पछिल्लो २४ घण्टामा थप २२४ जना कोरोना संक्रमितको मृत्यु

इनेप्लिज २०७८ वैशाख ३० गते १५:०५ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै बिहिबार थप ८ हजार ८४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार १९ हजार ४७४ पीसीआर परीक्षणबाट ८ हजार ८४२ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट गरिएको ७७१ नमुना परीक्षणमा ११८ जनामा पोजिटिभ देखिएको छ । त्यस्तै आज हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया