बहुराष्ट्रिय राज्य

बीरकाजी बस्नेत २०७८ जेठ २८ गते २:२९ मा प्रकाशित

हालै उप प्रधानमन्त्रिमा नियुक्त भए पछी राजेन्द्र महतोले दिएको अभिब्यक्ती “बहुरास्ट्रियता “शब्दले नेपाली समाज तरङित भएको छ।हुनत कसैले दिएको सानो अभिब्यक्तीनै नेपाली समाजलाई हलचल ल्याउन प्रयाप्त छ।त्यसमाथी पनि अहिलेको तरल र संक्रमणमा रहेको नेपाली समाज बहकाउ,भड्काव र उत्तेजनाले भरीपूर्ण छ।त्यस्तै कसैलाई पनि आफुले बोलेका कुराहरुको जिम्मेवारी बहन गरीरहनु पर्दैन।एक समय एकजना भारतीय कलाकारले आफुलाई नेपाल देश मन नपर्ने भनी निजी ब्यक्तिगत अभिब्यक्ती दिंदा समेत आन्दोलित हुने र मान्छे मर्ने काम समेत भएको छ।नेपाल एक बहुजातिय,बहुधार्मिक ,बहुभाषिक देश हो जसलाई पृथीबी नारायण शाहले चार जात छतिस बर्णको साझा फुलबारी हो भनेका थिए।यहाँ बहुजातियता लाई बहुरास्ट्रियता भन्नेकी नभन्ने पनि हो।बहुरास्ट्रियता र आत्मा निर्णयको अधिकारको कुरा सोभियत संघको निर्माण गर्ने क्रममा ल्याइएको मानिन्छ।यही अबधारणा मार्शल जोसेफ बर्ज टिटोले युगोसलाभिया स्थापना गरेका थिए।

गोर्भाचोवले ल्याएको पेरोस्त्रेइका र ग्लास्नोत जस्ता निती पस्चात कालक्रममा सोभियत संघ सोह्र टुक्रामा बिभाजित हुन पुग्यो।त्यस्तै युगोस्लाभिया पनि सर्बिया ,क्रोसिया,मण्टेनेग्रो ,बोस्निया हर्ज्गोभिना जस्ता राज्यमा बिभाजित भयो।बोस्नियामा सर्भहरुले मुस्लिम महिला माथि गरेको अत्याचार चर्चित भएको थियो।पछी दक्षिण सर्भियाको कोसोभोमा अल्पसंख्यक माथि अत्याचार भयो भन्दै नेटोले भीषण हवाइ हमला गरेर कोसोभोलाइ पनि अलग गरिदियो।विश्वका बिभिन्न देशहरुमा रहेका फरक समुदायलाई कस्तो परिभाषा गर्ने भन्ने कुरा पनि सर्ब सम्मत छैन।क्यानडाको क्युबेक प्रान्तमा फ्रेन्च भाषिको बसोबास छ भने अन्य छेत्रमा अङ्रेजी भासी बसोबास गर्दछन।यसै आधारमा क्युबेक बांकी क्यानडामा बाट अलग हुने चर्चा बेलाबेलामा चली रहन्छ।स्पेनमा क्याटोलान र अर्को समुदायको क्रमस बार्सिलोना र रियल म्याड्रिड क्षेत्रमा बसोबास गर्दछन।क्याटोलान पनि बांकी स्पेनबाट अलग हुने चर्चा हुनेगरेको छ।ब्रिटेनमा पनि स्कट्ल्यान्डले अलग हुने कि संगै रहने भन्नेमा जनमत संग्रह केही बर्ष पहिले भएको थियो।उत्तरी आयरल्यान्ड्को पनि ब्रिटेन बाट निस्कने भन्ने कुराले हिंसा चर्किने गरेको छ। सुडानमा धार्मिक भिन्नता लाई देखाएर सुडान र साउथ सुडान बनाइयो।इथियोपियालाई पनि टुक्रा गरी इरिट्रिया कायम गरियो।इण्डोनेसिया बाट पुर्बी टिमोरलाई धार्मिक आस्थाका आधारमा अलग गरियो।ब्रिटिश र फ्रेन्च साम्राज्यले पश्चिम एसियामा अरबी र कुर्दहरुलाई बिभिन्न राष्ट्रमा बांडिदिएकाले इराक,इरान,सिरिया र टर्की जस्ता देशहरुमा छरिएका कुर्दहरुले अहिले पनि असन्तुस्टी र टर्की जस्ता देशमा बेलाबखत युद्ध नै हुने गरेको छ।भाषिक,जातिय र धर्मको आधारमा सबै भन्दा पीडित प्यालेस्टाइनी हरुलाई बनाइएको छ।संसारमै जातिय अस्तित्व मटिया मेटा पारीएको भनेको अमेरिकि आदिबासी माया ,एजटेक र इन्काहरुको हो। त्यस्तै अस्ट्रेलियाका यबओरिजिन र न्युजिल्याण्डका माहोरिहरु हरुलाई पनि लगभग अस्तित्व बिहिन पारीएको तितो ईतिहास संसार सामुन्ने छ।

दक्षिण एसियामा धर्मको आधारमा भारत र पाकिस्तान त्यस्तै भाषाको आधारमा पाकिस्तान र बंगलादेश अलग भए।यसै गरी तमिल र सिंहाली भाषा र धर्मको अन्तरका कारण श्री लंकामा २५ बर्स सम्म युद्ध भयो।भुटानमा प्रजातान्त्रिक माग राख्दै गरिएको छिटपुट आन्दोलनलाई बहना बनाएर फरक समुदायका भएकै कारण देशको कुल जनसंख्याको करिब २०% लाई देश निकाला गरी लखेट्ने काम भयो।पाकिस्तानमा पनि बेलुचहरु माथि भेद्भाब भएको भन्ने गरिन्छ।

बिभेदका केही अन्तरराष्ट्रिय आयाम :-अमेरिकामा दास बनाइएका काला जातिका मनिसहरुलाई दास मुक्त गर्ने लिंकनको प्रयत्नमा असहमती जनाउदै उत्तर र दक्षिणको बिचमा ४ बर्ष सम्म युद्ध नै भयो र उत्तरको बिजयले राष्ट्र टुक्रन पाएन।गोरा र कालाका बिच प्रयोग गर्ने सबारी साधन,बिद्यालय,सौचालाय,चमेना गृहहरु समेत अलग अलग हुने गर्थे।यसको बिरुद्धमा काला नेता मार्टिन लुथर किङले शान्तिपूर्ण आन्दोलन चलाए।यसरी बिभेद अन्त्यको प्रयत्न गर्ने लिकन र किङ दुबैको अमेरिकामा हत्या भयो।अमेरिकामा अहिले पनि ब्याल्क लाइफ म्याटरको आन्दोलन जारी छ।यसको कारण मिनेसोटा राज्यमा एक गोरा प्रहरिले काला एक पुरुसलाई नियन्त्रणमा लिएर पनि घांटी थिचेर मारेकाले हो।अहिले पनि गोरे सर्बोच्चताको अभियान अमेरिकामा जारी छ भने कोरोना भाइरसको कुरालाई आधार बनाएर एसियन अमेरिकि माथि घृणा फैलाउने अनि आक्रमण र हत्याका घटना हरु पनि भएकै छन।अहिले पनि पहिचानमा गोराहरु अमेरिकि ;कालाहरु अफ्रिकी अमेरिकि र अन्य देशका आप्रबासी हरुलाई सम्बन्धित देशको नाम अगाडि राखेर मात्र अमेरिकि भनी चिनिने गरेको छ।

ब्रिटेनमा गोरा सैनिक र गोर्खा सैनिक माथि समान कामको समान पेन्सन सम्बन्धी ब्यबस्थामा बिभेद भईरहेको हामी सबै जानकार छ।त्यहाको राज दरबार भित्र कान्छा राजकुमार ह्यारिले गोरा र कालाको मिस्रण बाट जन्मेकी अमेरिकि अभिनेत्री मेज्ञानलाई विवाह गरेको र उनिहरुबाट जन्मने सन्तान कालो रङ्को हुने होकी भनी संचार माध्यमले ब्यापक उचालेको कारण उनिहरुले राजाकिय मर्यादाका सबै पदहरु त्यागी हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास सुरु गरेका छन ।मन्डेलाको २७ बर्षको काराबास पनि गोरा र काला बिचको रंग भेदि नितिको बिरोध गरेको कारण नै भएको हो र त्यहा नै गोराले काला माथि गरेको भेद्भाब देखेर नै गान्धिले भारतिय स्वतन्त्रताको आन्दोलन गर्न प्रेरित बनेका हुन।

नेपालमा आत्मा निर्णय सहितको जातिय राज्यका प्रबर्तक रसियन अबधारणा बाट प्रभावित माओवादी र प्रमुख प्राधिकार त्यस दलका भु पु नेता बाबुराम भट्टराई हुन।बर्गिय आन्दोलन माथि उठ्न नसके पछी र ४६ सालको राजनितिक परिवर्तन पस्चात जनजातिहरुमा बिकास भएको अधिकार सम्बन्धी चेतनालाई उपयोगमा ल्याउने रणनिती मार्फत आत्मा निर्णयको अधिकार सहितको जातिय राज्य बनाउने भन्दै युद्ध अघी बढाउने काम गरियो।यसले निस्चित आकार ग्रहण गर्न थाले पछी माओवादीको जनबादी गणतन्त्र स्थापना गर्ने क्रान्ति संबिधान सभाको चुनाव तिर मोडिन पुग्यो।संबिधान सभाको चुनाव मार्फत नै सिक्किम भारतमा बिलय भएको इतिहास लाई यहाँ किन नजर अन्दाज गरियो एक पहेलु छ।बाबुराम पन्थको यही अबधारणालाई आफुले ग्रहण गर्दै बहु राष्ट्रियताको मन्त्र महतो हरुले जप्ने गरेका हुन।तर मधेसी बहुल भनिने प्रदेश २ को सरकार र निकायमानै बहुलतालाई लागु गरिएको छैन।नेपाली समाजमा मधेसी बिभेद्को राजनितिक खेतिपाती पनि बस्तुगत होइन।मधेसमा देशको राष्ट्रपतीले भ्रमण गरेमा सुनपानी छर्केर चोखो नितो गरिन्छ,कुनै अमुख पार्टिलाई सान्ती पूर्ण तबरले आफ्ना कुराहरु राख्न निषेध गरिने,रास्ट्रिय झन्डा र राष्ट्रको संबिधानको अग्नी दोहन गरिने र भुकम्प पिडितलाई बसोबास गराउने कुरामा आपती मान्ने र बिदेशी सरकार प्रमुखको भ्रमणमा राष्ट्रिय झन्डाको कुरुप आकृति प्रदर्सन गर्ने जस्ता कुराहरुले महतो बहु राष्ट्रियताको गन्तब्य कता तिर हो बुझी नसक्नुको छ।

