने र बाहिर गर्नुपर्ने कठोर कामको जिम्मेवारी दिइयो भने सोही वर्गको अपराधको प्रकृति हेरेर सो भित्रमा पनि जातहरु निर्माण गरियो भने कथित तलो जातको भनी पानी समेत बर्जित गराइयो।

मनुवादी स्वघोषित मालिकले त्यो सेवको हातको
पानी खाने कल्पना सम्म पनि गरिएन।काम गर्ने मान्छे दुर्गन्ध हुन्छ भनी त्यो वर्गलाई छुदा सुनपानी छर्किनु पर्ने जस्ता अमानवीय कपोकल्पित कुरुतीको विकास भयो भने पछिल्ला दिनमा आएर प्लेटोवादी हिन्दु शासकले दैवीय वैदिक शास्त्रको समेत प्रयोग गरि यस प्रथालाई समाजमा दिगोरूपमा निरंतरता दिने कुचेष्टा गरे।यसैकारण शोषित समुहबाट माथी उठेका तमानौं बौद्धिक धुर्वहरुले धर्म समेत परिवर्तन गरि यस कु–संस्कार बाट उन्मुक्ति पाउने प्रयास गरे। तबसम्म यो प्रथा कुनै न कुनै रूप आफ्नो चरीत्र परिवर्तन गरि सबै राष्ट्र ,राष्ट्रियता,धर्म, संस्कृतिमा परिवेश गरिसकेको थियोे।त्यो अहिले पनि तमनौं उदाहरणहरु देखिन्छन।तर नेपालको हकमा भने यो जयस्थिती मल्लको पाला देखि उग्ररुप लिएको हो भन्ने इतिहासमा उल्लेखित पाइन्छ।

यति स्पष्ट भएको विषयमा आजको २१औं शताब्दीमा पनि हामी जस्ता यूवाहरुले यस्ता कुरुतीको पक्ष र विपक्षमा बहस गर्नु निकै दयनीय एवम् लज्जित विषय बनेको छ।

काँगले कान लग्यो भनी काँगको पछाडि भाग्ने तर कान नछाम्ने हामी नेपालीको पुरानो बानी हो।सर्वप्रथम यो बानी चटक्कै छोडेर हामी सबै मिलेर आफ्नो कान छामौ करिब २५ सय वर्ष अगाडि मनुवादी दर्शनको समाज निर्माणकाल देखि जरो गाडेको यो कुरुती र कुसंस्कार विरुद्ध लडन हामी सबै एकजुट भएर यो कु–प्रथा विरुद्धको मोर्चा तयार गर्नु हामी सबै नव यूवाको आवश्यकता हो।

तर कसै प्रति आग्रह–पुर्वाग्रह या कसैलाई सिध्याउने अथवा रातारात कोहि भाइरल बन्ने सपनाबाट हामी यस्ता कुरुतीको लडाइ सफलता तिर होइन बरु समाज नै शोषित र मनुवादी चिन्तक बीच गम्भीर दरार सिर्जना गरेर समाज नै दुई शिरामा विभक्त गराउने षड्यन्त्रकारी झनै बलियो हुने सम्भावना हुन्छ।

यस प्रकारका तत्वबाट हामी सबै जात जाति वर्ग लिङ्ग धर्म समुदायका नव यूवाले सामुहिक लडाइ न लडेर यो समाजिक कु–प्रथाबाट विजय प्राप्त गर्न सक्दैनौं।हाम्रो चुनौती र चाहना पनि यही हो।छिटोभन्दा छिटो यस विषयमा समाजिक बुझाइमा एकरुपता कायम होश भन्ने नै अहिले मुख्य आवश्यकता हो ।

यो कुसंस्कारबाट मुक्ति पाउने र समतामूलक समाज निर्माण गर्ने हो भने एक जना बाहुनलाई अघाउन्जेल गाली गरे पनि रातारात छुमन्तर बाट केहि तिनका ठेकेदारको रोटि चल्ला तर वास्तविक दुरदराचका गरिब दलित जनताको जिवनशैलीमा वर्षौं देखि त्यही कु प्रथा भित्र बाचेका र बचाइ रहेका बृद्धअबस्थाका आमा बुबाको चेतनामा यसले केहि फरक ल्याउदैन।

-मिनराज बडु

प्रतिक्रिया