भुतपुर्व र वर्तमान कार्यरत सेनाहरुलाई म राकेश कुमार शर्माको चिट्ठी

इनेप्लिज २०७८ जेठ ९ गते १२:५१ मा प्रकाशित

मुलुकको शक्ति नै सेना हो।यसकारण मुलुकमा अब तत्काल सैनिक शासन चाहिएको छ।मुलुक असफलता तर्फ गइरहेको अवस्था छ समयमा सेनाहरुको ध्यानाकर्षण होस।

सेनाहरु चुप किन ? सेनाहरु मुकदर्शक किन ? अब सेना आउ नेताहरूको शासन बाट पार लगाउनुपर्छ।अब सेना आउ नेताहरुको शासन बाट मुक्त गराउनुपर्छ।

सेनाहरु प्रजातान्त्रिक ढंगले कसरी अघि बढने भन्ने बारे म संग विस्तृत योजनाहरु र दीर्घकालीन दुरदर्शि सोच छ । कोरोना भाइरस संक्रमणको महामारीमा नेताहरूलाई सत्ताको लागि हानथाप र राजनीतिक गर्दैमा फुर्सद छैन । कोरोनाको महामारीमा जनताहरुको स्वास्थ्य सँग खेलवाड भइरहेकोे छ ।

सरकार र नेताहरूले आफुले केही गर्न नसके पनि मुलुकमा संकट परेको समयमा क-कसलाई परिचालन गर्नुपर्ने हो ? छिटो भन्दा छिटो औषधि र खोपहरु कसरी झिकाउने औषधि,खोपहरुको जिम्मा कसलाई दिने भन्ने बारे सरकार र नेताहरू संग कोरोना भाइरस संक्रमणको महामारीमा प्रभावकारी ठोस योजना नै छैन।जिम्मा दिइयो र जिम्मा लगाइयो भने कमिसन खान र कालोबजारी गर्न पाइन्न कि भन्ने मात्र चिन्ता छ ।

मुलुकमा दोस्रो चरणको कोरोना भाइरस संक्रमण फैलिएको डर र त्रासको अवस्था छ।मुलुक दोस्रो चरणको कोरोना भाइरस संक्रमण महामारीको संकटको समयमा नेताहरूको बीच सत्तालाई लिएर सत्ता स्वार्थ, खेल, मोहको झै झगडा सत्ता जोगाउने र ढाल्ने खेल भइरहेको छ।मुलुकको विगतको घटनाक्रम र हालको वर्तमान परिस्थिति बारे सेनाहरु स्वयंलाई नै थाहा छ कोही पनि सेनाहरु अनभिज्ञ हुनु होला जस्तो मलाई लाग्दैन।मुलुकमा राजनीतिकको आडमा घिन लाग्दो कार्य भएको अवस्था छ।नेताहरूले नाटकीय चित्रण प्रस्तुत गरिरहेका छन।सेनाहरुले पनि नेताहरूको नाटक मंचन र नाटकीय चित्रण हेरी रहनु भएको होला। सेनाहरु चुप किन ?

विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूले मुलुकलाई निकास दिन सकेनन।यसप्रकार नेताहरू असक्षम र असफल साबित भएका छन।मुलुकमा कोरोना भाइरस संक्रमणको महामारीमा दैनिक ज्यालादारी गरेर दिनदिनै गुजारा गर्नेहरुको लकडाउनमा कतिपयको घरहरूमा चुल्हो नबल्ने आदि इत्यादि अवस्था पनि छ।पहिलो चरणको कोरोना भाइरस संक्रमणमा पनि खाद्यान्न सामग्रीहरुमा व्यापक कालोबजारी र महँगी बढाइएको थियो।खाद्यान्न सामग्रीहरु र ग्यासहरु लुकाइएको थियो।दोस्रो चरणको लकडाउनमा सोही प्रक्रिया यथावत अपनाइएको छ।बिरामीहरु अस्पतालहरुमा समयमा भर्ना,उपचार,भेन्टिलेटर र अक्सिजन नपाएर मृत्यु भएको अवस्था छ । केही औषधि पसलेहरुले कोरोना भाइरस संक्रमणको नक्कली औषधिको बढी मुल्य लिएर बेच्ने गरेको कुराहरू पनि सुन्नमा आएको छ।मुलुकमा ल्याउने खोपहरुमा पनि कमिसनको कुरा आएको सुनिएको छ।मुलुकमा बिजोग छ बिजोग अवस्था ।सेनाहरु चुप किन ?

कोरोना भाइरस संक्रमण महामारीको भयावह र जटिल अवस्थामा नेताहरूको बीच सत्तालाई लिएर पटकपटक कहिले बालुवाटार त कहिले शेरबहादुर देउवा लगायतका नेताहरूको निवास,पार्टी कार्यालय,रिसोर्ट,पार्टी प्यालेस र सुविधा सम्पन्न होटलहरुमा बैठक बस्ने गरेकोछ।कोरोना संक्रमणको महामारीमा नेताहरुको मोजमस्ती छ।नेताहरूलाई सत्तामा भएको मजा बेग्लै छ।सत्तामा भएपछि सेवा सुविधाहरू थुप्रै लिन पाइन्छ,चाकरी पाइन्छ,रातदिन प्रहरी,सशस्त्र प्रहरी र सेनाहरुको सलाम खान पाइन्छ।मुलुकको ढुकुटीको साँचो आफ्नो हातमा हुन्छ।ढुकुटी रित्याउन पाइन्छ।अन्तर्राष्ट्रिय मुलुकहरू भ्रमण लगायतका सेवा सुविधाहरु उपलब्ध हुन्छ।

मुलुकमा कांग्रेस, कम्युनिस्ट र जसपा लगायतका दलको सरकार फेरबदल भएपनि के.पी.शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र पुष्पकमल दाहाल जोसुकै प्रधानमन्त्री बनेपनि मुलुकले यिनीहरू बाट निकास पाउने छैन ढुक्क हुनुहोस । नेताहरूको आजसम्मको क्रियाकलाप र नाटक मंचन देखि सकियो । नेताहरूको लागेको बानी कहाँ हराउँछ र ? सरकार फेरबदल र परिवर्तन भएता पनि फेरि फेरि केही समय पश्चात नेताहरुको नाटक मंचनको प्रक्रिया शुरुआत हुनेछ भन्ने कुरामा म विश्वस्त छु । मुलुकले नेताहरूबाट सहजै निकास पाउने अवस्था देखिदैन । यसकारण अब मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता छ ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र भारत, अमेरिका, चीन र रुस लगायतका मुलुकलाई भनिन्छ । हाम्रो मुलुकमा नेताहरूले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा लुटने मात्र काम गरे।संघीयता भारत,अमेरिका,चीन र रुस लगायतका विशाल मुलुकको लागि ठिक छ।हाम्रो मुलुक बिहार राज्यको पटना जत्रो सानो छ।हाम्रो मुलुकको लागि संघीयता अफाब छ।संघीयताले मुलुकको भार थेग्न सक्ने अवस्था छैन।

विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ।नेताहरूले मुलुकलाई निकास दिन सकेनन।मुलुक दिन प्रतिदिन असफलता तर्फ गइरहेको छ।मुलुक दुर्घटनामा पर्न गयो भने सबैजना पर्ने हो यो कुरालाई सेनाहरुले पनि मनन गर्नुपर्ने हुन्छ।यसकारण मेरो भनाइहरु तर्फ सेनाहरुको ध्यानाकर्षण होस अनुरोध छ।

सोमालिया,अफगानिस्तान,सिरिया,सुडान,हाइटी र रुवाणडा मुलुकहरू के कति कारणले द्वन्द्वग्रस्त र द्वन्द्वमा पर्न गएको हो त्यतातिर पनि सेनाहरुको ध्यानाकर्षण र विश्लेषण हुन आवश्यक छ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।

प्रतिक्रिया