बुवा
बुवा आमाको सुहाग हो।
छोरा-छोरीको सुन्दर भविष्य हो
बुवा छिमेकीको साथी हो ।
बुबा सबै इष्टमित्रको सहयोगी हो
बुवा -घर व्यवहारको ,
आर्थिक बेरुजू हरू फर्स्यौट गर्ने,
परिवारको एक कुशल लेखापरीक्षक हो।
बुवा, घरभित्र बिग्रिरहेको विद्युतीय लाइनहरू बनाउने ,
एउटा कुशल घरेलु इन्जिनियर हो ।
बुवा व्यवहार रूपी रोपाइँको एक ईमानदार हली हो ।
जो कहिल्यै आफ्नो असजिलो पनको बेताब बोल्दैन
तर निरन्तर, मनभित्रको बर्षा-घाम दुवैलाई व्यवस्था गरी ,
आफ्नो र परिवार रुपी खेतीको रोपाइँमा निरन्तर लागि रहन्छ ।
बुबा ! उदारताको आकाश हो, जो सबैलाई एकनास निरन्तर प्रसन्नताका साथ बाढी रहन्छ ।
कहीं कतै बुवाको उदारताको अन्त्ये छैन।
बुवा ! मायाको सागर हो, जसको अन्त्य नै छैन ।
बवा !आशाको किरण हो ,जसको उज्यालोको वर्णन नै छैन।
बुवा विश्वासको ज्योति हो, जसको उज्यालोको सीमा नै छैन्।
बुवा घरको अनुशासन हो ।
बुवा ! सबको रक्षक हो !
बुवा क्षमा हो !
बुवा भरोसा हो ! बुबा साहस हो ।
बुवा मेरो सोचाइको आजको शब्द हो ।
बुवा मैले सास फेर्ने हरेक हावा हो ।
बुबा मेरो दृष्टिको सिंगो आकाश हो ।
बुबा मेरो दिनहुँ आजको अभ्यासको हो, मेरो संस्कार हो ।
बुबा मेरो आत्मबल हो ।
बुवा मेरो जीवनको कुशल शिक्षक हो ।
बुबा मेरो जीवनको सब थोक हो ।
उर्मिला निर्दोषी, मीजौरी,सेन्ट लुईस
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया