भावि सन्ततिका लागि अनुत्तरित इतिहास दिईदै

वीरेन्द्र रावल २०७८ जेठ २३ गते ५:४६ मा प्रकाशित


वीरेन्द्र रावल,

कुनै पनि देश वा समाजका आफ्नै विशिष्ठता हुन्छन्।विशिष्ठता अनि पहिचानका आधारमा जूनसुकै देश अगाडी बढेका हुन्छन।जून सुकै समाज,टोल,गाउँ वा देश निर्माणका क्रममा राम्रा र नराम्रा कार्यहरु भएका हुन्छन्।नराम्रा कुराहरुलाई पुनरावृत्ति हुन नदिन र नयाँ संरचना अनि व्यवस्थाबाट देशको व्यवस्थापनका आधारमै संसारका कतिपय देशहरु अगाडी बढिरहेका पनि छन्।

हाम्रा दुई उत्तरमा रहेको चीन र दक्षिणमा रहेको भारत देशका पनि राजनीतिक,सामाजिक अनि साँस्कृतिक पहिचानहरु रहेका छन्।१९४९ मा निरंकुश तन्त्रबाट मुक्त भएको देश चीन र १९४७ मा अंग्रेजको गुलामीबाट मुक्त भएको देश भारत हो।त्यसको तुलनामा भने नेपाल एक स्वतन्त्र र अभिभाज्य देशका रुपमा आफ्नो पहिचान बनाउन सफल भएको देश हो।

चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङ्गले चिनियाँ जनतालाई स्वतन्त्र र सार्वभौम चीनका जनता बन्नका लागि ठूलो मिहेनत,खुन पसिना बगाएका छन्।भने त्यस्तै हाम्रो दक्षिणमा रहेको भारतपनि अंग्रेजहरुको दमनचक्रबाट स्वतन्त्र बनाउनका लागि महात्मा गान्धीको महत्वपूर्ण भूमिका रहेको पाईन्छ।

त्यस्तै बाईसे र चौबिशे राजा रजौटाहरु सहित विभिक्त अवस्थामा रहेको नेपाललाई राजा पृथ्वी नारायणले एक शुत्रको मालामा उन्ने काम गरे।नेपाललाई एक स्वतन्त्र देशका रुपमा स्थापित गर्नका लागि स्व.पृथ्वी नारायण शाहले ठूलो योगदान दिएका थिए।

नेपालको पनि एक स्वतन्त्र,स्वाधिन र सार्वभौम सत्ता सम्पन्न भएको देश हो।नेपाल एकिकरण पूर्व विभिन्न राज्य रजौटाहरु थिए।विराट नेपाल,सुगौली सन्धी पछिको नेपालको राजनीतिक अनि भौगोलिक अवस्थिती पनि फरक छ।

नेपालमा शासन गरेका विभिन्न राजा रजौटा,राज्य र कोटहरुको पहिचान आजपनि यथावत देख्न सकिन्छ।यक्ष मल्ल र मल्लकालिन,लिच्छवीका,निरंकुश राणा शासन हुँदै राजतन्त्र अनि संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आईपुग्दा नेपालमा धेरै उतार चढावहरु आएका छन्।

नेपालको ईतिहासमा कोतपर्व,भण्डारखालपर्व,प्रजातान्त्रिक लडाई,मदन आश्रृत दास ढुंगामा मदन भण्डारी र जीवराज आश्रृतको रहस्यमय जीप दुर्घटना, १० बर्षे माओवादी जनयुद्ध २०५८ साल जेठ १९ गतेको दरवार हत्या काण्ड,प्रजातन्त्रमाथीको निरंकुश कुँ,नारायणहिटी दरवार काण्ड,अमर लामा माथी भएको गोली काण्ड लगायतका थुप्रै घटनाहरु नेपालमा भैसकेका छन्।

राजनीतिक घटनाक्रमलेनै कुनै पनि देशको इिितहासलाई ईंगित गरेको हुन्छ। नेपालमा भएका सबै राजनीतिक अराजनीतिक गरि जे जति घटनाहरु हुने गरेका छन् तीं सबैको आफ्नै पहिचान छ।तर त्यो पहिचानलाई नेपालमा अक्षरस त्यसको सत्य,तथ्य अनि प्रमाणको आधारमा जसरी लिपिबद्ध गरिनु पर्ने थियो त्यो कार्य नत विगतका सरकारहरुले गर्न सके नत वर्तमान सरकारहरुले प्राथामिकताको बिषय बनाएको देखिन्छ।

हरेक कालखण्ड वा दशकको अवधीमा नेपालमा विभिन्न खालका राजनीतिक,आर्थिक अनि सामाजिक परिवर्तनको सामअना नेपाली जनताले गरिसकेका छन्।

