काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आव्हान गरेको छ । आइतबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले यहि असार १६ गते एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकपछि एमाले प्रवक्त प्रदीप ज्ञवालीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्ने निर्णय भएको जानकारी दिए । यस्तै बैठकले पार्टी सदस्यता नवीकरणका कामलाई तीव्रता दिने निर्णय समेत गरेको प्रवक्ता ज्ञवालीले जनाएका छन् ।
स्थायी कमिटी बैठकले माधव नेपालको गतिविधिबारे समेत निन्दा गरेको छ । माधव नेपाल विपक्षी गठबन्धनसँग मिलेर पार्टी माथि अन्तरघात गरेको निश्कर्ष समेत निकालेको छ ।
प्रतिक्रिया