प्रायजसो सुनिन्छ /भनिन्छ राजनीति समाज कै लागि गर्ने हो । राजनीतिबाट प्राप्त उर्जा समाजसेवाकै लागि अर्पण गर्ने हो । यसरी हेर्दा समाज र राजनीति छुट्टा छुट्टै रहनै सक्दैन । अर्थात जहाँ समाज हुन्छ त्यहाँ राजनीति स्वत: आइ हाल्छ ।
त्यसो त हेर्दा समाज र राजनीति बीच सकारात्मक सम्बन्ध देखिन्छ । तर के आज भोली देखिएको राजनीति त्यति सरल ? त्यति शुद्धता छ त ?
नेपालको पछिल्लो राजनीति विचलन हेर्ने हो भने के विद्यमान राजनीतिकर्मीहरूले राजनैतिक धर्म? सामाजिक धर्म ? पालना गरेका छन् त ?
विश्वव्यापी रूपमा फैलिएको प्राण घातक कोरोनाको प्रकोपको दोस्रो लहरले राजधानी लगायत तराइका केही जिल्लाहरू आक्रान्त बनेका समाचारहरू बाहिर आइ रहेका ।
मानब जीवन अक्सिजन अभाबका कारण एक मुठी स्वास फेर्नका लागि तड्पिरहेको देखिन्छ । सरकारीको त कुरै छोडौं निजी अस्पतालहरू समेत स्वास्थ्य सामाग्री एबं आबश्यक जनशक्तिकोअभावमा कोभिड संक्रमण बिरामीलाई सेवा दिन असमर्थ भएका छन् । निजी तथा सरकारी सबै अस्पतालहरु बिरामीले भरि भराउ भएका छन् ।
सामान्य लापरवाही हुनासाथ बिरामी त कुरै छाडौ स्वयम् स्वास्थ्यकर्मीहरु समेत यो कहरबाट बच्न नसक्ने हुँदा यो असजिलो परिस्थितिमा देशका सबै तह र तप्काका व्यक्ति ,समाज र समुदायको समन्वय हुनु अत्यन्तै जरुरी देखिन्छ । यस्तो अवस्थामा देश ,जनता अनि समाजका लागि राजनीति गर्नेहरु आज गिद्धे शैलीमा सत्ता समीकरणको भाग बन्डामा दार उद्दाएर कसाइ बनेको देख्दा राजनीति प्रति नै वितृष्णा पैदा भएको देखिन्छ ।
जनता अस्पतालको पेटीमा एउटा बेड र एक मुठ्ठी अक्सिजनको लागि तड्पिरहेछ । रोग संक्रमित पिडित बिरामी अस्पताल जाने आसामा एम्बुलेन्सको पर्खाइमा पल पल स्वास फेर्दै रुगी रहेको छ ।कठै बरा ! मेरो देशका शासकका ठेकेदार हरु हो ! तिमीहरू विश्वास र अविश्वासको बागचाल खेल्दैछौ ?
बहुमत पुर्याउने वा नपुर्याउने खेलमा दौडेका तिमीहरु कसैमा पनि समाज र जनता प्रतिको सम्मान देख्न सकिएन ।
राजनीतिक रुपमा त असफल थियौ/ थियौ । सामाजिक र मानबिय रुपमा पनि कलंकित भयौ । घरबाट बाहिर निस्कन नसक्ने यो अबस्थामा सत्ता समिकरणको साँचो घुमाउने दाउमा रहेका सबैदल र त्यसमा आबद्द राजनीति कर्मीले लज्जा बोध गर्नु पर्ने अवस्था हो, यो। सडक पेटीमा छटपट्टी रहेका बिरामी आत्मालाई एक चोटी सम्झेर हेर । मानबिय मूल्य बचाउन तिमीले के गर्यौ ?
