जनताहरु आफुले रोजेको,खोजेको,भोट दिएको र मनपराएको नेताहरू नै भेटाएका छन।भुकम्पको समयमा राहत,त्रिपाल,जस्ता पाता लगायतका सामग्रीमा लुटने नेताहरू,कोरोना भाइरस संक्रमणको महामारीमा अक्सिजन लुकाएर राख्ने नेताहरू।अक्सिजन,खोप,औषधिहरुमा कमिसन खाने,कालोबजारी लगायतका कार्यहरू गर्ने नेताहरू,लास गन्ने नेताहरू र कोरोना भाइरस संक्रमण महामारीको भयावह अवस्थामा सत्ता जोगाउन,ढाल्न हानथाप गर्ने नेताहरू यसकारणले एक हिसाबले मुलुकमा नेताहरूबाट जे जे कार्यहरू भइ रहेको छ ठिकै पनि भएको छ।जनताहरुले रोपेको बिरुवाको फल जनताहरुले नखाए खान्छ कसले ?
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।
प्रतिक्रिया