फुड बैंक सञ्चालन

इनेप्लिज २०७८ जेठ २३ गते १३:२७ मा प्रकाशित

विराटनगर,२३ जेठ।निषेधाज्ञाको अवधिमा गरीव समुदायका व्यक्त्तिलाई आवश्यक खाद्यान्न उपलव्ध गराउन विभिन्न छ बटा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आजदेखि विराटनगर–५ मा फुट बैंक सञ्चालनमा ल्याएका छन्।

नटराज एग्रो भेट,शिखर अर्गनाइजेशन,तुलसी मोटर पम्प,तुलसी वहुमुखी सहकारी संस्था,शिव शिखर एग्रो र गोर्खा टि एण्ड कफिले आगामी सात दिनसम्म दैनिक विहान ७ बजेदेखि १० बजेसम्म दुई सय गरीवहरुलाई खाद्यान्न वापत दुई किलो चामल,५०० ग्राम दाल,एक केजी नुन र एक सय ग्राम सोयाविना वितरण शुरु गरेको छ।

दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएकोमा केही सहयोग पुगोस भन्ने उद्देश्य अनुरुप सहयोग शुरु गरेको नटराज एग्रोका बजार व्यवस्थापक सिताराम बर्तोलाले जानकारी दिनु भयो।

उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सङ्घ संस्थाबाट बाट प्राप्त सहयोग अनुसार निषधेज्ञाको अवस्था हेरेर पछि थप दिन लगायत थप खाद्यान्न वितरण गर्ने बताउनु भयो।

प्रतिक्रिया