ऐतिहासिकतालाई मान्ने हो भने नेपालको राजाकिय पदमा (ग्वाला ) गोपाल बंसी यादवहरुले राज्य नै गरेको पाईन्छ।मुस्लिम सासक गयसुद्धिन तुग्लकले सिम्रौनगढमाथी आक्रमण गरी ध्वस्त पारे पछी पहाडतिर लागेका हरिहर सिंहका सन्तान पनि मल्लकालमै नेपालको शासनसत्तामा पुगेको देखिन्छ।त्यसैगरी काठमाडौंमा पशुपतिको दर्शन गर्न आएकी तिरहुतिया ब्राह्मणी कान्तिमती लाई राजा रणबहादुर शाहले विवाह गरी उनिबाट जन्मेको सन्तान ग्रिबाण युक्त बिक्रम लाई रोलक्रम तोडी राजा बनाएको हेर्दा शाह राजा खलक हरु पनि मधेसिका भान्जा खलक हरु मानिन्छन।पञ्चायतकालिन बिकास निर्माणहरु ,राजमार्गहरु,अञ्चल स्तरिय सरकारी कार्यालय हरु,अस्पातलहरु र न्यायलयहरु पनि बिभेद गरिएको भनिएको मधेसी भुमिमा नै राजधानी काठमाडौं पछी स्थापना गरिएको हो।

नेपाली समाजलाई हेर्दा प्रसासन र राजनीतिमा पहाडी बाहुनको अधिक प्रतिनिधित्व र प्राबिधिक क्षेत्र (कृषि,पशु ,बन,शिक्षा ,स्वास्थ्य ) तराइबासिहरुको अधिक प्रतिनिधित्व छ ।सेनाको नेत्रित्वमा छेत्रीहरु छन भने बिदेसी लाहुरहरुमा जनजातिय प्रतिनिधित्व छ।कला र ब्यापारहरुमा नेवारको अधिक प्रतिनिधित्व देखिन्छ। अरु प्राबिधिक कार्यहरुमा सिल्पिहरु रहने गरेका छन।

दलित सामु पुगेर तिमीहरु किन हिन्दू हुने भन्ने प्रश्न गर्ने बाबुरामले साउदी अरेबियामा एक पुरुषले ४ महिला विवाह गर्ने र तीन तलाकमा सम्बन्ध बिच्छेद हुने हो भने महिलाले किन मुस्लिम हुने भन्ने प्रश्न गरे परीणाम के होला ? नेपाली समाजको बनोट भारतीय प्रान्तिय बनोट्को प्रकृतिको भन्दा पनि अलग छ।यहाँ यस्तो मिस्रित समाज छ कि बिहान बेलुका धारामा पानी थाप्न जांदा,बन पाखामा घांस दाउरा गर्दा अनी बाख्रा बस्तु चरीचरणमा जांदा देखी लिएर मर्दाको मलामी र बिबाह बटुलो लगायत अन्य सामाजिक कार्यमा समेत भिन्न भिन्न समुदायका मानिसहरुको भेट र प्रतिनिधित्व हुने गर्दछ।राष्ट्र मात्र बहुल नभएर समाजको चरित्र पनि बहुल नै छ त्यसैले प्रान्तिय राज्य एकल हुन व्याबहारिक देखिदैन।भाषिक र सामुदायिक भिन्नताको कारण गोर्खाल्याण्ड राज्य देउ भन्दा दमन गर्ने भारतीय संस्थापन नेपालको संबिधान बिभेद कारी भन्दै लंडनमा मोदी संयुक्त बक्तब्य जारी गर्दै हिंड्ने गर्छन्।जसरी नेपालमा मधेसी समुदायलाई मधेसी नेपाली हुन कि बिहारी भारतीय भन्ने कुरामा रुप रङ,जात धर्मको एक्रुपातलए अलमलमा पार्ने गरेको छ र यसमा नै मधेसी नेपालीहरुको चित्त दु:खाइ हुँदै आएको छ।ठीक त्यसै गरी दार्जीलिङ तिरकालाई भारतीय गोर्खा वा नेपाली भन्ने कुरामा पनि छ।हाल सम्म बिभेद रहित आदर्स समाज संसारमा नभए जस्तै नेपाल पनि अपबाद हुने कुरा भएन।तर बिभेद्को अन्तरलाई सांघुरो बनाउदै लानु पर्नेमा फरक मत नहोला।

-बीरकाजी बस्नेत

प्रतिक्रिया