थप २ हजार ४०१ जनामा संक्रमण पुष्टि, ३४ जनाकाे मृत्यु

इनेप्लिज २०७८ असार ५ गते ११:३१ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ३४ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६७५ पुगेको छ ।

यसै गरी ३ हजार ६६० जना संक्रमणमुक्त भई घर फर्किएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेका छन् ।

प्रतिक्रिया