मंगलबार, साउन २४ २०७९
काठमाडौं १३:५०
वासिङटन डिसी 04:05

थप ३ हजार ३८४ जनामा कोरोना संक्रमण

इनेप्लिज २०७८ जेठ २९ गते १०:५६ मा प्रकाशित

नेपालमा थप ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा शनिबार थप ३ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ८ हजार ५०६ जना आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा २ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार २ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया