नेपालको राजनीति भित्र बिगत केही बर्ष देखि तत्कालिन नेकपामा आएको राजनीतिक खहरेहरु अन्तत : बाढीकै रुप लिएर छिन्न भिन्न भइ रहदा सत्ता ,अदालत ,ब्यबस्था ,राजनीति र जनताका बीच अन्तर द्वन्द चलिरह्यो । आपसी सत्ता राजनीतिको चलखेलको भुमरीमा नराम्ररी फसेको नेपाली राजनीतिको समन्वयात्मक अबको निकास के हुने ? कुनै टुंगो लागि सकेको अवस्था छैन्।
यसै बीच बिश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणको महामारीले देश पुन: लक् डाउनको अबस्थामा रहेको छ ।
कोरोना कहरसँग अनिच्छित लडाई लडिरहेको नेपाली समाजले गत हप्ता अर्को बज्रपात व्यहोर्नु पर्यो । मेलम्ची खोलामा आएको भीषण बाढीले पुर्याएको करोडौँ जन धनको अपूरणीय क्षति व्यहोर्नु पर्यो ।
समग्रमा बिश्व ब्यापी रुपमा हेर्ने हो भने प्राकृतिक प्रकोपहरू बिभिन्न काल खण्डमा बिभिन्न स्वरुपहरू लिएर आइरहन्छन् / गहिरहन्छन् । प्रसिद्द अर्थशास्त्री थोमस माल्थसले प्रतिपादन गरेको Theory of Population मा पनि प्रकृतिले आफ्नै किसिमले जनसंख्या बिनाश गर्ने कामगर्छ भन्ने सिद्दान्त सयौ बर्ष अघि प्रतिपादन गरेको पाइन्छ ।
तथापि आफ्नै आखाँ अगाडी घटेकोयो किसिमको प्राकृतिक ताण्डबलाई प्राकृतिक चक्र (साइकल) मात्र मान्ने कि ? यस किसिमको प्राकृतिक प्रकोपमा तपाई / हामी पनि कत्तिको जिम्मेवार छौ ? बहसको बिषय बनेको छ ।
बर्षा यामको शुरुआत संगै आएको सामान्य मनसुनले परेको अविरल बर्षा र त्यसबाट उत्पन्न बाढीले पाल्पा ,मनाङ्ग ,बाजुरा ,स्याङ्जा ,लम्जुङ्ग लगायतका जिल्लाहरुमा सामान्य प्रभाब पारे पनि सिन्धुपाल्चोक जिल्लामा यसको प्रभाब सबै भन्दा बढी देखियो । जहाँ सयौं घरहरु ध्वस्तहुनुका साथै सयौं घर परिवारहरु बिस्थापित भएका छन् । बिगत केही दिन देखि त्यस क्षेत्रका फोटो र भिडियोहरु सोसल मिडियामा भाइरल भइ रहेका छन् ।
यसपालिको बाढी / पहिरोको कारण केवल मनसुनी वर्षा मात्र नभएको मौषमविद् बताउछन् । यसको प्रमुख कारण २०७२ सालको महा विनाशकारी भुकम्प रहेको उनीहरुको ठम्याई छ । उक्त भूकम्पको कारण जमिन अत्यन्तै कम्जोर बनेको थियो । भुकम्प बढी प्रभावित क्षेत्रको जमिन मुनि स्पेसमा अस्थायी ड्यामहरू बनेका थिए । उक्त ड्याम फुटी जमिन मुनी जम्मा भएको पानी बाहिर निस्कदा नदीमा अस्वाभाविक पानीको बहाब बढेको हो । यसपालिको मेलम्ची क्षेत्रको वर्षा मापन आफैमा भिषण बाढी होइन तर क्षति अपूर्णनीय भयो । गत मंगलबार र बुधबारको सिन्धुपाल्चोक क्षेत्रको बर्षाको मापन यस्तो थियो ।शेर्माथाङ्ग २९. एम एम ,गुमतांग ७.६ एम.एम ,धाप १०.६ एम एम ,चौतारा ५.३ एम एम ,बार्हबिसे ६.६ एम एम |
जमिन मुनि रहेको माटो मिसिएको धमिलो लेदो पानी जब नदीमा मिसिन्छ । यसले नदीको प्राकृतिक प्रबाहलाइ नै रोकी दिन्छ । अनि यो बाढीको स्वरूप नै बेग्लै हुने गर्दछ । जुन अहिले मेलम्चीमा आएको धमिलो माटो मिसिएको बाढीले देखाएको छ ।
भूकम्पका अलावा पनि धेरै कारणहरुले बाढी पहिरो निम्त्याई रहेको तथ्यलाई नजर अन्दाज गर्न सकिदैन् ।
१) राजनैतिक हनुबेर्नाका आधारमा सडक निर्माण :
