जिर्णपुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
धनगढी,जेठ २३।कैलाली जिल्लाको दुर्गम पहाडी गाउँ विकास समितिको वडानम्बर ३ फलेबिसौनीस्थित खारपानी खोलामा निर्मित पुलको जिर्णोद्धार र मर्मत नगरिएका कारण सो पुल भएर ओहोर दोहोर गर्ने मानिसहरुले जोखिम मोल्नु पर्ने बाध्यता रहेको छ।
पुलको दुवैतर्फका पिल्लरहरु भत्कीदै जान थालेका ,पुलकमा दुवैतर्फ तानिएका फलामका डोरीहरुमा खिया लाग्न पुगेका र पुलको विचभागमा फलामका फल्याकहरुमा समेत खिया लागेर टुटफुट भएका कारण पुलको विचभागमा खाली प्वालहरु परेका कारण रात विरातको समयमा होस् या दिउसोको समयमा समेत ओहोर दोहोर गर्न निकै शास्ती खेप्नु पर्ने अवस्था सृजना भएको स्थानीय युवा एवं नेकपा एमालेका जिल्ला कमिटीका सदस्य भवानी प्रसाद देवकोटाले बताएका छन् ।
देवकोटाका अनुसार दुई सय मिटर लम्बाई रहको सो पुल २०५८ सालमा जिल्ला विकास तत्कालिन जिल्ला विकास समिति अन्तरगत डियुएल नामक संस्थाले निर्माण गरेको थियो।
सो पुल निर्माण भएपछि भएर मोहन्यालका कायाजु,फलेविसौना,बुढीआम,भत्कुरी,सुर्खेत जिल्ला हुँदै अछाम जिल्ला सम्म मानिसहरु ओहोर दोहोर गर्न सहज बनेको थियो।हाल आएर पुल भताभुङ अवस्थामा परिणत भैसक्दा पनि सम्बन्धीत निकायले पुल मर्मतका लागि कुनैपनि चासो नदेखाएको गुनासो फलेविसौनाबासीहरुको रहेको छ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया