नेपाली राजदुत पराजुली ढकाल र राजपरिबारकी सदस्य प्रथम महिला अल बुसइदिबीच महत्वपुर्ण भेटवार्ता

इनेप्लिज २०७८ जेठ २४ गते ९:३९ मा प्रकाशित


ओमान । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ले ओमानी राजपरिवार सदस्य प्रथम महिला अस्सयीदा अह्द अबदुल्लाह ह्मद अल बुसइदीसँग बर्कास्थित राजदरबारमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।
सो अवसरमा उहाँहरुबीच नेपाल–ओमानबीच सौहार्दपूर्ण द्विपक्षीय कूटनीतिक सम्बन्ध लगायत आपसी हितका विविध विषयमा छलफल भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।
राजदुत पराजुली ढकालले ओमानी राजपरिबार एवं ओमानी जनताको सुस्वास्थ्यको कामना गर्नुभएको छ । उहाले नेपालका लागि ओमानले गर्देै आएको सकारात्मक सदभाब र सहयोग प्रति नेपालको तर्फबाट आभार समेत ब्यक्त गर्नुभएको छ ।
राजपरिबारका सदस्य प्रथम महिला अस्सयीता अह्द अब दुल्लाह ह्मद अल बुसइदिले नेपाल र नेपाली जनता हरेक क्षेत्रमा अझ अगाडि बढन सकुन भन्दै नेपाली जनताको सुस्वास्थ्यको कामना पनि गर्नुभएको छ ।
राजपरिबारकी सदस्य प्रथम महिलाले राजदरबारमा सम्मानपुर्बक स्वागत गरी नेपालका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकाललाई गरेको भेटलाई निकै महत्वका साथ हेरिएको छ । सो भेटको समाचारलाई ओमानका प्रमुख मिडिया हाउसले पनि निकै महत्व दिएर प्रकाशन एवं प्रसारण गरेका छन ।
राजदुत पराजुलीले आफु राजदुत भएपछि नेपाल र नेपाली जनताको पक्षमा ओमानमा रहेर खेलेको भुमिकालाई नेपाल सरकारले सहना गर्ने गरेको छ । राजदुत पराजुली सफल राजदुत मध्ये अग्रपंक्तिमा पर्नुहुन्छ । नेपाल सरकारले राजदुत पराजुलीको समयावधि सकिएको भएपनि गत महिना अर्को निर्णय नहुंदा सम्म कायमै रहनेगरी कार्यकाल थप गरेको छ ।

[email protected]

प्रतिक्रिया