कैलालीको पूर्वी क्षेत्रमा वन कर्मचारीको मिलेमतोमा काठ तस्करी हुँदै

हिक्मत बम÷युगअस्त्र २०७८ जेठ ३० गते ०:५९ मा प्रकाशित

धनगढी, जेठ २८÷देश कोरोना कहरमा ग्रसित भैरहेका बेलामा वन माफियाहरु भने रातारात कसरी करोडपति हुने भन्ने होडमा वन कर्मचारीको संरक्षणमा काठ कटानी र तस्करीमा संलग्न देखिन्छन्।

खोरी निकासी नियन्त्रण गर्नुपर्ने वन प्रशासननै तस्करीमा संलग्न हुँदै कैलाली जिल्लाको पूर्वी क्षेत्रका राष्ट्रिय तथा सामुदायिक वनमा वन अवैध रुपले साल,खयर लगायतका रुखहरु कटानी गर्दै वन प्रशासनको संरक्षणमा काठ हुन थालेको कुरा एक स्थानीयले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिनु भएको छ।

वन कर्मचारीको मिलेमतो र स्थानीय जनप्रतिनिधिको संरक्षणमा जिल्लाको पूर्वी क्षेत्रको कालिका,शिवशक्ति,स्वर्णपूर,मोहन्याल,पशुपति र राधाकृष्ण सामुदायिक वनमा व्यापक रुपले साल,सिसम र खयर लगायका रुखहरु कटानी भइरहेको सामुदायिक उपभोक्ता समूका उपभोक्तालेनै गुनासो गर्न थालेका छन्।

कोरोना महामारीले जिल्लामा निषेधाज्ञा जारी गरेको ४२ दिन पुगेका छ।यो बन्दाबन्दीको मौका छोपेर वन माफिया र तस्करहरुले अकुत सम्पत्ती कमाउने उदेश्यका साथ वन फडानी गर्दै आएका छन।स्थानीय जनप्रतिनिधिको संरक्षणमा वन कर्मचारीको मिलेमतोमा लम्की टीकापुरका केहि स्थानीय पत्रकार र वन उपभोक्ता समितिका पदाधिकारीहरु वन फडानीसंगै काठ तस्करीमा लागेको एक जना स्थानीयले नाम नबताउने सर्तका जानकारी दिनु भएको छ।

उहाँका अनुसार वन उपभोक्ता समितिका पदाधिकारीहरुले कटानी आदेश बिनानै दिनदाहडै रुखहरु काट्ने गरेका छन।र काटिएका रुखका काठहरु रातको समयमा झन्झटपुर,टीकापुर र भजनी लगायतका क्षेत्रमा सञ्चालित सःमिलहरुमा पुगाउने गरिएको छ।

सामुदायिक वनका पदाधिकारीहरुको यस्तो हर्कतका बारेका सव डिभिजन वन कार्यालयलाई जानकारी गराउँदा पनि बेखबर जस्तै बनेकाले कतै वन कर्मचारीहरुको पनि मिलेमतो छकी भन्ने देखिएको कुरा एक उपभोक्ताले नाम उल्लेख नगरिदिने शर्तमा बताउनु भएको छ।

जिल्लाको जानकी गाउँपालिका—९,पूर्वि खैरिफाँटास्थित कालिका सामुदायिक वनमा कटानी आदेशबिनानै खयरको २हजार २ सय क्यूफिट काठ र सालको ६ सय क्यूफिट काठ काटिएको पनि उहाँले जानकारी दिनु भएको छ।त्यस्तै एक हजार क्यूफिट काठ घाटगद्दी बाहिर लुकाएर राखिएको समेत जानकारी दिनु भएको छ।

कटानी आदेश बिनानै काटिएका उक्त काठहरु देखावटी रुपमा घाटगद्दी गरिएपनि राताको समयमा नजिकैको सःमिलहरुमा पुगाईने गरेको अर्का स्थानीयले पनि नाम नबताउने सर्तमा बताउनु भएको छ।उहाँले निषेधाज्ञाको समयमा सबै मानिस घरभित्रै बस्ने भएकाले तस्कर तथा चोरीमा संलग्न वन कर्मचारी, सामुदायिक वनका पदाधिकारीहरु यतिबेला मौलाएको बताउनु भयो।सामुदायिक वनका पदाधिकारीहरु पनि अकुत सम्पत्ति कमाउने उद्देश्यले काठ तस्करी गर्न लागेकाले काठ चोरीका गतिविधिहरु नियन्त्रण हुन स्थानीयको आरोप रहेको छ।

कालिका सामुदायिक वन त एक उदाहरण मात्र हो।जिल्लाका अन्य थुप्रै सामुदायिक वनमा पनि वन फडानीसंगै काठ तस्करीका गतिविधि बढ्दै गएका छन । सामुदायिक वनमा वन फडानी भइरहेको विषयमा कालिका सामुदायिक वनका अध्यक्ष रंगप्रसाद उपाध्यायसंग बुझ्दा उहाँले घर निर्माणका लागि उपभोक्ताहरुले समितिको निर्णयअनुसार काठ काटिएको बताउनु भयो।उहाँले जानकारी दिदैं सामुदायिक वनमा घाटगद्दी गरिएको २ हजार २ सय क्यूफिट खयरको काठ नदिबाट बगेर आएको संकलन गरिएको र ६ सय क्यूफिट सालको काठ सुखाखडा काठ कटानी आदेश लिएर काटेको बताउनु भयो।

त्यस्तै जगतपुर सामुदायिक वनमा केही दिनअघि सयौँ क्युफिट काठ चोरी भएको थियो । तस्करको समूहले सयौँ क्युफिट काठ काटेको सूचना स्थानीयवासीले दिएपछि तस्करले काटेको काठ वन समितिले नियन्त्रणमा लिएर घाटगद्दी गरेको छ।

जिल्लाको पूर्वि क्षेत्रका सामुदायिक वनहरुमा वर्षातको समयमा अवैधरुपमा वन फडानी गर्ने र काठहरु नदिमा बगाएर तस्करी गर्ने कार्य वषौंदेखि भइरहेको स्थानीयहरु बताउँछन।

पछिल्लो समय व्यापकरुपमा भइरहेको वन फडानी र काठ तस्करीलाई रोक्न मन्त्रालयले कस्तो भूमिका खेल्दैछ भन्ने विषयमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई प्रश्न गर्दा उहाँले भन्नुभयो, वन क्षेत्रको संरक्षण गर्नु हामी सबैको दायित्व हो।र वनजंगल संरक्षणका लागि मन्त्रालयले प्याकेज बनाएर वृक्षारोपण कार्यक्रम गर्दैछ।उहाँले वन क्षेत्रमा भइरहेको तस्करी रोक्नका लागि वन कर्मचारीहरुलाई सक्रिय हुन निर्देशन दिने बताउनु भयो।उहाँले पछिल्लो समय वन कर्मचारीको मिलेमतोमा वन फडानी भइरहेको गुनासो बढ्दै गएको प्रति दुख व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो,वनजंगल नेपालको गहना हो।यसले धार्मिक र साँस्कृतिक महत्व बोकेको छ।यसलाई संरक्षण गर्नु हामी सबैको महत्वपूर्ण भूमिका हुनु पर्दछ ।उहाँले वनजंगलले वातावरणीय क्षेत्रमा पुगाएको योगदान,जलमार्गमा,जैविक मार्ग, जैविक विविधता,वातावरणीय सन्तुलन र पर्यावरणीय सन्तुलनमा पुगाएको योगदानलाई ध्यानमा राखेर वनजंगलको संरक्षण गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ।

देशमा बन्दा बन्दी लागु भएदेखिनै वन माफिया,वन कर्मचारीको मिलेमतोमा कैलाली जिल्लामा ठूलो परिमाणमा काठ तस्करी बढेको भएपनि प्रदेश वन मन्त्रालय,प्रहरी प्रशासन र वन प्रशासन भने कानमा तेल हालेर बसेको देखिन्छ।

 

 

प्रतिक्रिया