महामारी संकटको बेला देशलाई दुर्घटनामा धकेल्ने अपराधलाई जनताले क्षमा गर्ने छैनन्- पूर्वराजा शाह

इनेप्लिज २०७८ जेठ ८ गते ११:१४ मा प्रकाशित

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले महामारी संकटको अवस्थामा सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्प धकेल्ने शासक र उनका मतियारको अपराधिक कार्यको जनताले माफ नगर्ने बताएका छ।

प्रतिनिधि सभा विघटन गरि मध्यावधी निर्वाचनमा लग्ने कार्य प्रति असन्तुष्टि जनाउँदै पूर्व राजा शाहले त्यसको विरोध जनाएका हुन् । शनिबार ट्विट गर्दै शाहले लेखेका छन,यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्।

प्रतिनिधि सभा विघटन गरेको भन्दै एमाले माधव गुट र विपक्षी नेताहरुले समेत विरोध जनाएका छन् ।

प्रतिक्रिया