माटोको झुपडि सजाउ

मोहन कृष्ण होमागाईं ,काभ्रे हाल जर्मनी २०७८ जेठ १२ गते १०:३१ मा प्रकाशित

तिम्रा पदचापहरुले बनाएको गोरेटो
जसमा टेकेर ताते ताते गर्दै,साहरा खोज्ने गर्थे
तिम्रा हस्ताक्षरहरुले बनाएको ब्यन्जन
जसलाई चाखेर,म स्वाद र सुगन्धको परिभाषा लेख्ने गर्थे ।।।

तिम्रा शब्द आलापहरुले बनाएका स्वर संगम
जसका श्रवण पानले मनलाई कर्णद्धारमा भेट्ने गर्थे
यो देश तेरो हो,आमा तिम्रो उपदेश हो
त जाहाँ जस,छोरा त्यो त परदेश हो ।।।

भन्थिर्यौ जननी तिमी,दुख: त सिर्फ परिवेश हो ।
मेटन यसलाई श्रमरुपी सारंगी यही रेटने गर
यो जन्मभुमी तिम्रो अति सुन्दर उर्वर
सन्तती यसलाई मन चक्षुले देख्ने गर ।।।

यि सुन्दर तिम्रा पंक्ति हाय,कर्ण संघार मै छेक्ने गर्थे
पश्चाताप छ आमा सिमेन्ट खाएर , पैसा पिएर
सुन ओडेर, मसिनमा सुत्न सकिन्न रैछ
त्यागेर मातृभुमी जहाँ जहाँ जाउ भ्राता ।।।

गर्वणीय र जिवन्त जिवन बांचिन्न रैछ
फर्क पियानो छोडेर,चट्ट मुरली बजाउ
अव फलामको महल होइन,माटोको झुपडी सजाउ।

-मोहन कृष्ण होमागाईं ,काभ्रे हाल जर्मनी

 

प्रतिक्रिया