आगामी मेई २९ का दिन मनाउन लागिएको भनिने कथित ‘नेपाल दिवस’ प्रति यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनको गम्भीर ध्यान आकर्षित भएको छ ।
अदम्य साहसका धनी तेन्जिङ् नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलता पूर्वक आरोहण गरी एक अकल्पनीय कीर्तिमान कायम गरेको एैतिहासिक दिन मेई २९ अन्तरराष्ट्रिय सगरमाथा दिवस (Everest Day) को रुपमा भव्यताका साथ मनाइँदै आईरहेको सर्व विदितै छ।विश्व मानव समुदाय सामु नेपाल र नेपालीको प्रतिष्ठा र स्वाभिमानलाई उँचो बनाउने मेई २९ अर्थात् सगरमाथा दिवस हाम्रो लागि एक गौरवशाली उत्सव हो।यस महोत्सवलाई न्युयोर्क राज्यमा दर्ता भई स्थापना भएको कृयाशील संस्था यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनले नेपाली विगत आठ वर्ष अघि देखि निरन्तर रुपमा मनाउँदै आएको तथ्य जग जाहेरै छ।विगतका वर्षहरुमा यस दिवसलाई मनाउन यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनले न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावास, American Alpine Club,Explorer Club of USA, New York City Outbound र United Sherpa Association जस्ता संस्थाहरु सँग सहकार्य गर्दै आएको कुरामा यहाँहरु नै साक्षी हुनुहुन्छ।
विश्व बिख्यात पर्वतारोहीहरुको साझा संस्था यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनको प्रमुख वार्षिक कार्यक्रम हो।यसरी बिश्वब्यापी रुपमा लोकप्रियता हासिल गरी स्थापित भैसकेको अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई नै ओझेल पार्ने दूषित मनसायले मेई २९ कै दिन पारेर केही तत्वहरुले कथित नेपाल दिवस मनाउनको लागि भित्र भित्रै षड्यन्त्र रच्दै गरेको अवस्था प्रति यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनको ध्यान आकर्षित भएको हो।आफु केही पनि गर्न नसक्ने अनि अरुले गरेको कामको बिरोध मात्र गर्ने एक झुण्डले वर्षौं पहिले देखि सगरमाथा दिवसको अस्तित्व मेट्नको लागि षड्यन्त्र गर्दै आईरहेको कुरा वल्ल पर्दाफास् हुँदैछ।तेन्जिङ् नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीको नाम समेत दुरुपयोग गरिएकोमा हाम्रो आपति छ।
न्युयोर्कमा कृयाशील प्रतिष्ठित नेपाली संघ संस्थाहरुलाई समेत यस्तो गम्भीर बिषयमा केही अतोपतो नदिई सरकारी निकायबाट स्विकृति लिन केही स्थानिय जनप्रतिनिधिहरुलाई पनि आँखामा छारो हाल्न सफल भएको कुरा विस्तारै खुल्दै छ।षड्यन्त्रको अन्तिम चरणमा नेपाली संघ संस्थाहरुलाई पनि मुछ्ने तयारी रहेको बारे संबन्धित सबैलाई सजग गराउन चाहन्छौँ।समग्र रुपमा विश्वभरका समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुको प्रतिस्ठा सँग गाँसिएको सगरमाथा दिवसको अस्तित्व मेट्ने दुरासयपूर्ण कदमको यू एस नेपाल क्लाईम्वर्स एसोसिएशन घोर भर्त्सना गर्दछ।मेई २९ सगरमाथा दिवस (Everest Day) हो।संसारभर छरिएर रहेका सम्पूर्ण स्वाभिमानी पर्वतारोहीहरुको शीर झुक्न नदिन यू एस नेपाल क्लाईम्वर्स एसोसिएशन कटिबद्ध रहनेछ।
यस्ता षड्यन्त्रकारी तत्वहरुको जाल देखि सावधान रहन संबन्धित सबैलाई यू एस नेपाल क्लाईम्वर्स एसोसिएशन पुन: सजग गराउन चाहन्छ।सिङ्गो नेपाली जातिको गौरव बनेको सगरमाथा दिवसको पहिचान मेट्न नदिन साथ र सहयोग लागि सम्पूर्ण संघ संस्थाहरु, पत्रकार, बुद्धिजीवि आम जन समुदाय समक्ष हामी बिनम्र अनुरोध गर्दछौं ।
पासाङ् शेर्पा मिङ्मार लामा
अध्यक्ष महासचिब
प्रतिक्रिया