मोहन्यालको गाउँपालिकाको कार्यक्रम बर्दगोरियामा, एमालेद्धारा कार्यक्रमको बहिस्कार

इनेप्लिज २०७८ असार ७ गते २३:३७ मा प्रकाशित

बौनियाँ, असार ७÷मोहन्यालका असक्षम जनप्रतिनीधिका कारण गाउँपालिकाका गतिविधीहरु गाउँपालिका भित्र नभएर अन्यत्रै गरिने परम्पराको अझै अन्त्य हुन सकेको छ्रैन ।

कैलालीको दुर्गम पहाडी मोहन्याल गाउँपालिका भित्रका केहि भ्रष्ट जनप्रतिनीधिका कारण गाउँपालिकाको विकास निर्माणका सबै गतिविधीहरु विधि र प्रकृयानै मिचेर गरिन थालेपछि स्थानीय जनता निकै शास्ती खेप्न बाध्य भैरहेका छन् ।

मोहन्याल गाउँपालिकाको कार्यालय झोलामा राखेर विगत लामो समयदेखि गाउँपालिकालाई अस्तव्यस्त बनाउँदै गाउँपालिकाका अध्यक्ष स्र्वगिय नवलसिंह रावललाई गाउँपालिकाको कार्यालय समेत खिमडीमा जान नदिएको भन्दै विभिन्न बहानाबाजी र आरोप लगाउने केहि वडाअध्यक्षदेखि कार्यवाहक अध्यक्षका कारण मोहन्यालको वातावरण झनै धमिल्याउने कार्य भैरहेको स्थानीयको आरोप रहेको छ ।

गाउँपालिकाका अध्यक्षको स्र्वगारोहण भैसकेपछि कमाउ धन्धामा लागेका केहि जनप्रतिनीधिहरु झनै कमाउ धन्धामा लागेका छन् ।सोमबार गाउँपालिकाका जनप्रतिनीधिहरुले निकै लाजमर्दो तरिकाले आफ्नो गाउँपालिकाको कार्यक्रम तराईको त्योपनि घोडाघोडी नगरपालिकाको सुविधा सम्पन्न एक होटलमा गाउँपालिकाले ल्याउने नीति तथा कार्यक्रमको पूर्व सन्ध्यामा नीति तथा कार्यक्रमका लागि स्थानीय राजनीति दलसंग सुझाव संकलन कार्यक्रम बर्दगोरिया गाउँपालिकाको बौनियाँ बजारमा रहेको प्याराडाइज होटलमा गरेको भन्दै स्थानीय राजनीतिदलहरुले कार्यक्रमनै बहिस्कार गरेका छन ।

उनीहरुले गाउँपालिकाका हरेक कार्यक्रमहरु कार्यालयकै सभाहलमा हुनुपर्ने भन्दै कुर्सी फाल्नुका साथै सुझाव संकलन कार्यक्रम बहिस्कार गरेका हुन् । स्थानीय राजनीति दल नेकपा एमाले र काँग्रेसले मोहन्याल गाउँपालिकाका कार्यक्रमहरु जिल्लाको घोडाघोडी नगरपालिकाको सुखड बजार र बर्दगोरिया गाउँपालिकाको बौनियाँ बजारमा हुँदै आएको प्रति विरोध गर्दै कार्यक्रम बहिस्कार गरेको नेकपा एमालेबाट सुझाव संकलनमा सहभागी भएका भवानी देवकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, गाउँपालिकाले ८ औं गाउँसभाका लागि स्थानीय राजनीति दलसंग सुझाव संकलन कार्यक्रम गरिने व्यानरमा कार्यक्रम स्थल मोहन्याल गाउँपालिकाको कार्यालय खिमडीनै लेखिएको छ तर कार्यक्रम बर्दगोरिया गाउँपालिकाको बौनियाँ बजारको प्याराडाइज होटलमा गरिएको छ । जसले गर्दा सुझाव संकलन कार्यक्रममा गाउँपालिकामा भएका सबै राजनीति दलका प्रतिनिधिहरुको उपस्थिति नरहेको समेत उहाँले बताउनु भयो ।

उहाँले गाउँपालिकाका कर्मचारीहरु कार्यालयमै नगएर होटलमा बसेर गाउँपालिकाको कामहरु गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, कर्मचारीहरुले गाउँपालिकाको सेवा कहिल्यै सुखड बजारको होटलबाट दिन्छन् त कहिल्यै बौनियाँ बजारका होटलहरुबाट दिइरहेका छन । यसले गर्दा मोहन्यालबासी गाउँपालिकाले दिने सेवाबाट बञ्चित हुनुपरेको छ ।

त्यस्तै कार्यक्रममा सहभागि अर्का स्थानीय तथा नेकपा एमाले मोहन्याल गाउँ कमेटी अध्यक्ष पूर्ण साउँदले कर्मचारी र स्थानीय जनप्रतिनिधिको शहर प्रतिको मोहले स्थानीयहरुले गाउँपालिकाले दिने सेवाबाट बञ्चित हुनुपरेको बताउनु भयो । उहाँले भन्नुभयो, स्थानीय सरकारको नारा नारामा मात्रै सिमित भयो, सिंहदरवार खोज्न यात प्रदेश राजधानी धनगढीमा जानुपर्ने भयो, यात केन्द्रिय राजधानी काठमाण्डौंनै जानुपर्ने भयो ।

कर्मचारी र स्थानीय जनप्रतिनिधिको शहर प्रतिको मोहले स्थानीयहरु सेवाबाट बञ्चित हुनुपरेको हो । आर्थिक वर्ष सकिन लागेको बेला कर्मचारीहरुले कार्यालयबाटनै सेवा दिनुपर्ने हो तर शहरका होटलहरुबाट सेवा दिइरहेका छन । एक जना स्थानीयले नाम नबताउने सर्तमा भन्नुभयो, मोहन्याल गाउँपालिकाको सेवा शहरबाटनै दिइने भएपनि कार्यालय त हुनुपर्ने हो । तर कार्यालयबिनानै कर्मचारी र जनप्रतिनिधिले जिल्लाको सुखड र बौनियाँ बजारका विभिन्न होटलहरुबाट काम गर्ने गरेको भन्ने सुनिन्छ ।

स्थायी कार्यालय नभएको मोहन्याल गाउँपालिका आर्थिक वर्षको अन्तमा विभिन्न सञ्चार माध्यमको समाचार हेडलाइन बन्ने गरेको छ । कहिल्यै कर्मचारीहरु कार्यालय समयमै जाँडरक्सीमा मस्त भन्ने समाचारहरु आउँछन त कहिल्यै कर्मचारीहरु र जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भन्ने समाचारहरु बाहिर आउने गरेका छन । स्थानीय तहको निर्वाचन भएको चार वर्ष भइसक्दा पनि मोहन्याल गाउँपालिकाको आफ्नो कार्यालय छैन । कार्यालय नहुँदा र भएको अस्थायी कार्यालयमा कर्मचारी र जनप्रतिनिधिहरु नजाँदा सेवाग्राही सेवा पाउनबाट बञ्चित भएका हुन् ।

जनगुनासाहरु बढदै गएपछि गाउँपालिकाले दिने सेवा प्रवाहको विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुपेश कुमार शर्मा बरालसंग बुझ्न खोज्दा उहाँले प्रयोग गर्ने कार्यालयको मोवाइल नम्बर ९८५८४८५०२१ फोन गर्दा कार्यालय समयमानै मोवाइल सुइच अफ थियो । उहाँले प्रयोग गर्ने अर्को मोवाइल नम्बर ९८५८७८९००० पनि अफनै थियो ।

यता गाउँपालिकाका हरेका कार्याक्रमहरु किन होटलहरुमा गरिन्छ भन्ने प्रश्न गाउँपालिकाकी उपाध्यक्ष पूजा बुढामगरसंग बुझ्दा उहाँले आठौं गाउँसभाका लागि स्थानीय राजनीतिक दलसंगको सुझाव संकलन कार्याक्रम मात्रै बौनियाँको प्यारायाइज होटलमा गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, मेरो जुम मिटिङ्ग थियो, त्यसको लागि खिमडीमा रहेको गाउँपालिकाको कार्यालयमा नेट सुविधा थिएन, जसका लागि बौनियाँ बजारमानै जानुपर्ने भएकाले उक्त कार्याक्रम पनि बौनियाँ बजारमानै गरिएको हो ।

कर्मचारी र जनप्रतिनिधिहरु कार्यालयमा नबस्ने भएपछि मोहन्यालबासीहरु गाउँपालिकाका हरेक सेवाहरुबाट बञ्चित हुनुपरेको छ ।

 

 

प्रतिक्रिया