क्रान्ति मृदुल

मोहन कृष्ण होमागाईं ,काभ्रे हाल जर्मनी २०७८ जेठ २३ गते १४:०३ मा प्रकाशित

लेख्दा लेख्दै लेख्छु ,लेखेर लेख्छु
लेख्नलाई लेख्छु,लेख्नु पहिले मनमा लेख्छु
लेखेपछी पनि लेख्छु,म आभाष लेख्छु
प्रतिज्ञा लेख्छु,पथ्थर र कपास लेख्छु

म देखेर लेख्छु,अनी लेखेर देख्छु
देख्नु पैले सोचेर लेख्छु,जब देख्छु अनयासै लेख्छु
म लेख्छु तिमी देख्छौ,अनी देखेर सोच्छौ
लेखेको भेदै नपाई,आफुलाई कोष्छौ
कीनकी तिमी नलेखेका,तर बनेका नेता हौ
म लेखिएको तर,नबनेको कवि हुँ ।

मैले लेखेको देशको कथा पढ् ,म लेख्छु
मेलै पढेको देशको कथा पढेनौ रे म सुन्छु
तरतरी देशले रुदा,कान थुनेर जागेछौ
बेदनाले मातृभुमी चिच्याउदा,आखाँ मिचेर भागेछौ
मैले तिम्रो खवर लोक दपर्णबाट साभार पाए
तिम्रा कु कृत्य प्रति देशलाई,तथापी आभार पाए

अव हुन्न तिम्रो कालखण्ड बाकी ,सुन साथी
दल,गण र खण्डित जथ्था हैन बुझ साथी
देश नागरिक र राष्ट्रिय झण्डा,उठाइ माथी माथी
बुझनु छ नेपालीले,अस्तित्व काहाँ र कहाँ छ काँठी
निष्क पखेरु र सडक किनारामा बजाउ शान्तीको विगुल
गर रक्षा मातृभुमीको,ढोल बजाई,यस्तो होस क्रान्ति मृदुल

-मोहन कृष्ण होमागाईं ,काभ्रे हाल जर्मनी

प्रतिक्रिया