भारतमा बेहुलीले दुई एकान दुई भन्न नसक्ने बेहुलालाई समारोह मै बिहे रद्ध गर्दै हिडिन

इनेप्लिज २०७८ वैशाख २५ गते २०:२६ मा प्रकाशित


भारतमा एक बेहुलीले आफ्नो हुनेवाला बेहुलाको पढाईमा शंका लागे पछि दुई एकान दुई भन्न लगाउँदा भन्न नसके पछि विहे हुँदाहुदै बिहे रद्ध गरेकी छिन । उक्त घटना मे १ को दिन भारतको उत्तर प्रदेशमा घटेको हो । उनको भावी पतिको शैक्षिक पृष्ठभूमिमा शंका गर्दै दुलहीले समारोहमै उनको ज्ञानको परीक्षण गर्ने निर्णय गरिन ।

इनक्वारर नेट नामाक संचार माध्यमका अनुसार बेहुलाले मल्टिपल टेबल अर्थात् गुणन तालिका भन्न असफल भए पछि दुलहीले “आधारभूत गणित नजान्ने कसैसँग विवाह गर्न सक्दिनन्।” भन्दै बिहे तोडिन ।

दुलहीका काकाका दाजुभाइ/दिदीबहिनीले भने कि बेहुलाको परिवारले उनको न्यून शिक्षा बारेमा जानकारी दिएका थिएनन । दुलही विवाह स्थलबाट बाहिर हिडिन भन्दै “साहसी” को संज्ञा उनलाई दिए।

ट्रिब्यून इण्डियाले भन्यो, ” उ बिद्यालय पनि नगएको हुन् सक्छ । बेहुलाको परिवारले हामीलाई धोका दिए ।” “तर मेरी बहादुर बहिनी सामाजिक प्रतिवन्ध अथवा रोकको डर बिना बाहिर गईन ।”

अन्त्यमा दुवै परिवार बीच दिएका गर गहना र सामानहरु फर्काउने सम्झौता भयो ।

प्रतिक्रिया