२०४७ सालको राजनैतिक परिबर्तन पछि नि शन्देह केही कुराको बिकास भएको छ भन्दा सडक संरचनाको नाम आउछ। तथापि यो बिकासको गति कति बैज्ञानिक थियो वा कति बैज्ञानिक आधारको मापन गरियो ? त्यो फेरि अर्कै बिषय बन्ला । तर पनि कटु सत्य के हो भने राजनैतिक पहुँचका आधारमा बिकासको आधार स्तम्भ सडक बाटोको निर्माण राजनैतिक हनुबेर्नाको इसारामा हुने गरेको वा भएको तितो सत्य लाई मनन् गर्नै पर्दछ । भूगोलको बनावट र बैज्ञानिकसर्बेबाट स्थापित मापदण्ड भन्दा नि आफ्नो अनुकूलतामा दैला दैलामा सडक विस्तार गर्दा प्राकृतिक प्रकोपको यो अबस्था बढी देखिएको कुरा जानकार भुगर्बविदहरु बताउछन् ।
२) अनियन्त्रित गिटी बालुवा उत्खनन् :
प्राकृतिक रुपमा बग्दै आएको नदीको बहाबको धार अनियन्त्रित गिटी बालुवा उत्खनले परिबर्तन हुने हुदाँ हरेक नदीका तटीय क्षेत्रमा मेलम्चीको दुख कुनै पनि दिन दोहोरिन सक्छ ।
बिगत केही बर्ष देखि देखिएको अबैज्ञानिक सडक निर्माण ,अनियन्त्रित बजार बिस्तारका लागि आवश्यक गिटी बालुवा अनियन्त्रित तबरबाट उत्खनन् हुँदा यो किसिमको बिपत निम्तिन सक्नेअबस्था देखिएको हो ।
३) बिना मापदण्ड मानब बस्ति बिस्तार :
नदीको तटीय क्षेत्रको आधार तय नगरी अनियन्त्रित मानब बस्ति निर्माण हुँदा पनि यो किसिमको प्राकृतिक बिपत्ति पटक पटक दोहोरिन सक्दछ ।
निकास ? प्रयत्न के त ?
राज्यले प्राकृतिक प्रकोप ब्यबस्थापनको दायरा फराकिलो बनाउनु पर्दछ । घटाना घटे पछि मात्र सो सम्बंधमा ध्यान केन्द्रीत हुनु भन्दा पूर्ब तयारीमा बिशेष ब्यबस्थापन गर्नु राज्यको प्रमुख कर्तब्यहुन् आँउछ ।
मेलम्ची जस्तै नदीका तटीय क्षेत्रमा शहरीकरणको नाममा बनेका बस्तीहरु कुनै पनि समयमा जोखिममा पर्न सक्छन् । राजधानी लगायत मोफसलका सहरहरू नारायणगढ, बुटवल लगायतका कोशी बाँध क्षेत्रका बस्तीहरु कुनै पनि बेला बाढी पहिरोको निशानामा पर्न सक्छन् । किनकी यस क्षेत्रमा देखिएको बढ्दो अनियन्त्रित शहरीकरणले नदी तटीय अबधारणालाई प्रोत्साहन गरेको देखिदैन् ।
रिभर ट्री म्यानेजमेन्ट अबधारणा :
नदीको प्राकृतिक बहाबको आधारमा तटक्षेत्र तोकिनु साथै सो क्षेत्रबाट कटान संरक्षणको लागि रिभर ट्री म्यानेजमेन्ट अबधारणा अनुरुप नै कम्तिमा पनि नदी क्षेत्र बाट १०० मिटर दुरीमा ट्रीप्लाण्टेशन गर्ने र सो क्षेत्रबाट अर्को १०० मीटर दुरीमा मात्र मानब बस्ति निर्माणको व्यवस्था गर्ने हो भने तटीय जोखिम कम गर्न सकिने कुरा यस क्षेत्रका विज्ञको राय रहेको छ ।
अन्त्यमा :
राज्यसत्तामा पहुँच रहेका जनप्रतिनिधिहरु सभामुख अग्नि सापकोटा , स्वाथ्य मन्त्री शेर बहादुर तामांग साथै राप्रपाका अध्यक्ष पशुपति समशेर राणा ,ने.का.का प्रभावशाली नेता मोहन बहादुर बस्नेत जस्ता जन प्रतिनिधिहरु जन्माउने जिल्लामा आएको यो किसिमको प्राकृतिक विपद माथि राज्यको बिशेष ध्यान जाओस् । कारण जे भए पनि बिपतमा परेका जनतालाई राहत तत्काल पुग्ने गरी जनताको दुखमा राज्य छ भन्ने कुराको अनुभूत राज्यले तत्काल गराओस् ।
अस्तु !
दीपक पन्त
प्रतिक्रिया