विश्व संगीत दिवसको अवसरमा गायिका गीता पाण्डेको ‘शुभकामना’ गीत सार्बजनिक

इनेप्लिज २०७८ असार ७ गते ९:४७ मा प्रकाशित

काठमाडौँ । जीवनलाई सुन्दर बनाउने तत्व भनेको साहित्य, संगीत र कला हो । साहित्यले जीवनलाई आनन्दित पार्छ । संगीतले नयाँ ऊर्जा दिन्छ भने गीत, संगीत, कलाले जीवन बाँच्ने सुन्दर बाटो दिन्छ । यस कोरोना कहरको अफ्ठ्यारो परिस्थितिमा पनि कर्णप्रिय गीत विश्व संगीत दिवसको अवसर पारेर ‘शुभकामना’ गीत अडियोमा सार्वजनिक भएको छ ।

सानैदेखि कविता, गीत लेख्न रुचाउने जेम्स चौधरीको आफ्ना गीतलाई, संगीतको धुनमा उतार्न संगीतकार राजेश कुमार श्रेष्ठले संगीत भरेर इच्छा पूरा गरिदिनु भएको छ भने गायिका गीता पाण्डेले मीठो स्वर दिएकी छिन् ।

गीत संगीतलाई माया गर्ने गीतकार चौधरी सके सम्म विभिन्न रेडियोको गीति कार्यक्रमहरु सुन्न छुटाउँदैनथे। रेडियोमा गीत बज्दा आफ्ना पनि गीत यसरी सुनाउँने धोको थियो उनी सम्झन्छन् ।

हाल अडियोमा रहेको गायिकाको गीत पछि आफ्नै युटुब च्यानल मार्फत भिडियोमा आउने बताए । ‘शुभकामना’ गीत डिजीटल प्ल्याटफर्ममा दामी म्युजिक एपमा सुन्न सकिने छ गायिकाको अधिकांश गीतहरु यस एपमा सुन्न सकिने छ।

विश्व संगीत दिवसमा संगीतकार श्रेष्ठले नेपाली संगीतले आफ्नो मौलिक सरगम बिश्व बजारमा छर्न सकोस साथै नेपाली मौलिक संगीत विश्व बजारमा पस्किनु पर्ने बताउनु हुन्छ। सकारात्मक संदेश फैलाउने काम यस गीतले गरेको छ ।

‘शुभकामना’ सरल भाषा शव्दमा तयार भएको गीतलाई एक पटक सुनेर कस्तो लाग्छ सुझाव,सल्लाह र प्रतिक्रिया दिनका लागि गायिकाले दर्शक,स्रोतालाई अनुरोध गर्नुभएको छ । गायिका गीता पाण्डेका अन्य गीतहरु वहाकै नाममा रहेको युटुब आइसकेका छन र नया गीतहरु आउने क्रममा रहेको छ ।

गायिका:- गीता पाण्डे
संगीतकार :- राजेश कुमार श्रेष्ठ
रचनाकार ;- जेम्स चौधरी

 

प्रतिक्रिया