राजसंस्था रहेको भए कोरोनाको महामारीमा जनताहरुलाई तडपिएर मर्नु पर्दैन थियो

इनेप्लिज २०७८ वैशाख ३० गते ८:५५ मा प्रकाशित

मुलुकमा राजसंस्था राजाको शासनकाल रहेकोे भए कोरोना भाइरस संक्रमणको महामारीमा वातावरण धेरै सहज हुन्थ्यो।कोरोना भाइरस संक्रमणको महामारीमा राजालाई औषधिहरुमा भ्रष्टाचार र खोपहरुमा कमिसनको चलखेल गरिराख्नु पर्दैन थियो।

मुलुकमा राजा भइ दिएको भए अन्तर्राष्ट्रिय मुलुकहरुबाट कोरोना भाइरस संक्रमणको खोप (भ्याक्सिन) र अक्सिजन ल्याउन कुनै पनि समस्या हुँदैन थियो।

सहज ढंगले भ्याक्सिन र अक्सिजनहरु आपूर्ति हुन्थ्यो, कालोबजारी हुने थिएन महँगी नियन्त्रण हुन्थ्यो।यसरी जनताहरुलाई तडपिएर मर्नु पर्दैन थियो।राजा भएको भए कोरोना संक्रमण महामारीको जटिल अवस्थामा सत्ता जोगाउने र ढाल्ने खेल हुँदैन थियो।

राजा भएको भए कोरोना संक्रमणको महामारीमा राजाले लागे सम्म आफ्नो प्रजालाई बचाउन हर उपाय,हर कोशिस र मेहनत गर्नु हुने थियो।कर तिर्नु पर्दैन थियो।

हाम्रो मुलुकको जनताहरुले राजाको महत्त्वलाई बुझ्न सकेन। जनताहरुले नेताहरू कस्तो पाए भने कात्रो सम्म बेचेर खाने यो भन्दा दु:खद अवस्था के नै हुन सक्छ।

पहिले मुलुकमा एउटा मात्र राजा हुनु हुन्थ्यो।अहिले मुलुकमा हजारौं राजा छन। अहिलेका हजारौं राजाहरु लुटनमा व्यस्त छन।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया