प्रधानसेनापति ज्यु राजा ज्ञानेन्द्र शाहलाई भएपनि सहयोग गर्नुहोस !

इनेप्लिज २०७८ वैशाख २७ गते ३:१५ मा प्रकाशित

प्रधानसेनापति ज्यु राजा ज्ञानेन्द्र शाहलाई भएपनि सहयोग गर्ने वातावरण मिलाउनुहोस।प्रधानसेनापति ज्यु अब मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता रहेको छ।प्रधानसेनापति ज्यु सेनाहरु प्रजातान्त्रिक ढंगले कसरी अघि बढने भन्ने बारे म संग विस्तृत योजनाहरु र दीर्घकालीन दुरदर्शि सोच छ।प्रधानसेनापति ज्यु सेनाहरुलाई अघि बढन समस्या छ भने सेनाहरु मिली राजा ज्ञानेन्द्र शाहलाई भएपनि सहयोग गर्ने वातावरण मिलाउनुपर्ने हो।मेरो सेनाहरु समक्ष अनुरोध र अपिल छ।

प्रधानसेनापति ज्यु,कोरोनाको महामारीमा जनताहरुको स्वास्थ्य सँग खेलवाड भइरहेको छ।मुलुकमा दोस्रो चरणको कोरोना भाइरस संक्रमण फैलिएको डर र त्रासको अवस्था छ।मुलुक दोस्रो चरणको कोरोना भाइरस संक्रमण महामारीको संकटको समयमा नेताहरूको बीच सत्तालाई लिएर सत्ता स्वार्थ,खेल,मोहको झै झगडा सत्ता जोगाउने र ढाल्ने खेल भइरहेको तथा गण्डकी प्रदेशमा सांसद अपहरण गर्ने जस्ता गतिविधि मुलुकको विगतको र हालको वर्तमान अवस्था तथा परिस्थिति बारे सेनाहरु स्वयंलाई नै थाहा छ कोही पनि सेनाहरु अनभिज्ञ हुनु होला जस्तो मलाई लाग्दैन।मुलुकमा राजनीतिकको आडमा घिन लाग्दो कार्य भइरहेकोछ।नेताहरूले नाटकीय चित्रण प्रस्तुत गरिरहेका छ्न । प्रधानमन्त्री के.पी.शर्मा ओलीले विश्वासको मत लिन लागेका छन भने उता सरकारलाई दिएको समर्थन फिर्ता लिएर के.पी.शर्मा ओली नेतृत्वको सरकारलाई अल्पमतमा पार्ने काम भएको छ।

प्रधानसेनापति ज्यु विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूले मुलुकलाई निकास दिन सकेनन।यसप्रकार नेताहरू असक्षम र असफल साबित भएका छन । मुलुकमा कोरोना भाइरस संक्रमणको महामारीमा दैनिक ज्यालादारी गरेर दिनदिनै गुजारा गर्नेहरुको लकडाउनमा कतिपयको घरहरूमा चुल्हो नबल्ने आदि इत्यादि अवस्था पनि छ।पहिलो चरणको कोरोना भाइरस संक्रमणमा पनि खाद्यान्न सामग्रीहरुमा व्यापक कालोबजारी र महँगी बढाइएको थियो । खाद्यान्न सामग्रीहरु र ग्यासहरु लुकाइएको थियो।दोस्रो चरणको लकडाउनमा सोही प्रक्रिया यथावत अपनाइएको छ।बिरामीहरु अस्पतालहरुमा समयमा भर्ना,उपचार र अक्सिजन नपाएर मृत्यु भएको अवस्था छ । केही औषधि पसलेहरुले कोरोना भाइरस संक्रमणको नक्कली औषधिको बढी मुल्य लिएर बेच्ने गरेको कुराहरू पनि सुन्नमा आएको छ । अब ल्याउने खोपमा पनि कमिसनको कुरा आएको छ सुनिएको छ।प्रधानसेनापति ज्यु मुलुकमा बिजोग छ बिजोग अवस्था।

प्रधानसेनापति ज्यु कोरोना महामारीको जटिल अवस्थामा नेताहरूको बीच सत्तालाई लिएर पटकपटक कहिले बालुवाटार त कहिले शेरबहादुर देउवा लगायतका नेताहरूको निवास, पार्टी कार्यालय, रिसोर्ट, पार्टी प्यालेस र सुविधा सम्पन्न होटलहरुमा बैठक बस्ने गरेकोछ।कोरोना संक्रमणको महामारीमा नेताहरुको मोजमस्ती छ । प्रधानसेनापति ज्यु,नेताहरूलाई सत्तामा भएको मजा बेग्लै छ।सत्तामा भएपछि सेवा सुविधाहरू थुप्रै लिन पाइन्छ, चाकरी पाइन्छ,रातदिन प्रहरी, सशस्त्र प्रहरी र सेनाहरुको सलाम खान पाइन्छ।मुलुकको ढुकुटीको साँचो आफ्नो हातमा हुन्छ । ढुकुटी रित्याउन पाइन्छ।अन्तर्राष्ट्रिय मुलुकहरू भ्रमण लगायतका सेवा सुविधाहरु उपलब्ध हुन्छ।

प्रधानसेनापति ज्यु,मुलुकमा जुनसुकै दलको सरकार फेरबदल भएपनि शेरबहादुर देउवा,माधवकुमार नेपाल,झलनाथ खनाल,बाबुराम भट्टराई र पुष्पकमल दाहाल जोसुकै प्रधानमन्त्री बनेपनि मुलुकले यिनीहरू बाट निकास पाउने छैन ढुक्क हुनुहोस प्रधानसेनापति ज्यु नेताहरूको आजसम्मको क्रियाकलाप र नाटक मंचन देखि सकियो।प्रधानसेनापति ज्यु नेताहरूको लागेको बानी कहाँ हराउँछ र ? सरकार फेरबदल र परिवर्तन भएता पनि फेरि फेरि केही समय पश्चात नेताहरुको नाटक मंचनको प्रक्रिया शुरुआत हुनेछ भन्ने कुरामा म विश्वस्त छु।मुलुकले नेताहरूबाट सहजै निकास पाउने अवस्था देखिदैन।

प्रधानसेनापति ज्यु प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्र भारत, अमेरिका,चीन र रुस लगायतका मुलुकलाई भनिन्छ।हाम्रो मुलुकमा नेताहरूले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा लुटने मात्र काम गरे।संघीयता भारत,अमेरिका, चीन र रुस लगायतका विशाल मुलुकको लागि ठिक छ।हाम्रो मुलुक बिहार राज्यको पटना जत्रो सानो छ।हाम्रो मुलुकको लागि संघीयता अफाब छ।संघीयताले मुलुकको भार थेग्न सक्ने अवस्था छैन।

प्रधानसेनापति ज्यु विक्रम सम्वत २०६२/०६३ सालपछि नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ।नेताहरूले मुलुकलाई निकास दिन सकेनन । मुलुक दिन प्रतिदिन असफलता तर्फ गइरहेको छ।प्रधानसेनापति ज्यु मुलुक दुर्घटनामा पर्न गयो भने सबैजना पर्ने हो यो कुरालाई सेनाहरुले पनि मनन गर्नुपर्ने हुन्छ । प्रधानसेनापति ज्यु मैले यति कुराहरू भन्दा भन्दै पनि हजुर समेत सेनाहरुले वास्ता गर्नु हुन्न र मेरो भनाइहरुलाई बेवास्ता गर्नुहुन्छ भने, मुलुक दुर्घटनामा परेको खण्डमा मैले त केवल भीरबाट खस्नेलाई राम राम भन्न सक्छु।

प्रधानसेनापति ज्यु,सोमालिया,अफगानिस्तान,सिरिया,सुडान हाइटी र रुवाणडा मुलुकहरू के कति कारणले द्वन्द्वग्रस्त र द्वन्द्वमा पर्न गएको हो त्यतातिर पनि सेनाहरुको ध्यानाकर्षण र विश्लेषण हुन आवश्यक छ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।

प्रतिक्रिया