मोरङ जिल्लामा थप छ दिन निषेधाज्ञा

इनेप्लिज २०७८ जेठ १० गते २२:३२ मा प्रकाशित

विराटनगर,१०जेठ।जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना सङ्क्रमणको जोखिम न्युनीकरणका लागी जेठ १७ गतेसम्मका लागी निषेधाज्ञाको समय थप गर्ने निर्णय आज गरेको छ।

जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको आज बसेको बैठकले जेठ ११ गते राति १२ बजेदेखि जेठ १७ गते राति १२ बजेसम्मका लाथि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, सङ्क्रामक रोग ऐन २०२० को दफा २ र कोभीड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राती १२ बजेदेखि लागु हुने गरि जेठ १७ गतेसम्मका लागी निषेधाज्ञा जारी राख्ने निर्णय गरिएको मोरङका प्रमुख जिलला अधिकारी कोशहरि निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

मोरङमा पहिलो पटक बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि सात दिने निषेधाज्ञा जारी गरिएको थियो भने त्यसपछि समयावधि थप गर्दै आइरहेको छ। पछिल्लो पटक गएको बैशाख ३१ गतेदेखि लागु हुने गरि जारी गरिएको निषेधाज्ञाको समयावधि जेठ ११ गते समाप्त हुँदैछ।

 

 

 

प्रतिक्रिया