नेपालमा एकैदिनमा ७,३६८ जनामा कोरोनाबाट संक्रमित ,१४५ जनाको मृत्यु

इनेप्लिज २०७८ जेठ २ गते ११:०६ मा प्रकाशित

नेपालमा एकै दिनमा कोरोना भाइरस(बिषाणु)बाट ७ हाजर ३ सय ६८ जना सक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

पीसीआर विधिबाट ७ हजार ३ सय १६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

डा गौतमका अनुसार काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २ सय ९२, ललितपुरमा ४ सय ३६ र काठमाडौंमा १ हजार ८ सय ८१ गरी जम्मा २ हजार ६ सय ९ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।

यस्तै आज संक्रमणका कारण १ सय ४५ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया