एमाले भित्रको बिबाद मिलाउन १० सदस्यीय कार्यदल बन्यो

टंक पन्त २०७८ जेठ २ गते १०:१५ मा प्रकाशित

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधबकुमार नेपालबीच पार्टी भित्रको समस्या समाधान गर्ने उद्धेश्यले भेटबार्ता भएको छ । सिहदरबारमा आइतबार भएको भेटबार्ताबाट १० सदस्यीय कार्यदल बनाउने निर्णय भएको छ।सो कार्यदलमा पार्टी अध्यक्षको तर्फबाट सुवास नेम्बाङ, बिष्णु पौडेल , प्रदिप ज्ञवाली , शंकर पोख्रेल र बिष्णु रिमाल रहनुभएको छ।

बरिष्ठ नेता नेपालका तर्फबाट भीम रावल ,घनश्याम भुसाल , सुरेन्द्र पाण्डे , गोकर्ण बिष्ट र रघुजी पन्त रहनुभएको छ। बरिष्ठ नेता नेपालले पार्टीलाई जेठ २ कै संरचनामा लैजानुपर्ने अडान राख्दै आउनुभएको छ। उहाले सोही संरचना अनुसार कार्यदलले सहमतिको खाका बनाउने गरी अध्यक्ष ओलीसंग कुरा भएको बताउनुभएको छ।

सो कार्यदललाई तीन दिनको समय दिइएको छ । तीन दिनको समय अपुग भएका समय थप गर्न पनि सकिने छ।प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको समस्या समाधान हुने बताउनुभएको छ।बरिष्ठ नेता नेपालसंगको बार्तापछि प्रधानमन्त्री ओलीले समस्या समाधानको खाका कार्यदलले बनाउने बिश्वास ब्यक्त गर्नुभएको छ।

पार्टी अध्यक्ष ओलीलाई आफना तर्फबाट कार्यदलमा माओबादीबाट प्रबेश गरेकामध्येबाट टोपबहादुर रायमाझीलाई कार्यदलमा राख्न ओली पक्षका केही नेताले सुझाएका थिए तर बरिष्ठ नेता नेपाल पक्षले उहाहरु पार्टीमा आउनु स्वागतयोग्य कुरा हो तर जेठ २ को अबस्थामा एमालेले उहांहरुलाई नचिन्ने भएकोले त्यो संभब नभएको बताएको थियो।

शुक्रबार भएको अध्यक्ष ओली र बरिष्ठ नेपाल पक्षको भेटबार्तामा ओलीले माओबादीबाट पार्टी प्रबेश गरेका रामबहादुर थापा बादललाई पनि सहभागी गराएपछि बरिष्ठ नेता नेपाल पक्षले आपत्ति जनाएको थियो। त्यसअघि नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपाल पक्षीय केन्द्रिय समितिका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले सत्ता बचाउन अनेक आशा देखाउन सक्छन त्यसैले अझै भर पर्ने स्थिति नआएको बताएका छन।

शुक्रबार देखि जारी रहेको भर्चुवल बैठकमा बोल्ने अधिकांश केन्द्रिय सदस्यहरुले अध्यक्ष ओलीले अहिले पनि धोका दिन सक्छन त्यसैले ०७५ जेठ २ को अबस्थामा फर्किने ग्यारेण्टी भएमा मात्रै मिल्ने स्थिति आउने धारणा राखेका छन।

बोल्ने ४० जना केन्द्रिय सदस्य मध्ये धेरैले गंभीर भएर निर्णयमा जान र कार्यदलमा बस्ने साथीहरुले पार्टीको भावानालाई ध्यान दिएर सहमतिको खाका बनाउन सुझाब दिएको एक केन्द्रीय सदस्यले इनेप्लिजलाई बताएका छन।

प्रतिक्रिया