नेपालमा एकै दिनमा १८७ जना कोरोना संक्रमितको मृत्यु,८१६७ जना संक्रमित

इनेप्लिज २०७८ जेठ १ गते १२:३७ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरि थप १ सय ८७ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । यससँगै कुल मृतकको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टाको अवधीमा ८ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । १८ हजार ५ सय ४८ जनाको परीक्षण गर्दा ८ हाजर १ सय ६७ जनामा संक्रमण पुष्टि भएको हाे ।

आज भक्तपुरमा ३४७, ललितपुरमा ४४४ र काठमाडौंमा २१४६ गरी उपत्यकामा २९३७ जना नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका ८,१६७ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ५,४५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५,४५५ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ । हालसम्म निको हुनेको यो दर ७४.४ प्रतिशत हो ।

प्रतिक्रिया