गीत
दुर्गा लोहनी
२०७८ असार ४ गते १०:४३ मा प्रकाशित
विधाताको लेख्ने मसी,साँट्न पाए हुन्थ्यो
दुःख लेख्ने उसको कलम,भाँच्न पाए हुन्थ्यो
कुन नियमले लेख्छ होला,गर्दै मनपरी
कसैलाई त दिने रै’छ आँशु,गहभरी
पखालेर उसको अक्षर,मेट्न पाए हुन्थ्यो
सोध्नु थियो कतिकुरा, भेट्न पाए हुन्थ्यो
कहिले झरी,कहिले हुरी अल्झें सधैंभरि
भावीले नै बिछ्याइदियो काँडा बाटाभरी
किन दियौ दु:ख भनी,सोध्न पाए हुन्थ्यो
कहाँ लुकी बस्छ होला खोज्न,पाए हुन्थ्यो
-दुर्गा लोहनी
नेपाली संगीतमा प्रवासको योगदान
नेपाल र अमेरिकामा मे २७ का दिन एकै पटक कबड्डी चलचित्र प्रदर्शन , टेक्ससमा दैनिक प्रदर्शन हुने
म्याडिसन विस्कनसिनमा यही मेमोरियल डे साता इन्टर स्टेट भलिबल प्रतियोगिता हुँदै
न्यूयोर्कमा यसरी सम्पन्न भयो पाँचौं नेपाल डे परेड (तस्बिरहरु सहित)
अमेरिकामा रहेका नेपाली मूलका मुटरोग विशेषज्ञ चिकित्सक डा. बडालले ल्याए आमाको सम्झनामा पुस्तक
प्रतिक्रिया