सबिधानको धारा ७६को उपधारा २ बमोजिम राष्ट्रपतिद्धारा बहुमतको सरकार गठनका लागि आह्वान

टंक पन्त २०७८ वैशाख २७ गते १६:१३ मा प्रकाशित

 

काठमाडौ । संसदमा प्रभानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत गुमाउनुभएपछि राष्ट्रपति बिधादेबी भण्डारीले सबिधानको धारा ७६ को उपधारा २ बमेजिम नयां सरकार गठनका लागि नाम प्रस्ताब गर्न आह्वान गर्नुभएको छ ।

बिश्वासको मत लिने उद्धेश्यले आह्वान गरिएको बिशेष अधिबेशनमा नेपाली काग्रेस , माओबादी केन्द्र , जनता समाजबादीका केही सांसद र जनमोर्चाले बिपक्षमा मतदान गरेपछि प्रभानमन्त्री ओलीले बहुमत गुमाउनुभएपछि संसद सचिवालयले सोमबार नै राष्ट्रपतिलाई जानकारी गराएको थियो ।


संसद सचिवालयको पत्र प्राप्त भएपछि राष्ट्रपति बिधादेबी भण्डारीले सबिधानको धारा ७६ को उपधारा २ बमोजिम दुइ वा दुइ भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त दलहरुको समर्थन प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई यहि बैशाख ३० गते ९ राति बजे भित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि पेश आह्वान गर्नुभएको छ।

सो आह्वान पश्चात नेपाली काग्रेस , नेकपा माओबादी केन्द्र , जनता समाजबादी पार्टी सहितका दलहरु सरकार बनाउने गरी क्रियाशील भएका छन ।

त्यसअघि संसदमा प्रधानमन्त्री ओलीले बिश्वासको मत माग्नु भएको प्रस्ताबमाथि भएको मतदानमा ओलीको पक्षमा जम्मा ९३ र बिपक्षमा १२४मत परेको थियो । मत दिन्न भन्ने पक्षमा १५ मत परेको थियो । जसपाका महन्त ठाकुर र राजेन्द्र महतो सहित १५ जनाले मत दिन्न भन्ने पक्षमा र जसपाकै उपेन्द्र यादब र डा बाबुराम भटराई सहित १७ जनाले बिपक्षमा मतदान गरेका थिए।

आजको बैठकमा २ सय ३२ जनाको उपस्थिति थियो।प्रधानमन्त्री ओलीले बिश्वासको मत पाउन १ सय ३६ मत पाउनुपर्ने थियो।सो संख्याको बहुमत नभएकोले प्रधानमन्त्री ओलीले आफना लागि माग्नुभएको भएको बिश्वास मत अश्वीकृत भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गर्नु भएको थियो ।

प्रधानमन्त्री काम चलाउ हुनासाथ नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा , माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादबले संयुक्त बिज्ञप्ति जारी गरी सबिधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रधानमन्त्री नियुक्तिको प्रक्रिया प्रारंभ गर्न आग्रह गर्नु भएको थियो।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको कार्यशैली प्रति असहमति जनाउदै नेकपा एमालेका बरिष्ठ नेता माधब नेपाल पक्षका २८ जना सांसदहरु आजको बैठकमा अनुपस्थित थिए ।

बैठक शुरु हुनुभन्दा अगाडि नै सामुहिक राजीनामा दिने तयारी गरेका नेपाल पक्षीय सांसदहरुले अझै पनि पार्टी एकता जोगाउन ओली पक्ष सकारात्मक हुन्छ कि भनेर राजीनामा रोकेको बरिष्ठ नेता नेपालले जानकारी गराउनुभएको छ ।

 

प्रतिक्रिया