तरुण दल र नेबि संघद्वारा बिपन्न परिवारलाई राहत सामाग्री वितरण

इनेप्लिज २०७८ असार १ गते १४:२९ मा प्रकाशित

‘सामाजिक कामका लागि हाम्रो अभियान, जहा दुःख त्यहा पुग्छ नेबि संघ र तरुण
दल’ भन्ने नाराका साथ कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० स्थित
एक बिपन्न परिवारलाई ईटाजस्तापाता सहीत निर्माण सामाग्री खाद्यान्न र
लत्ताकपडा उपलबध गराइएको छ ।
तरुण दल कपिलवस्तु र नेबि संघले संयुक्तरुपमा पटनाको सोनपुरक बिपन्न
परिवार प्रदीप कोहारलाई सो सामाग्री घर मै पुगी हस्तान्तरण गरिएको हो ।
ईटा जस्तापाता लगातयतका निर्माण सामाग्री चामल दाल नुन तेल, आटा नुन सर्फ
सावनु, ड्रेस लगायतका गरी करिब डेढ लाख मूल्यका सामागी प्रदान गरिएको हो
। तरुणका जिल्ला सभापति शक्ति सिंह ठकुरी र संघका क्षेत्रीय सभापति
चन्द्रकान्त पोख्रेल लगायतका टोली ती बिपन्न परिवारलाई सामाग्रही
हस्तान्तरण गरेका थिए । संघ र तरुण दलमा आबद्ध रहेको बिभिन्न ८ जनाले सो
सामाग्रीकालागि सहयोग गरेका थिए ।
तरुण दलका जिल्ला सभापति ठकुरीले आफुहरुले बिपन्न परिवारकालागि घर
निर्माणमा सहयोग गर्ने अभियान चलाएको बताए । दुःखमा परेका बिपन्न
परिवारलाई सहयोग गर्न आफुहरुले बिभिन्न काम गरीरहेको बताए । ‘हक
अधिकारकालागि राजनीति गर्ने नारा जुलु गर्ने मात्र होईन, सामाजिक
उत्तरदायित्व बोक्दै हामी गरीब र बिपन्नको घर घरमा पुग्ने अभियानमा छौ’
उनले भने । क्षेत्रीय सभापति पोख्रेलले आफुहरुले बर्षो देख चलाएको
अभियानले नेबि संघ र तरुण दल बिपन्न परिवारको सुख दुःखको साथी बन्दै गएको
बताए ।
आफुहरुको अभियान राम्रो भएकाले धेरै जनाले साथ दिएको बताए । सामागूी पाएर
हर्षित भएका प्रदीपले बर्षौ देखि टिनको घरमा बस्ने सपना पुरा हुने बताए ।
पुस्ताऔ देखि झपडीमा गुजारा चलाउर्दै आएका उनले तरुण दल र नेबि संघ भगवान
बनेर आफनो घरमा आएको बताए । ‘ म जस्तो गरीबलार्ई सहयोग गरेर तरुण दल र
नेबि संघले पुन्यको काम गरेको छ ’ उनले भने । कार्यक्रममा तरुण दल र नेबि
संघका गरी दुई दर्जन बढीको सहभागीता थियो ।

प्रतिक्रिया