आकाशमा हेलिकोप्टर उड्दा आधा परान जाला जस्तो हुन्छ

वीरेन्द्र रावल २०७८ जेठ ९ गते १:३५ मा प्रकाशित

 


कोरोना संक्रमित भएर धनगढीको सेती प्रादेशिक अस्पतालको आईसोलेशनमा उपचारका लागि भर्ना भएका धनगढी ३ का एक जना कोरोना संक्रमित बिरामी परेको १४ दिनपछि कोरोना जितेर घर फर्किए।

कोरोना संक्रमितले भरि भराउ आईसोलेशन वार्डमा उनी संगै उपचाररत संक्रमित मध्ये दैनिक ५ देखि ७ जनाको मृत्यु भएको देख्दा आफ्नो पालो पनि आउनेनै त होलानी भनेर मृत्यु पर्खिने गरेको उनले आफ्नो अनुभव सुनाए।
बोल्दै गरेका संक्रमित भोली पल्ट प्लाष्टिकले बेरेर लैजाने गरेको देखेका उनले सुनाए यहाँ त उपचार भन्दा पनि मृत्युवरण गराउन ल्याईन्छकी जस्तो आभाष हुने गर्दथ्यो।

धनगढी ५ कै अर्का संक्रमितले कोरोना जितेर फर्किसके पछि आईसोलेशनको भोगाई सुनाए :आकाशमा हेलिकोप्टरको आवाज आउने वित्तिकै मनमा निकै त्रास उत्पन्न हुने गर्दथ्यो।आईसोलेशन भित्रै मानिसहरु मरेको देख्दा त झनै आधा शरिर भए जस्तो भान हुन्थ्यो।दैनिक ५ देखि ७ जनाको शब पोको पारेर लगेको आँखा अगाडी देख्दाको पिडा निकै दर्दनाक र आत्म चुडिने खालको हुने गरेको अनुभूति उनले सुनाए।

स्वास्थ्यस्थिती कम बिग्रेका र अतिनै बिग्रेका मानिसहरु एउटै वार्डमा राखिदा उपचारले पनि बाँच्न सक्ने र एक दुई हप्तामै कोरोना जितेर जानेखालका संक्रमितका लागि भने आईसोलेशन मृत्युदण्ड दिने घरपो होकी भन्ने मनमा आभाष भैरहने तीं व्यक्तिको अनुभुति रहेको छ।

सेती प्रादेशिक अस्पतालको आईसोलेशन निर्माण गरिएको भवनको २० मिटर नजिकै पश्चिम पट्टी रंगशालामा बनाइएको हेलिप्याडमा हेलिकोप्टर दिनमा दुई तिन पटक ल्याण्ड हुने र उड्ने गरेको र त्यसको आवाज टिनले छाएको आईसोलेशन वार्डमा उपचाररत विरामीको काँनमा आवाज सोझै पर्ने गरेका कारण पनि विरामीहरुको मनमा एकखालको त्रासको वातावरण सृजना हुने गरेको अनुभव कोरोना जितेर घर फर्किएकाहरुको रहेको छ।

कोरोनालाई जितेर घर फर्किएका अधिकाँश मानिसहरुको अनुभव रहेको छ कि आईसोलेशनमा उपचाररत मानिसहरु मध्ये ४० प्रतिशतको मृत्यु कमजोर मुटु र आत्म बल कम भएरनै हुनु पर्दछ।कोरोना संक्रमित मरेको देख्दा,घर परिवारका सदस्य संगै उपचाररत रहेको अवस्थामा एकले अर्कोलाई भौतिक रुपले नदेख्दा र मनमा सान्त्वना दिने मानिसहरुको कमि भएका कारण पनि कतिपयले ज्यान गुमाउनु परेको होकी भन्ने भनाई कोरोनालाई पराजित गरेर घर फर्किएकाहरुको भनाई रहेको छ।

स्वास्थ्यकर्मी,आफन्तको उचित सान्त्वना नपाएर पनि कतिपय मानिसहरु निकै आत्तिने गरेको अनुभूतिपनि कोरोना जित्नेहरुको रहेको छ।विरामले निकै च्यापि सकेको अवस्थामा श्वास प्रश्वासमा समस्या देखा परेका कतिपय मानिसहरु उपचारका लागि विभिन्न अस्पताल धाउँदा धाउँदा अक्शिजन र बेड नपाएर बल्ल तल्ल आइसोलेशनमा पुगाइएकाहरुको अस्पताल चाहार्दा चाहार्दै मनोबल कमजोर भैसकेको हुनाले पनि आईसोलेशनमा पुगाई सकेपनि मृत्यु भएका घटनाहरु रहेको पनि कोरोना जित्नेहरुको अनुभूति रहेको छ।

कोरोनाका लक्षणहरु देखा पर्ने वित्तिकै चेक जाँच नगर्ने,पुराना रोगबाट ग्रसित वा अन्य मुटु र श्वास प्रश्वास सम्बन्धी समस्या भएका मानिसहरुको पनि उपचारकाक्रममा मृत्यु हुनेगरेको स्वास्थ्यकर्मिहरुको भनाई रहेको छ।

मानिसहरुलाई कोरोनाको संक्रमण देखा पर्ने वित्तिकै ४० देखि ५० प्रतिशतजति मनोबल हवात्तै घटेर जाने,अस्पतालमा बेड नपाएर वा अक्शिजन नपाएको खण्डमा ज्यानै पो जाने होकी भन्ने आशंका विरामीको मनमा पस्ने,आफन्तले अस्पताल चार्हादा चाहार्दा बेड नपाएको,बेड पाए पनि अक्शिजन नपाएको, आफन्तले हार गुहार गरेका दृष्यहरु स्वयं विरामीले प्रत्यक्ष रुपले देख्ने र सुन्ने गरेका कारण पनि विरामीको अवस्था निकै चिन्ताजनक हुने गरेको समेत पाइएको छ।

विरामीलाई सान्त वातावरणमा तत्काल राख्न सक्ने, प्राथामिक रुपले उपचारहरुको शुरुवात गर्ने र स्वयं आफन्त र स्वास्थ्यकर्मीले स्वास्थ्य मापदण्ड अपनाउँदै विरामीलाई सान्त्वना दिने खालका कार्यहरुलाई साथ साथै लैजान नसकेका कारण पनि विरामीको उपचारमा समस्या देखा पर्ने गरेको पाइएको छ।

कैलालीको चुरे गाउँपालिका वडानम्बर ४ का एकजना शाह थरका अधवैंशे व्यक्ति एक साता पहिले आफ्नो पत्नीलाई कारोनाको लक्षण देखा परेपछि सेती प्रादेशिक अस्पतालमा पिसिआर चेक गर्न ल्याए।उनको श्रीमतिलाई कोरोना पोजेटिभ देखियो।आफन्त र डाक्टरको सल्लाह बमोजिम उनलेपनि आफ्नो पिसिआर जाँच गर्न लगाए।दुई दिनमाउनको पनि कोरोना पोजेटिभ देखियो। आफन्तको सल्लाहा अनुसार पछि अक्शिजन र बेड नपाउन सक्छ अहिले खाली भएको बेलामा अस्पतालमै भर्ना भएर सन्चो भएर जाँदा हुन्छ भनेपनि तीं दुवै दम्पति सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भए।भर्ना भएको भोली पल्टनै तीं पुरुषको मृत्यु भयो।पुरुषको भन्दा पनि महिलाको अवस्था निकै कमजोर भएको अवस्थामा लक्ष्णनै नदेखिएका पुरुषको मृत्यु भयो भने उनकी श्रीमतिको हाल उपचार भैरहेको छ।

यस घटनाले के देखायो भने तीं पुरुषको मृत्यु रोग भन्दा पनि बढी चिन्ता र कमजोर मनोबलका कारण भएको हुन सक्ने स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।
अस्पतालमा उपचारका लागि आउने विभिन्न प्रकृतिका लक्षण देखि लिएर शारिरीक अवस्था भएका मानिसहरु मध्ये पत्याउनै नसकिने मानिसहरुको अकाल्मै ज्यान गैरहेको पनि छ।

कोरोनाका लक्षणहरु देखा पर्ने वित्तिकै तत्काल पिसिआर चेक जाँच गर्ने, विरामीको अवस्था के कस्तो छ र कुन अवस्थाको विरामीलाई होम आईसोलेशनमा बस्न सघाउने र कस्तो अवस्थाको विरामीलाई अस्पताल भर्ना गर्ने हो भन्ने बारेमा जनस्वास्थ्य कार्यालय देखि लिएर स्वास्थ्यसंग सरोकार राख्ने निकायले विरामीको अवस्था अनुसारको उपचार प्रणालीलाई लागु गर्ने दिसामा ध्यान दिन नसक्नुलेपनि विरामीहरुको अवस्था विग्रने र ज्यानै जाने सम्मको खतराहरु मोल्नु परिरहेको देखिन्छ।

होम आईसोलेशनमा बस्दा अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड,खानपान,औषधी उपचारमा कुन कुन औषधी चलाउने वा नचलाउने,के खाने के नखाने जस्ता उपायहरुका बारेमा पनि परार्म नहुने गरेका कारण पनि होम आईसोलेशनमा बसेका मानिसहरु मध्य पनि कतिपयको अवस्था बिग्रीएर अन्तिम अवस्थामा अस्पताल पुगाईनाले पनि मृत्यु भएका थुप्रै घटनाहरु रहेका छन्।

यो त भयो सेती प्रादेशिक अस्पताल धनगढी लगायत कैलाली,कञ्चनपुर लगायतका स्थानमा कोरोना संक्रमितहरुले भोग्नुपरेका समस्या र यर्थातताहरु। देशका सबै स्थानमा पनि अधिकाँश विरामीहरुको अवस्था लगभग मिल्दो जुल्दो भएका कारणले रोग भन्दा पनि शोक र चिन्ताले कोरोना संक्रमितहरुले ज्यान गुमाउनु पर्ने अवस्थालाई न्युनिकरण गर्ने दिसामा राज्यले प्रभावकारी कार्यक्रमहरु तत्काल अघि सार्ने बिषयमा गम्भीरतापूर्वक सोच विचार पुगाउन जरुरी देखिन्छ।

-वीरेन्द्र रावल

९८५८४२०६४३

 

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया