नेपाल एक विश्वको अधिपत्य भूमिमा आज देशमा राजा देखि प्रजासम्म कोही राष्ट्रप्रति इमान्दारी नहुदाँ दूरअवस्था भोग्नु परेको छ।राजा देखि अहिलेका प्रजासम्म सम्पुर्ण नेतृत्ववर्ग दोषी देखिन्छन किनकि कहिले राजाले राज्य गरे त कहिले कलियुगका नव राजाहरुले राज्य सञ्चालन गरिरहेका छन।जसले जे भने नि नेपालमा हुने खेल विदेशीकै हो यसमा कोहि दुई मत छैन्न यहाँ नेपाल र नेपाली कि त सिआईए कि त रअ कै हातमा छन । राजा शासन देखि प्रजाको शासन सम्पुर्ण राज्यका विशिष्ट व्यक्ति सबै भाडाका टटु र गुलामीका लागि मात्र आएका अथवा ल्याएका छन।सबै यहाँ दलालका पात्र मात्र हुने खेल भएका देखिछन।
यहाँ कोहि छैन्न राष्ट्रभक्त सबै कसै न कसैले पालन पोषण गरेर राखेका छन। जतिसुकै आर्दशका कुरो गरेपनि यहाँ केहि हुनेवाला छैन।यहाँ हुन्छ त केबल भता पचाउने पाटो,कुनै दूतवासलाई प्रतिवेदन बुझाएर भता बुझनेहरु नै आज राष्ट्रभक्त हुँ भनेर छाति फुलाएर हिडेका छन।तिनीहरुलाई कति पनि के लाज छैन?के आज कलियुगका लाज भन्ने शब्द कुनै मान्छे नागै(निर्वस्त्र)हिडदामा मात्र लाग्ने हो? नराम्रो काम गर्दा चाँहि लाज लाग्दैन?
कहाँ हरायो नेपालीको स्वाभिमान? कसले बेच्दैछ राष्ट्र ? कसले बेच्यो राष्ट्रको खोला नाला र स्रोत साधन सबै थाहा छ।
यहाँ राजा पनि कथित हुन हैन भने उसले राष्ट्र सकंटमा हुदाँ केहि गरेर देखाउन सक्नुपर्दछ ,राष्ट्रलाई निकाश दिन सक्नुपर्दछ । आज राष्ट्रमा “राजा आउ देश बचाउ ” भन्दा पनि उनी सक्रिय हुदैन्न भने उनी पनि कसैका भाडामा लगाएका टटु वर्गमा पर्दछन।
अर्को तिर राष्ट्रमा भएका आफुलाई राष्ट्रभक्त÷राष्ट्रवादी÷वुद्धिजीवि भन्ने व्यक्तिहरू ,वरिष्ट पत्रकारहरू,सञ्चार माध्यम अथवा मिडियाहरू र मिडियावालाहरू किन मौन छन ? उनीहरू पनि दुई–चार पैसामा बिकेकै हुन त ? कसै न कसैको चक्रबिउँका परेका नै हुन त ? नत्र राष्ट्र यत्रो संकटको भुमरीमा फसिरहदाँ÷डुबिरहदाँ पनि किन राष्ट्रको निम्ति आर्दशको भाषण बाहेक अरू केहि गर्न सक्दैन्न। यसबाट परमाणित हुन्छ कि आज राष्ट्रभक्त र राष्ट्रवादी भन्नेहरू पनि कसै न कसैका गुलामी,भताखानेवाला र बोके्र÷खोक्रे राष्ट्रवादी मात्र हुन।
नेता सबै कसै न कसैका भरौटे हुन।कुनै काम लाग्ने छैन्न भाडाको मान्छे हुन त के नै गर्न सक्दछन र?अर्काको नुन पानी खाएपछि नुनको सोझो गरिएन भने आफु र आफनै परिवारको ज्यानै जोखिममा पर्न सक्दछ।कमरेड मदन भण्डारी र राजा वीरेन्द्रकै हालतमा पुगिन्छ।आज देशमा के भईरहेको छ? सबै अरूकसैको आदेशमा भईरहेको छ।
जनता कोहि सुःखी,कोहि खुःशी छैन्न,खुःशी होलान् त केबल अहिले सतामा भएका पार्टीका झोले कार्यकर्ता र सरकारका नुन पानी खाने कर्मचारी। आज राष्ट्रमा एक कुशल नेता÷नेतृत्वको खाँचो र खडेरी परेको छ।त्यो कसले निर्वाह गर्ने हो?भन्ने कुरा हेर्ने काम बाकी नै छ।नेपाली जनताले राजतन्त्र पनि हेरे, प्रजातन्त्र पनि हेरे, लोकतन्त्र पनि हेरे, गणतन्त्र पनि हेरे तर खै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र यी सबै अनुभूति गर्न पाएको ?