सत्ता पक्षको साँचो लिएका नेकपा अध्यक्ष हुँदै समय बेगले पुन: नेकपा एमाले अध्यक्ष बन्न पुगेका प्रधानमन्त्री के.पी.शर्मा ओली हुन् या ने.का.का सभापति शेर बहादुर देउवा वा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ।
कसैले पनि आफ्नो सामाजिक धर्म पुरा गरेनन् भन्दा अतिशयोक्ति नहोला ।
भलै सत्ता पक्षले देखाएको अहम दम्भको प्रतिकारात्मक जवाफ थियो होला । अबिश्वाशको प्रस्तावको सामना । तर कोही प्रतिपक्षले यो समय यो कुरामा बहस /खर्च गर्ने होइन भन्ने सुनिएन। बरु सत्ता समीकरणको चाबी कसरी पार्ने अंक गणितमा नै सोच मग्न भएको पाइन्छ । उता आफ्नै दलीय हुइम नाघेर सत्ता अल्प मतमा पारेका पुर्व प्र. म. हरू माधव/झलनाथले यो दोस्रो खुसीको लड्डु फेरि खाने होलान् । भलै पहिलो खुशीको केक र लड्डुको डंकार राजनीति बृतमा अझै सेलाएको छैन् ।
युगका गेस पेपर बन्ने आश गरेका योगेश देखि अन्तिम किनारा सम्म आश गरिएका भुसालहरुको आ- आफ्नै दाबी होला । यूवा फरक धारमा उदाएकी झाँक्री र जन आन्दोलनमा रक्ताम्य उनको केश देखी रावलको रोधन लडाई हुदैं एमसीसी ब्रिफकेस सम्म आउँदाको कति पानीमा भए एक दिन इतिहाँसले पक्कै लेख्ने छ ।
नयाँ ढाँचामा दलीय हुइप नलाग्ने निर्णय गराएका जसपाका नेतागणको नागों नाँच पनि कम आश्चर्यको देखिएन । धुर्त स्यालले बाघ र बदेलको लडाइमा दुवै मामाको पक्षमा ताली ठोके जस्तै देखिएको राजनैतिक नाँचलाई नेपाली जनताले कसरी मुल्यांकन गर्लान् आगामी दिनले पक्कै देखाउला ।
सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसके पछि उनी पदमुक्त भएका छन् । विश्वासको मत लिन नसकेको जानकारी संसद् सचिवालयले गराए लगत्तै राष्ट्रपतिभण्डारीले संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।
प्रधानमन्त्री ओली संसद्मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका मुख्य नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका थिए ।
प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको घोषणा सभामुख अग्नी सापकोटाले गरेका हुन्। विश्वास प्राप्त गर्न ओलीलाई १३६ मत आवश्यक थियो। तर ओलीले जम्मा ९३ मत पाएकाछन्। उनको विपक्षमा १२४ मत परेको छ। त्यस्तै मत दिन्न भन्ने वा तटस्थमा १५ मत परेको संसदमा जम्मा २३२ सांसद उपस्थित थिए।
प्रतिपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र जसपा लगायतले ओलीलाई विश्वासको मत दिएनन्। एमालेकै माधव नेपाल पक्षका सांसदहरू पनि संसदमा अनुपस्थित भएर विश्वासको मत लिने ओलीको कदमलाई अहयोग गरेका छन्।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कामय छन्। यो अंकगणित अनुसार सरकारका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ ( २ निलम्बित ) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्।
निष्कर्ष : के अब बैकल्पिक सरकार बन्ला त ? राष्ट्रपतिको आह्वान अनुसार संविधान धारा ७६को उपधारा (२) अनुसार नयाँ सरकार गठन होला त ? कि विगतमा जस्तै माधब कुमार नेपालको १९ महिने काम चलाउ सरकार कै निरन्तरता होला ?
के बैकल्पिक सरकार तुरुन्तै दिन संसद सफल होला ? यी र यस्तै राजनैतिक जोड घटाउका उत्तरहरूका लागि आगामी केही दिन कुर्ने पर्नेछ ।
सरसर्ती हेर्दा त्यति सहजै बैकल्पिक सरकारको संभावना देखिदैन् । जसपाको दोहोरो चरित्र अनि एमाले भित्र फ्लोर क्रस पछिको अबको अवस्था कसरी विकास हुन्छ ? त्यसले वैकल्पिक सरकार सहजै बन्ने वा नबन्ने निर्णायक हुनेछ ।
तथापि दुइ तिहाइ बहुमत नजिक रहेको नेकपा बिबादित हुदैँ दल खारेजी सम्म पुगेर अत्यमा ओली सरकार बहिर्गमनको ढोका खुले पनि अझै केही प्राविधिक कारणबाट यही सरकारको निरन्तरता नहोला भन्न सकिदैन् । त्यसो त सम्मानित सर्वोच्चको आदेश लगत्तै के.पी. ओली सत्ता च्युत भएको भनि केक काटेका हरुलाई यो चोटी केक काट्ने हतारो चाही पक्कै नहोला ।
कोरोना माहामारीको यो मध्य भुमरीमा देश र जनता रहे राजनीति गर्ने हो ।तसर्थ समाज र जनमुखी भावना प्रति नेतृत्व वर्गको समयमा नै दृष्टि पुगोस् । मानव जीवन बचाऊ ।
त्यस पछि राजनीति गर ! अस्तु !
दीपक पन्त
मिल्वाकी , अमेरिका
नोट: (स्तम्भकार पन्त एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदका उम्मेद्वार हुन् । )
प्रतिक्रिया