देश भित्रहुने राजनीतिक,आर्थिक र सामाजिक परिवर्तन देखि लिएर नेपालको राजनीतिलाई अन्तरराष्टिस्तरमा पनि पुगाउने कार्य राज्य वा गैर राज्यबाट हुने गरेको छ।देश भित्र हुने साना तिना अन्दोलन,चक्काजाम हड्ताल बाहेक अन्य ठूला राजनीतिक घटनाक्रले ल्याउने परिवर्तन वा स्थापित जून सुकै मान्यतानै किन नहोस् त्यसको विशिष्ठ पहिचान हुने गर्दछ।त्यहि पहिचानको आधारमा मानिसहरुले अन्य सामाजिक र राजनीतिक कार्यलाइ आधार मानेर अघि बढेका हुन्छन्।
नेपालको सामाजिक,आर्थिक अवस्थालाई समेत विगत अनि वर्तमानले केहि हदसम्म डोर्याई रहेको हुन्छ।विगतको तितो,मिठो,स्वर्णीम वा काला दिनहरुलाई पनि वर्तमान समाजले सकरात्मक वा नकरात्मक रुपले बुझिरहेको पाईन्छ।हामीले विगतमा माध्यामिक तह सम्म पढेको नैतिक र सामाजिक शिक्षा अनि तीं पाठ्क्रमहरु आज सबै मेटाइएका छन्।

नेपालमा पढाईने संस्कृत र नैतिक शिक्षा समेत दुई दुई दशक यता लगभग पाठ्य पुस्तकबाट हटाउने कार्य भयो।विगतको सामाजिक शिक्षामा कतिपय अनुत्तरित जिज्ञाशाहरु भएतापनि राज संस्था भित्रको कोतपर्व,निरंकुश जहाँनियाँ राणाशाहीका पालामा भएका विभिन्न निरंकुशताका ईतिहासहरु क्रमबद्ध रुपले सामाजिक शिक्षामा पढ्न पाईने भएतापनि तीं पाठहरु अब भने ईतिहासनै बनाइएका छन्।

नेपालको राजनीतिक इतिहासमा विभिन्न काला र स्वर्णीम ईतिहासहरु हाम्रा सामु रहेका छन्।

मुख्यत:२०५० साल जेठ ३ गतेको दास ढुँगा जीप दुर्घटना,२०५८ साल जेठ १९ गतेको दरवार हत्या काण्ड,२०६० सालमा किर्तीपुरमा अमर लामाको गोली हानेर हत्या गरियो जून दास ढुंगा जीव दुर्घटनाका जीउँदा प्रमाण थिए।

नेपालमा यीं दुई घटनाको पछाडी राष्ट्रिय अनि अन्तरराष्ट्रिय हात रहेको हुनु पर्छ ।यीं घटना पछिनै नेपालमा प्रजातन्त्र प्राप्ती पछिका दिनहरुमा निकै ठुल ठुला उतार चढाव देखि लिएर राजनीतिक उथलपुथल आउनुका साथ साथै शान्ति नेपाल अशान्तिमा परिणत भएको देखिन्छ।

नेपाल एक सार्वभौम देश हो।यसको आफ्नै सम्प्रभूता,अखण्डता र सार्वभौमिकता रहेको छ।एक सार्वभौम देश भएका नाताले पनि जसले नेपाली विचको एकता अनि सामाजिक सद्भावलाई हेर्न चाहेका थिएनन् तीं स्वदेशी र विदेशी शक्तिहरु दास ढुंगा जीप दुर्घटना देखि लिएर दरवार हत्या काण्ड नगरेको हो भन्न सकिदैन।

उत्तरमा रहेको महाशक्ति देश चीन र दक्षिणमा रहेको अर्को देश भारतका बिचमा रहेको नेपालमा विभिन्न बहानामा पाईला टेकेर चीन र भारत विरोधी गतिविधीहरु सञ्चालन गर्नकै लागि पनि नेपालमा अशान्ति फैलाउने कुतत्वलेनै नेपाली जनताको आशाका किरणहरु निभाउने कार्यहरु विगत देखिनै क्रमबद्ध रुपले हुँदै आईरहेका छन्।यसको ज्वलन्त उदाहरणका रुपमा दरवार हत्या काण्ड र दास ढुँगा जीप दुर्घटनालाई सहजै लिन सकिन्छ।

नेपाललाई आन्तरिक गृह युद्धमा फँसाउने, जात जाती विचमा द्धन्द्ध चर्काउने, साम्प्रदायिकता भड्काउने र नेपाललाई अशान्तिको अखडा बनाई राख्ने कुचेष्टा तीनै शक्ति केन्द्र देखि नेपाल भित्रकै केहि शक्ति केन्द्रले गरेका घटनाहरुका कारण आज नेपालमा सामाजिक,राजनीतिक अनि आर्थिक संकटहरु एकपछि अर्कोगरी देखा पर्दै जान थालेका छन्।

नेपालमा मदन भण्डारीको हत्या पछि माओवादीले शशस्त्र क्रान्ती गर्नु,त्यसपछि दरवार हत्या काण्ड हुनु।देशमा २०६२।०६३ मा लोकतन्त्र आई सकेपछि देश संघीयतामा लैजाने नाममा भएका क्षेत्रियताका लडाई,भेगिय लडाईलाई पनि संकेतका रुपमा लिन सकिन्छ।

