जसपाको ‘इन्ट्री’ यी चार मन्त्रीबाहेक सबैलाई बिदा गरे ओलीले

इनेप्लिज २०७८ जेठ २२ गते १:१२ मा प्रकाशित

जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह सरकारमा जाने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश मन्त्रीहरुलाई बिदा गरेका छन्। जसपाबाट आठ मन्त्री र दुई राज्यमन्त्री थपिने भएपछि ओलीले एमालेबाट मन्त्री बनेका धेरै जनालाई बिदा गर्ने निर्णय लिएका हुन्।

ओली नेतृत्वको सरकारमा एमालेबाट विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र वसन्त नेम्बाङले मात्रै निरन्तरता पाउने भएका छन्। उता लालबाबु पण्डित र रघुवीर महासेठसहितका नेताहरु फेरि मन्त्री हुने भएका छन्।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारबाट बिदा हुनेहरुमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, महिला बालबालिका मन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले, कृषि मन्त्री र भूमि व्यवस्था तथा सहकारी मन्त्री डा। शिवमाया तुम्बाहम्फे, पर्यटन मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीसहित बिदा भएका हुन्।

जसपा ८ मन्त्रालय लिएर सरकारमा जाने पक्का भएपछि ओलीले आफ्नो पार्टीका अधिकांश मन्त्रीलाई बिदा गरेका हुन्। जसपाले शहरी विकास, ऊर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय लिइसकेको छ। ओलीले गृहमन्त्रीमा विष्णु पौडेललाई पठाउन सक्ने सम्भावना छ।

प्रतिक्रिया