मध्यरातमा संसद विघटन हुनु संविधान र लोकतन्त्रमाथिको प्रहार:सुजाता कोइराला

इनेप्लिज २०७८ जेठ ८ गते १०:१३ मा प्रकाशित

अच्युत रेग्मी,काठमाडौँ, ८ जेठ।नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मध्यरातमा संसद विघटन हुनु संविधान र लोकतन्त्रमाथिको प्रहार भएको बतानुभएको छ।

पूर्व उपप्रधानमन्त्री कोइरालाले आज एक विज्ञप्ती जारी गरी देश र जनता कोरोना महामारीको पिडाबाट छटपटाइरहेको अवस्थामा प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संसद भंग गरेर मध्यावधि चुनावको मिति तोक्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको हो।

“सरकारले मध्यरातमा गरेको निर्णय लामो संघर्ष र वलिदानीबाट प्राप्त लोकतन्त्र र संविधानमाथिको ठाडो प्रहार हो,”– नेत्री कोइरालाले भन्नुभयो । संविधानको रक्षा र पालना गर्ने संस्थाबाटै बारम्बार संविधान मास्ने खेल हुनु दुःखद भएको उहाँको भनाई छ।

नेत्री कोइरालाले कोरोना महामारीको समयमा निर्वाचन सम्भव नभएको भन्दै यसले देशलाई अस्थिरता र द्धन्द्धमा लैजान लागेको बताउनुभएको छ। संविधानप्रतिको प्रहारको उहाँले घोर भत्र्सना तथा निन्दा समेत गर्नुभएको छ।

 

प्रतिक्रिया