के सबै प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्र तिमीहरुले बिदेशीको लागि ल्याइदिएको हो? त्यसो भए किन कतिथ क्रान्ति गरेर सोझा नेपालीको ज्यान लियौ ? किन दुःख,कष्ट र पिडा दियौ?मेरा देशका इमान्दारी नेतावर्गहरु सम्पुर्ण जनतालाई प्रष्ट गर्नु जरुरत छ।हैन भने कमरेड प्रचण्डको पुत्र र राजा वीरेन्द्रको जस्तै हालत नहोला भन्न सकिदैन।कतिन्जेल सम्म लुटछै? कतिन्जेल सम्म सोझा नेपालीको आँखामा छारो हाल्छौ?प्रष्ट गरिनु पर्दछ।जसले जे भनेनी नेपालको राजनितिक सबै कूनै फाइभ स्टारका बन्द कोठामा दुई जना बिच भएका सम्झौता र सहमति बाहिर जानै सक्तैन नत्र ज्यान र पदको नै जोखिमा पर्छ।
तिमीहरुले नेपाल र नेपालीका लागि राजनितिक गरिराखेका छौ? कि अरु कसैको भाडामा राजनितिक गरिराखेका छौ? हैन भने राष्ट्र र राष्ट्रियताको विषयमा किन केहि सोच्दैनउ ?के तिमीहरुको राजनितिक भनेको भष्टाचार गरि धेरै सम्पति आर्जन गर्नु,आफना परिवारलाई नेता,ससंद र मन्त्री बनाउन मात्रै गरेका थियौ? आफना कार्यकर्ता पोषण र जनता मार्ने कामको लागि मात्र राजनितिक गरेका हौउ? त्यसो भए ठिकै छ समयले नै बताउने छ बाकी कुराको परिमाणहरु।
देश र जनता कसैका प्यावो होइन्न।२०१५ सालमा पनि नेपाली कांग्रेसको दुईतिहाई खेरा गएको जस्तै अहिले सतामा भएको नेकपामा भएको दुई तिहाइ दम्भ र घमण्डले आफैलाई घाटा नहोस र नेकपा नै सखाप हुने अवस्था ननिम्तिहोस।अहिलेको चुनाबको नतिजा ४१÷४३ लाख मत ल्याएका कांगेस÷नेकपाको मत मा फरक आउने छ।यो २०७४ सालको चुनाबमा तिमीहरुले ल्याएको मत भनेको नेपालमा रहेका भोटरको मत हो।वैदेशिक रोजगारिमा रहेका र राष्ट्रको अर्थतन्त्र धानि रहेका ६४ लाख भोटर (युवा÷युवती) यदि नेपाल भित्रिए भने तिनहरूको पसिना खाएका छौ।तिमिहरू उच्चवर्गले भोलि पसिनाको मुल्य चकाउनु नपरोस बेलैमा विचार गरियोस।यदि कसैले÷जोसुकैले पनि नेपाल देश बनाउने र नेपाली जनताको हितको निम्ति राजनिति गर्दथे भने यो देशको यो हालत हुने थिएन।देश यो हालत हुनुमा नेतृत्व कमजोर हुनु हो। यो देशको राजनितिको मालिक,चावी र चालक अरू नै छन।नेपाली नेतृत्ववर्ग÷नेताहरू÷राष्टवादीहरू भनेका खलासी मात्र हुन।खलासीको काम भनेको ढोका ढकढकाउने र भाडा उठाएर मालिक र चालकलाई बुझाउने मात्र हो। हे यो देशका राजनितिक दलहरुको मालिक महाराजाहरु स्पष्ट जवाफ देउ जनतालाई तिम्रो झुटो र बन्द कोठाको राजनितिको व्यापार गर्छौ कहिले सम्म ?
-रूपेश कार्की (बद्रि प्रयाश)
जय गोरख !!!
प्रतिक्रिया