“सुरक्षित बसाई, घर घरमा सिकाइ”

नाम राजदेव यादव २०७८ असार २ गते २:४४ मा प्रकाशित

कोभिड १९को पहिलो र दोस्रो लहरसँग संक्रमितहरुको संख्या र कोरोनाको कारण मृत्यु हुने क्रम हाल कायम रहेकोले अवरुद्ध शिक्षण सिकाई प्रणालीलाई सुचारु गर्न र विद्यालय जाने उमेरका बालबालिकाहरुलाई विद्यालयममा नियमित पठनपाठन नभएसम्म आ आफ्नो परिवेश, अवस्था, स्तर, क्षमता अनुसार आफू बसेको स्थान,घर,ठाउँमा उपलब्ध भएसम्म कम्तिमा एउटा कोठा वा ठाउँ विद्यालयको ठाउँ वा कोठा जस्तै नियमित सरसफाई गरी सुरक्षित बसाई व्यवस्थापनमा ध्यान दिई विद्यार्थी रहेको घर घरमा वैकल्पिक प्रणालीबाट शिक्षण सिकाई गर्नु र गराउनु अहिलेको आवश्यकता हो।यस्तो कोरोना समयकालमा वैकल्पिक पद्धतिद्वारा घर घरमा शिक्षण सिकाई गराउँदा नियमित रुपमा अभिभावकले आफ्नो विद्यार्थीहरुलाई अनुगमन गर्दै समय समयमा सकारात्मक पृष्ठपोषण दिई राख्नु पर्द।किनकि विद्यार्थीहरुलाई वेकल्पिक पद्धतिमा आवद्ध गराउँदा समयसमयमा अनुगमन गरिएन भने प्रारम्भिक बाल कक्षा देखि कक्षा १२ सम्म केही विद्यार्थीहरुले कुकार्य गर्ने सम्भावना हुन सक्छ।त्यस्तो कुकार्य वा गलत बाटोबाट रोक्न वा छुटकारा दिलाई सही मार्गमा ल्याउन वा गुणिस्तरीय शिक्षा अभिवृद्धि गर्न अभिभावकहरुले नियमित रुपमा चेक जाँच गरिरह्नु पर्दछ। साथै कोरोनाको तेस्रो लहर पनि आउन सक्ने भनि समाचार माध्यमबाट आएको कुरा सर्वविदित नै छ। त्यसैले गर्दा सूचना प्रविधिको अत्याधिक प्रयोग सँगै विद्यार्थीहरुलाई विद्यालयमा जम्मा गरेर शिक्षा प्रदान गर्नु भन्दा राम्रो स्रोत साधन र प्रविधिको पहुँच विस्तार गरी सहजकर्ता शिक्षक प्रशिक्षकहरुलाई प्रविधिमा आधारित तालिम दिएर सक्षम बनाई अहिलेको कोरोना समयकालमा सुरक्षित तवरले विद्यार्थीहरुको घर घरमा विद्यालयमय वातावरणको सिर्जना गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाई प्रदान गर्नु वर्तमान समयको मुख्य माग रहेको छ।अहिलेको कोरोना समयकालमा White/Black Board मा पढ्ने चलनलाई छाडेर वैकल्पिक पद्धतिद्वारा शिक्षण सिकाई गर्न सामग्रीहरुको संकलन उत्पादन,विकास, वितरण र पहुँच बढाई सबै ठाउँमा विस्तार गरी सबै विद्यार्थीहरुलाई समेट्ने गरी प्रविधिमा आधारित नकारात्मक सोचलाई छाडेर सकारात्मक सोचाइका साथ सुरक्षितत बसाईमा अभिभिवकहरुले सहयोग गर्दै घर घरमा वैकल्पिक प्रणालीको माध्यमद्वारा शिक्षण सिकाई गर्न र गराउन विद्यालय,शिक्षकहरु,विद्यार्थीहरु, अभिभावकहरु, समूदाय, पालिका लगायत सम्बन्धित सम्पूर्ण सरोकार बालाहरुले विशेष ध्यान दिई व्यवस्थापनमा सहयोग गर्दै घर घरमा गुणस्तरी सिकाई हुनको लागि सिकाई मैत्री वातावरण सिर्जना गर्नु पर्दछ।

सुरक्षित बसाई र घरघरमा सिकाईलाई प्रभावकारी बनाउन के-के गर्न सकिन्छ ?

० विद्यार्थीहरु रहको घरघरमा उपलब्ध स्रोत, साधन, ठाउँ कोठा र प्रविधिलाई अत्याधिक सही अर्थपूर्ण रुपमा सदुपयोग गर्दै वैकल्पिक माध्यमद्वारा सिकाइलाई नियमित रुपमा सञ्चालन गर्ने।
० विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार, पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत श्रब्य /दृश्य पाठहरु नेपाल टेलिभिजन NTV Plus, Dish Media Network, Ltd. को Dish Home, NTV Stream pvt. Ltd को NETTV लगायत अन्य बाट प्रशारण भइरहेको समयमा अभिभावकहरुले आ आफ्ना विद्यार्थीहरुलाई नियमित रुपमा सुन्न र हेर्न उत्प्रेरित गर्ने।
० Radio Nepal/ F.M. बाट प्रशारण भइरहेको श्रब्य पाठहरु खोजीखोजी सुन्नको लागि उतप्रेरित गर्ने।
० उपलब्भ भएमा स्रब्य दृश्य पाठहरु, अभ्यासहरु, नमुना प्रश्नपत्रहरु आदि खोजेर डाउनलोड गर्ने र आवश्यकता अनुसार अनूकुल समयमा हेर्न र सुन्नको लागि अभिभावकहरुले उतप्रेरित गर्ने।
० विद्यार्थीहरुले आफू बसेको घरमा रहेको दाजुभाई, दिदीबहिनी, आमाबुवा, हजुरबुवा/हजुरआमा, छरछिमेकी तथा नाता कुटुम्ब र साथीभाइ जोसँग आफ्नो सिकाइसँग सम्बन्धित समस्या समाधन गर्ने विषयगत ज्ञान दिन सक्छ। त्यस्तो ज्ञान सिकाउने सँग सोधेर/फोन गरेर/ SMS गरेर ज्ञान आर्जन गर्नु पर्दछ।
० समाजमा हरेक शिक्षित व्यक्तिले आफ्नो मुख्य पेसा (नोकरी, व्यापार, कृषि, उद्योग, राजनीति, मजदूरी, समाज सेवा…) बाट प्रत्येक दिन फुर्सतको समय निकालेर आफू बसिरहेको ठाउँमा बिहान र बेलुका वरपरका केही बालबालिकाहरुलाई आफ्नो विज्ञता अनुसारको विषय क्षेत्रमा सिकाइ सञ्चालन गर्ने र त्यस्तो सिकाइ कार्यमा अभिभावकहरुले सहयोग गर्ने साथै विषय शिक्षक र विद्यालयसँग समन्वय गर्ने।

गाउँगाउँ, टोलटोल र दूरदराज सबै भोगोलिक क्षेत्रमा सूचना सञ्चार प्रविधि/ Multi-Media को पहुँच विस्तार गरी सबै विद्यार्थिहरुको पहुँचमा समान र सहज तरिकाले पुग्ने गरी विद्यार्थीहरु रहेको घरघरमा सुरक्षित व्यवस्थापनमा सहयोग गर्दै वैकल्पिक पद्धतिको माध्यमबाट सिकाइ गर्न विशेष नोड दिने।
बन्दाबन्दी (लकडाउन) तथा कोरोना अबधी भरि विद्यार्थीहरुलाई बढी भन्दा बढी ज्ञान हासिल गर्नको निम्ति प्रविधि जन्य र जानकारीमूलक कुराको नियमित रुपमा अध्ययन गर्न विभिन्न माध्यमहरु जस्तै रेडियो, टेलिभिजन, मोबाईल एप्स, सामाजिक सञ्जाल आदिको माध्यमबाट निरन्तर रुपमा जोड्नको निम्ति चेतनामूलक/ सन्देशमूलक कार्य गर्नु र गराउनु।
कोरोना कालको समयमा सुरक्षित बसाई र घरघरमा सिकाइ सँगसँगै बालबालिकाहरुको मनलाई शान्त राख्न नियमित ध्यान, योग, चित्र कोर्ने, रङ्ग भर्ने, खेलहरु खेल्न लगाउने, बालगीत, बालकथा , कविता सिर्जना लगाउने, निबन्ध , प्रबन्ध, नाटक, तथा अभिनय र चिठीहरु लेख्न लगाउने।
० घरघरमा विद्यार्थीहरले आ आफ्नो स्व सिकाइ गर्दा विद्यार्थीहरु फुर्सदिला भई कुलत कुसंस्कार कुबाटो कुकार्य गर्ने तर्फबाट रोक्न अभिभावकहरुले समयसमयमा अनुगमन तथा निरक्षण गर्ने। यदी कुकार्य तिर लागेमा पृष्टपोषणको माध्यमबाट सुधार गर्ने।
० शिक्षकले बालबालिकाहरुको समस्याहरु परेको बारेमा अभिभावकहरुसँग सोध्ने, मनोसमाजिक सहयोग गर्ने, निरन्तर भेटघाट/अन्तरक्रिर्या गर्ने।
० आफू पनि बच्ने र अरुलाई पनि बचाउने जस्ता सहयोगात्मक भावना राखि नियमित जन स्वास्थ्य मापदण्डभित्र रही नेपाल सरकार/प्रदेश सरकार/ स्थानीय सरकारको निर्देशनहरु पालन गर्दै सुरक्षित बसाई र घरघरमा गुणस्तरिय सिकाइ गर्नु र गराउनु।

निष्कर्ष
शिक्षा निरन्तर चल्ने एउटा प्रक्रिया हो।जस्तो सुकै विपत आपत र माहामारी भएको बेलामा शिक्षा अवरुद्ध हुनुहुन्न।त्यसैले विद्यार्थीहरु रहेको घरघरमा पाठ्यपुस्तक व्यवस्था गरी वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाहरुको गुणस्तरिय सिकाइलाई निरन्तरता दिने।कोभिड १९को संक्रमणका कारण देश भरका विद्यालयहरुको पठनपाठन प्रभावित भएकोले घरघरमा सुरक्षित बसाई व्यवस्थापन गर्दै वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका श्रब्य दृश्य/अभ्यासहरु/ नमुना प्रश्नपत्रहरु आदिको सही सदुपयोग गर्दै गुणस्तरिय शिक्षा गर्नु अहिलेको आवश्यकता हो।

नाम राजदेव यादव
पद शाखा अधिकृत
शिक्षा विकास तथा समन्वय इकाई, धनुषा।

प्रतिक्रिया