एनआरएनए अफ्रिकाले रत्ननगर अस्पताललाई थप १५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

इनेप्लिज २०७८ जेठ १० गते ११:१३ मा प्रकाशित

रत्ननगर , चितवन । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत आज दोश्रो चरणमा चितवनको रत्ननगर टाडी अस्पताललाई थप १५ थान अक्सिजन सिलिन्डर ( सिलिन्डर खरिद सहित ) हस्तान्तरण गरिएको छ ।

रत्ननगर नगरपालिकाकि उपमेयर बिमला दुवाडीको उपस्थितिमा रत्ननगर अस्पतालका अध्यक्ष गोपाल कर्माचार्यलाई एनआरएनए सेसेल्सकी उपाध्यक्ष अनिता थापाले उक्त सिलिन्डरहरु हस्तान्तरण गर्नु भएको छ । समारोहमा अस्पतालका पुर्व अध्यक्ष देबेन्द्र कुमार श्रेष्ठलगाएत स्थानिय समाजसेवी र अस्पताल कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


उक्त १५ थान सिलिन्डर खरिदका लागि एनआरएनएका पुर्व अध्यक्ष जिवा लामिछाने , सचिव गौरी जोशी र एनआरएनए सेसेल्सको आर्थिक सहयोग रहेको छ ।

यस अघि गएको हप्ता हस्तान्तरण गरिएको १० थान सहित कुल २५ थान अक्सिजन सहितका सिलिन्डर सहयोग रत्ननगर अस्पताललाई भएको छ । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियानको चितवन संयोजन सेसेल्स अध्यक्ष रामप्रसाद पन्तले गरि रहेका छन ।

प्रतिक्रिया