सजिलै कल्पना गर्न सकिन्छ,कि एउटा देशको महाराजाधिराजाको सुख सैय, ऐश्वर्य सारा विश्वमा नाम चलेको थियो रे,तर त्यो दरबारमा राजकुमारहरु, राजकुमारी नजन्मेकोले महाराजा शुद्धोधन आफनी दुइटी महारानाीहरुको साथमा सन्तानको पिडाले सताई रहेको थियो।सान सम्मानको केहि अर्थ नभएको जस्तो लागेको थिए होला,नेपालको कपिलवस्तुको सम्राट सुद्धोधनलाई।आफू अटचालिस बर्ष पूरागरि उन्चास बर्षको उमेरमा,महारानी मायाँदेवी भगवानको कृपाले गर्भवती भएको दश महिना हुने समयमा “ महाराजा म माईती जानु पर्या” भनेर बिन्ती बिसाउँदा महाराजले तुरुन्त महारानीको बिन्ती स्वीकारेर,अंगरक्षक,पाल्की सजाउन आदेश दिइयो,अर्की महारानी महाप्रजापति गोतामी जो मायाँदेवीकी बहिनी थिइन,साथमा धाई सुसारेहरु लिएर जाने बन्दो बस्त गरे।महारानीको सवारीमा कुनै कमि थिएन।देवदह रोहेणी नदीको छेउमा लुम्बिनी बनको र्जगलमा बसन्त ऋतूहरु फुलेर मनमोह दृष्टि देखिन महारानी मायाँदेवीले त्यहा
बिश्राम गरेर फुललाई देखेर आकार्षित हुन्छे र बिस्तारै आफनो पाईलाहरु सार्दै जानेबेलामा हावाले ती फूलहरुलाई हल्लाएर आफूतिर आएको समयमा सालको हाँगो समाउन पुगिन प्रसुती पिडा बिना आफनो योनीको दाईने भागबाट गौतम बुद्दको जन्म भयो।त्यो देवदह भन्ने ठाँउमा नै मायाँदेवीको मन्दिर छ,त्यस समयमा त्यो पवित्र भुमी बफर स्टेट थियो रे।
२९ बर्षको उमेरमा जब आफ्नी युवाराज्ञी र छोरा राहुलको जन्म थियो त्यहि दिन आफू दरबार छोडेर शान्तिको खोजमा निस्के।यसरी पाँच बर्ष सम्म धेरै ऋषिहरु आचार्यहरुको साथमा बसे तर केहि सिव नलागेपछि,आफू एक्लै बस्ने निर्णय गरेर बौद्धगयामा नीरन्जन नदीको छेउमा उरबेला गाँउ थियो जहाँ सूजाताको गाँउ पनि थियो सुजाताको हातबाट खीर ग्रहण गरि।पीपलको बोट मनि आठ मुठा कुस ओछ्याएर बज्रअसनमा अनिमेष दृढ साथ “ चाहे मेरो शरीरको रगत सुकेर जावोस,मेरा नसाहरु सुकोस,मेरो शरीरको हट्टिहर मात्रै बाँकी रहोस जबसम्म मैले ज्ञान प्राप्त हुदैन तबसम्म म यसरी अनिमेष भएर ध्यान गरि राख्छु,”। बैशाख महिना पुर्णिमा मा जन्मे,बैशाख पुर्णमा नै ज्ञान प्राप्त भयो,बुद्धको महानिर्वान पनि ८० बर्षको उमेर बैशालीबाट शारनाथमा गएर महानिर्वना प्राप्त गरे।
साभार समयकबुद्ध
त्यसैले महायाना बुद्धष्टहरुले शाक्यदावा पनि भन्ने गर्दछन,तिन महिना सम्म पूजा गर्ने चलन छ।त्यसैले थेराबता बुद्धिष्टहरुले त्रिविध पावनी बैशाख (बुद्ध पुर्णिमा) नेपालमा बुद्धले जन्म लियो तर उहाँले बुद्धत्वता बौद्धगयामा पाए।विश्व शान्तीको लागि बुद्धको उपदेश महा करुणमय छ,सबैजातीहरु एकै हुन।मनुष्मृतीलाई उलेर फ्यालेको छ।जाती बर्णहरुले गर्दैन भनेका छन्।तर कुनै धर्म आस्तलाई नस्विकार्न पनि भनेको छैन।संसारमा सबैभन्दा बढि ज्ञानको पुस्तक छन भने बुद्धको बारेमा छन्।हाम्रा लामाहरु खाली पूजापाठका पुस्तकहरु मात्रै पाठ गरेर जजमानी गर्ने चलन छन।हूम १६ ठेलीका छन् काङक्युर एक ठेलिका छन् ताङक्युर २ सय ठेलीका छन,यी पुस्तकहरु लाइब्रेरी कांँग्रेसमा उपलव्ध होलान जस्तो लाग्छ।अन्तमा नमो बुद्धय,नमो संघय,नमोधमय।
साभार स्वअध्यन र बिभिन्न पुस्तकहरुको आधारमा।
डिग बहादुर तामाङ्ग हाल मेरिल्याण्ड
प्रतिक्रिया