नेपाली कांग्रेस द्वारा आपूर्ति तथा उपभोक्ता विभाग विस्तार

बेद प्रसाद घिमिरे २०८१ वैशाख २४ गते १०:१९ मा प्रकाशित

नेपाली कांग्रेसले गुरू बरालको नेतृत्वमा रहेको आपूर्ति तथा उपभोक्ता विभागलाई विस्तार गरेको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाले विभागमा १० जना सदस्य मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

मनोनयन हुनेहरूमा फुलकुमार लालवाणी (मोरङ), मनोहरि तिवारी (काठमाडौं), पद्मबहादुर रावल (मुगु) रहेका छन् । यस्तै, विभागमा प्रेमलाल महर्जन (ललितपुर), देविका नेपाली (दाङ), किरण भगत (सप्तरी), महेन्द्र काफ्ले (तेह्रथुम), निर्मला सुवेदी (रौतहट), तपेन्द्रबहादुर शाह (अछाम) र माधव तिमिल्सिना (काठमाडौं) लाई मनोनयन गरेका हुन्

प्रतिक्रिया