भारतका पूर्व प्रख्यात तेज धावक मिल्खा सिंहको कोरोनाबाट मृत्यु

इनेप्लिज २०७८ असार ५ गते १४:५२ मा प्रकाशित

भारतका पूर्व प्रख्यात तेज धावक मिल्खा सिंहको कोरोना भाइरसबाट मृत्यु भएको छ । सिंहलाई सास फेर्न गाह्रो भएको कारण मिल्खा सिंहलाई चंडीगढ़को पीजीआई अस्पतालमा भर्ना गरिएको थियो।

उनको निधन भए पछि भारतका प्रसिद्ध खेलाडीहरुले सामाजिक संजाल मार्फत श्रद्धांजली दिने क्रम जारी रहेको छ । उनको ९१ बर्षको उमेरमा निधन भएको छ ।

भारतीय क्रिकेटका महान खेलाडी सचिन तेंदुलकरले सामाजिक संजालमा ट्वीट गरेर महान तेज धावकको सम्झेका गरेका छन् । तेंदुलकरले ‘मिल्खा सिंह जी, तपाईको आत्मा शान्तीको कामना गर्दछु । तपाईको निधनले आज प्रत्येक भारतीयको हृदयमा गहिरो शून्यता छोडेको छ, तर तपाईले आउँदो पुस्तालाई प्रेरणा दिइ रहनु हुनेछ भनि लेखेका छन् ।

भारतकी पूर्व चर्चित महिला खेलाडी पीटी उषाले पनि ट्वीट गरी श्रद्धाञ्जलि लेखेकी छिन ।

मिल्खा सिंह, जसलाई दि फ़्लाइङ्ग सिख पनि भनेर चिनिन्छ। उनि एक भारतीय ट्र्याक र फिल्ड स्प्रिन्टर (धावक ) थिए । उनि भारतीय सेनामा संलग्न अहिले सम्म कै महान खेलाडीमा पर्दछन ।

उनी एशियाली खेलकुदका साथै राष्ट्रमंडल खेलहरूमा ४०० मिटर दौडमा स्वर्ण जित्ने एक मात्र खेलाडी हुन्।

उनले १९५८ र १९६२ एसियाली खेलमा पनि स्वर्ण पदक जितेका थिए ।

प्रतिक्रिया