मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुरास्ट) को प्रेस वक्तव्य

इनेप्लिज २०७८ वैशाख ३० गते १४:०२ मा प्रकाशित

मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट)ले उपचारको ब्यबस्था सहित नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

काहुराष्टकी महासचिव मीना शर्माद्वारा जारी गरिएको बिज्ञप्तिमा कोरोना (कोभिड १९) का कारण मुलुक अत्यन्त संकटपूर्ण अवस्थामा पुगेको र नागरीकहरु उपचारका लागि अस्पतालसम्म पुग्न पाएका छ्रैनन् भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै कोभिड-१९ को उपचारको लागि अस्पताल पुगेका पनि उपचार पाउन नसकी अकालमा ज्यान गुमाउनु परेको छ बिज्ञप्ति मार्फत जानाकारी गराएको छ । रोजीरोटीका लागि दैनिक मजदुरी नगरि नहुने नागरिकको अवस्था हेरी उनीहरुको ब्यबस्थापन गर्न, सरकारका सबै संयन्त्र प्रयोग गरी अस्पताल, अक्सिजन
उपचारको ब्यबस्था गर्न माग राखेको छ ।

बिज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै :

मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुरास्ट) ले प्रेस वक्तव्य

कोरोना (कोभिड १९) का कारण मुलुक अत्यन्त संकटपूर्ण अवस्थामा पुगेको छ । नागरीकहरु उपचारका लागि अस्पतालसम्म पुग्न पाएका छ्रैनन् भने पुगेका पनि उपचार पाउन नसकी अकालमा ज्यान गुमाउनु परेको छ ।

अस्पतालहरुले अक्सिजन अभावका कारण बिरामी भर्ना गर्न मानिरहेका छैनन् र भर्ना भएकालाई जबर्जस्ती डिस्चार्ज गर्न थालेका समाचार बढिरहेका छन । अक्सिजन खोज्दै बिरामीको आफन्त नै भौतारिँदै हिड्नु परेको घटनाले सबैलाई थप चिन्तीत बनाएको छ ।

बढ्दो मुत्यु संख्या संगैको भयावह अवस्थाप्रति मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान, (काहुरास्ट) नेपाल दुखित बनेको छ ।

विश्वमा कोभिड १९ को दोस्रो लहर बढ्दै जाँदा र छिमेकी देशमा यसको प्रभाव बढ्दा समेत राज्यले सहि रुपमा पूर्वतयारी नगरी बस्दा नै आज यो कहाली लाग्दो स्थिति सिर्जना भएको हो भन्ने हामीलाई लागेको छ । समस्या निम्तिइ सकेपछि पनि राज्यले आफ्नो दायित्व पुरा गर्नु भन्दा राजनैतिक काममा बढि ध्यान दिएको अनुभूति पनि हामीले गरेका छौं । नागरिकप्रतिको कर्तव्यबाट सरकार विमुख रहनु दुखद् पक्ष हो ।

संकटपूर्ण अवस्थामा पनि औषधीजन्य सामान आयात तथा बिक्री वितरणमा भ्रष्टाचार भएको, औषधीहरुमा १० औँ गुना बढी मूल्य लिने गरेको अस्पतालहरुले चर्को शुल्क लिने गरेको जस्ता बेथितिमा पनि राज्य गैरजिम्मेवार बनिरहेको अवस्थाले सरकार नागरिकप्रति जिम्मेवार नभएको स्पष्ट हुन्छ ।

रोजीरोटीका लागि दैनिक मजदुरी नगरि नहुने नागरिकको अवस्था हेरी उनीहरुको ब्यबस्थापन गर्न, सरकारका सबै संयन्त्र प्रयोग गरी अस्पताल, अक्सिजन तथा उपचारको ब्यबस्था सहित नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्न काहुराष्ट नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

मीना शर्मा
महासचिव

प्रतिक्रिया