दरवार हत्या काण्डको केहि समय पछि कैलालीको सदरमुकाम पुगेका प्रधानमन्त्री स्व.गिरिजा प्रसाद कोईरालाले २०५८ सालमा धनगढीस्थित तत्कालिन जिल्ला विकास समितिको हलमा पत्रकार सम्मेलन आयोजना गरेका थिए।

त्यति बेला मैले उहाँलाई एउटा प्रश्न राखेको थिएँ।प्रधानमन्त्री ज्यु तपाई विराटनगर जाँदा त्यहाँका पत्रकारहरुलाई एअरपोर्टमा अव मुख खोल्छुँ भनेर भन्नु भएको थियो।त्यो दरवार हत्या काण्ड संग सम्बन्धीत छ।आज त्यसबारेमा के हो स्पष्ट पारिदिनुहोस् न किनकी तपाई दरवार हत्या काण्ड हुँदा देशको प्रधानमन्त्री हुनुहुन्थ्यो।तपाईले ईतिहासलाई त सहिरुपले प्रष्ट्याई दिनु पर्यो भनेर प्रश्न गर्दा उहाँ उत्तर नदिएर जुरुक्कै उठ्नु भयो।एक छिनमा चुरोट सल्काएर पिउन थाल्नु भयो।पत्रकार सम्मेलन सकिएको जानकारी सञ्चालकले गरे।

त्यो दिनको जिज्ञासा आज पनि मेरो मानसपटलमै खेलिरहेको छ।दरवार हत्या काण्डका एक से एक प्रश्नहरुको उत्तर अँझै खुल्न सकेका छैनन।राजतन्त्र समाप्त भैसकेपछि अव दरवार हत्या काण्डका बारेमा कसले छानविन गर्ने?स्व.म दन भण्डारीका धर्मपत्नी राष्ट्रपति अनि सोही पार्टीका प्रधानमन्त्री भएका बेलामा त दास ढुंगा हत्या काण्डको छानविन नहुने अवस्था छभने एमालेको सरकार हटेपछि वा एमाले सत्ता बाहिर गएको अवस्थामा दास ढुंगा हत्या काण्डको कसले छानविन गर्ने अर्को गम्भीर प्रश्न उठेको छ।

दरवार हत्या काण्डमा स्वयं पुर्व युवराज दिपेन्द्रलेनै गरेको हो भनेर दरवारले गठन गरेको तारानाथ राना भाटको संयोजकत्वको छानविन टोलीले प्रतिवेदन बाहिर ल्यायो त्यो प्रतिवेदनमाथीनै १ सय १ प्रश्नहरु अनुत्तरित छन।नेपालमा भएका विभिन्न एतिहासिक घटनाक्रमको यर्थातता बाहिर आउन नसकेका कारण थुप्रै जिज्ञाशाहरु यो पुस्ताले गरिरहेको छभने भावि पुस्ताले यदि यीं प्रतिवेदनहरुलाई अध्ययननै गरिहालेर वा दरवार हत्या काण्ड,दास ढुंगा जिप दुर्घटना काण्डको जवाफ मागेको खण्डमा के उत्तर दिने ? यो गम्भीर प्रश्न बनेको छ।गलत,अपत्यारिलो,किर्ते अनि निर्देशत छानविन समितिले बनाएको प्रतिवेदनका आधारमा यदि नेपाली पाठ्य पुस्तकमा कुनै पाठ लेखियो भने त्यो कलान्तर सम्मका लागि भावि सन्ततीले पूर्वजहरुलाई प्रश्न गरिरहने मात्र होईन धिक्कार्ने छन्।

अवैज्ञानिक र अपत्यारिला ईतिहास कायम गर्न स्वर्णीम घटनालाई कालो ईतिहास बनाउने जस्ता कुचेष्टाबाट नेपालको वर्तमान राजनीति संयन्त्र बेलैमा सजग हुन जरुरी देखिन्छ।

नेपालको सामाजिक र राजनीतिक घटनाक्रमलाई सामाजिकीकरण वा सार्वजनिकीकरण गर्दा वा पाठ्क्रममा लिपिबद्ध गर्नु पुर्व त्यसको सत्य तथ्य पत्ता लगाई दुधको दुध पानीको पानी बनाएर मात्र बाहिर ल्याउने दिसामा राज्यको बेलैमा ध्यान जाओस्।

यस विषयमा लेख लेखि रहँदा दरवार हत्या काण्ड,मदन भण्डारीको दास ढुँगा दुर्घटना जस्ता घटनाहरुलाई तीं शक्ति केन्द्रहरुले भावि दिनहरुमा पनि नगराउलान भन्न सकिदैन।त्यसको पुर्व तयारीका रुपमा नेपालका राजनीतिक दल,नागरिक समाज,सुरक्षा निकाय र प्रवुद्ध वर्गको ध्यान जानुपर्ने नितान्त जरुरी देखिन्छ।

९८५८४२६५७८

लेखक:धनगढीबाट प्रकाशित युगअस्त्र दैनिकका प्रकाशक।सम्पादक हुन

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया