भर्जिनियाको फ्रेडिक्सबर्ग शहरमा नेपाली रेस्टुरेन्ट ” हिमालयन हेरीटेज ” खुल्यो

इनेप्लिज २०७८ जेठ १० गते १०:३२ मा प्रकाशित

 

२४ मे २०२१ – अमेरिकामा नेपालीहरुको बाक्लो बस्ती रहेको भर्जिनियाको ऊड़ब्रिज नजिकै फ्रेडिक्सबर्ग शहरमा नेपाली रेस्टुरेन्ट हिमालयन हेरीटेज खुलेको छ।

 

राजधानी वाशिंगटन डिसीको प्रख्यात नेपाली रेस्टुरेन्ट हिमालयन हेरीटेजकै नाममा अर्को रेस्टुरेन्ट खोलिएको संचालक बिर बहादुर तामांगले बताए।नेवारी खाना सामे बजी ,छोएला कचिला ,बारा,वासा ,म:म लगायत स्वादिस्ट नेपाली खाना र ईन्डियन तथा कन्टिनेन्टल खाना समेत हिमालयन हेरीटेजमा पाईने छ।

नेपालीकै धर्म पुत्री फिलिपिनो मुलकी डिभाईन अल्गेरिया,सफल ब्यबसायी दुर्गालाल श्रेष्ठ र बिर बहादुर तामांग ३ जनाको साझेदारीमा खोलिएको उक्त रेस्टुरेन्टका संचालक तामांग वाशिंगटन डिसीको हिमालयन हेरीटेजको मालिक पनि हुन्।

नेपालको हालको मदेशी दल जसपाका अध्यक्ष उपेन्द्र यादब पररास्ट्र मंत्री हुँदा अमेरिका भ्रमणमा आउँदाखेरी तत्कालिन नेपाली राजदुत डा० सुरेशराज चालिसेले १५ बर्ष पहिले पररास्ट्र मंत्रीको हात बाट हिमालयन हेरीटेजको उद्घाटन गराएका थिए।

यही मे २३ तारिक आईतबार फ्रेडिक्सबर्ग – भर्जिनियामा रेस्टुरेन्टको शुरुवात गरिएको दिवा भोजमा तामाङ्ग सोशाईटी अफ् ग्रेटर वाशिंगटनकाअध्यक्ष उत्तर लामा लगायत भर्जिनियाका संघ,संस्थाका अध्यक्षहरु र भर्जिनियाको नेपाली समुदायका अगुवाहरु उपस्थित थिए।

हाईवे 95 र जेफर्सन डेभिस हाईवे रुट 1 बाट नजिकै रहेको
रेस्टुरेन्ट हिमालयन हेरीटेजको ठेगाना यहाँ छ :

10336 SPOTSYLVANIA Avenue
Fredericksburg , VA 22408

 

 

 

प्रतिक्रिया